‘सूर्यदेश’ लैजाँदै, चेली बेच्दै :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

‘सूर्यदेश’ लैजाँदै, चेली बेच्दै

१३ पुस,काठमाण्डौं । ‘कहाँ जाने हो, बहिनीहरु ?

‘सूर्यदेश ! ‘

‘कहाँ छ यो सूर्यदेश ?’

‘किन जान लाग्नुभो त ?’

‘हामी कलाकार हौं, नाच्न जाने हो ।’

‘ल, बहिनीहरु ‘सूर्यदेश’ होइन, अब माइक्रोबाट ओर्लनोस् ।’

एक साताअघि पुस ५ गते काठमाण्डौंबाट बाहिरिने मुख्य नाका नागढुंगामा विदेश जाँदै गरेका रसुवाका पाँच महिला र चेकजाँचमा खटिएका प्रहरी तथा माइती नेपालका कर्मचारीबीच भएको संवाद हो यो । मानव तस्करको प्रलोभनमा परी उनीहरुले भारत हुँदै पृथ्वीमै नभएको राष्ट्र ‘सूर्यदेश’ जान हिँडेको बताएपछि प्रहरी र माइती नेपालका कर्मचारीले माइक्रोबाट झारेका थिए ।

तस्करले बेच्न लागेको पुष्टि भएपछि उनीहरुलाई नागढुंगाबाट उद्दार गरी सिधै गौशालास्थित माइती नेपालको कार्यलय पुर्‍याइएको थियो । उनीहरुले आफुहरु नृत्यांगना भएको बताउँदै नाच्नका लागि सूर्यदेश जान लागेको बताएको खबर नागरिक दैनिकले छापेको छ । रामे भन्ने व्यक्तिले सूर्यदेश पुर्‍याउने कबुल उनीहरुसँग गरेको थियो । रामे दिल्लीमा बस्छन् । दिल्ली आइपुगेपछि फोन गर्न रामेले भनेका थिए । उनीहरुलाई नागढुंगाबाट फिर्ता गरेपछि अहिले रामेले फोनै उठाउन छाडेका छन् ।

सूर्यदेश हिँडेकालाई फिर्ता गरेको चार दिन वित्न नपाउँदै सोमबार नागढुंगामा नै पूर्वी अफि्रकी राष्ट्र तान्जानिया जाँदै गरेका ७ महिलालाई रोकिएको थियो । उनीहरुसँग सम्बन्धित देशको राहदानी भिसा लगायतका कुनै सामानहरु पनि थिएनन् ।

तस्करहरुले ‘भारतमा र भारत हुँदै जानेहरु अधिकांशलाई कलाकारका रुपमा डान्सबारमा काम गर्न जान लागेको’ भन्न सिकाउने गरेको अनुसन्धानका क्रममा थाहा हुन पाएको छ । काठमाण्डौंबाट छुट्ने र भारत प्रवेश गर्ने विभिन्न नाकामा चेकजाँच गर्दा फिर्ता गरिएका महिलाले मलेसिया, थाइल्याण्ड, सिंगापुर दक्षिण अफि्रका, तान्जानिया, दुवई र भारतकै गोवा, हैदरावाद, मुम्बई, दिल्लीजस्ता सहरका डान्स बारमा काम गर्न जान लागेको बताउने गरेका छन् ।’

5 Comments on “‘सूर्यदेश’ लैजाँदै, चेली बेच्दै”
  • Giri prasad Ale wrote on 28 December, 2012, 4:14

    Nepali sojha sajha didi bahanilai bivinna lop ra lalachma pari sansar mai navayako deshko nam suryako deshma lan khojne girohalai kada vanda kada karbahi garinu parda chha. maitigharlai sarkarbata purna ruple maddat millu parda chha.hamra cheli haru bharatma lagi bivinna deshma suply gareko pramanharu vetiyako chha yesma duipakshiya samajdari huna jaruri chha.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • tamangsghireeprasad wrote on 28 December, 2012, 4:15

    taskari harulai fasee ko sajaye hunupar6

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rohit Rai wrote on 28 December, 2012, 4:28

    kaso jindagi var nach dekhawnu parena…dhanna Maiti Nepal le bachaye nartaki vanawda lai….

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • chemjong wrote on 28 December, 2012, 4:57

    What can nepalese do? where is job in country?only expenditure is bieng high! then what can they think ?Government has no such type of vision which can make people wealthy.It is the result of Nepali politics.Those were arrested which is increasing some worry and pain for thier future.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • रामेश्वर श्रेष्ठ wrote on 28 December, 2012, 7:54

    हाम्रो अर्थव्यवस्थाको आधार नै रेमिटीयांस हो. रेमीटीयांसको आधार केटी एक्सपोर्ट हो. हामी नेपालीहरु भंडुआ हौ – केटी एक्सपोर्टको आधारले बाचेका छौ….. त्यत्रो जलश्रोतको धनी देश नेपाल, भारतलाई विद्युत निकासी गरेर धनी बन्न सक्थ्यों. तर भारत संग बिजुली समझौता गर्दा देश बेच्यो भनेर विरोध गर्नेहरु विश्व भरी नेपाली केटीहरुको अस्मिता निकासी हुंदा चुप लगाएर बस्छन. नेताहरू संग अनुरोध छ की भारत संग नेपालमा विद्युत निर्माण समझौता गरेर विद्युत निकासी गर्नुस. हाम्री प्यारी बिजुली निकासी गर्न नपरोस, विद्युत निकासी गरेर देश समृद्ध बनोस.

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु