सुरेश गुरुङ
कुवेत सीटी । तमू समाज कुवेतले हरेक वर्ष मनाउँदै आएको तमू (गुरुङ्) जातिहरुको परम्परिय महान पर्व “ल्होछार” यस वर्ष पनि मनाउने भएको छ ।समाजले जनवरी ११ तारिख शुक्रबारका दिन कुवेतको फिन्तास वेडिङ् हलमा धुमधामका साथ मनाउने भएको हो । यसपालिको ल्होछारमा नेपालबाट आउने अतिथि कलाकार शान्ती गुरुङको जोडदार प्रस्तुती रहने छ भने ल्होछारमा भव्य कुवेतवासी नेपालीहरुको सहभागीता रहने अनुमान गरिएको छ ।
खासगरी तमू (गुरुङ्) जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने जस्ता ल्होछार पर्वका बिशेषताहरु भएपनि प्रबासमा कृयाशिल अन्य नेपाली समाजसँगको आपसी भाईचारालाई थप प्रगाढ तथा पारदर्शी बनाउने उद्देश्यले तमू समाज, कुवेतले ल्होछार पर्व एक समावेशी ढंगबाट मनाउने र सम्पूर्ण तमू तथा गैर तमूहरुलाई ल्होछारमा कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु समाजले अनुरोध गरेको छ ।
यस तमु ल्होछरमा कुनै टिकट लाग्ने छैन । नि:शुल्क राखिएको ल्होछारको व्यापक तयारीमा परिवारका सम्पूर्ण तमु कलाकारहरु अहोरात्र खटिरहेको र यो शो पक्कै पनि एक ऐतिहासिक शो हुनेछ ।