विभागसँग मिलेर यसरी ठग्दारहेछन् मेनपावर कम्पनीले :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

विभागसँग मिलेर यसरी ठग्दारहेछन् मेनपावर कम्पनीले

१३ पुस, काठमाडौं । वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने मेनपावर कम्पनीहरुले सोझासीधा मानिसलाई ठग्ने काइदा पनि अनेकखालका हुँदारहेछन् । नेपाल सरकारकै एउटा जिम्मेवार निकायले मेनपावरको ठगीसम्बन्धी नयाँ तथ्य हालै उजागर गरेको छ ।

वैदेशिक रोजगारीका लागि तपाईले कुनै मेनपावर कम्पनीलाई पैसा तिर्नुभयो तर सो कम्पनीले विदेश पठाएन भने आफ्नो फसेको रकम तपाई कसरी उठाउनुहुन्छ ? भनसुनबाट रकम फिर्ता पाउनुभएन भने तपाईले नेपाल सरकारको आधिकारिक निकाय ‘वैदेशिक रोजगार विभाग’मा उजुरी दिनुपर्ने हुन्छ । त्यसपछि ख्याल गर्नुहोला, तपाईले विभाग र मेनपावर कम्पनीबाट १८ प्रतिशतमात्रै फिर्ता पाउन सक्नुहुन्छ, तपाईले बुझाएको मध्ये बाँकी ८२ प्रतिशत रकम कसको खल्तीमा पस्छ, पत्तो छैन ।

महालेखा परीक्षकको कार्यालयले तयार पारेको पछिल्लो लेखा परीक्षण प्रतिवेदनमा वैदेशिक रोजगार विभाग र मेनपावर कम्पनीहरुको कमजोरी औल्याउँदै भनिएको छ-’विभागले उजुरीउपर छानविन गरी पीडित व्यक्तिहरुलाई सम्बन्धित संस्था -मेनपावर कम्पनी) को धरौटीबाट दामासाहीले भुक्तानी गर्ने गरेको देखिन्छ । यसरी दामासाहीले भुक्तानी गर्दा पीडितहरुले न्यून रकममात्रै भुक्तानी पाउने गरेका छन् ।’

मलेपको तथ्यांकअनुसार आर्थिक वर्ष ०६८/०६९ मा १ सय ४७ जना युवाहरु ४ वटा मेनपावर कम्पनीबाट रोजगारीका लागि विदेशमा पठाइदिने भन्दै ठगीमा परेका थिए । यी व्यक्तिहरुबाट मेनपावर कम्पनीले ३ करोड ७२ लाख ४० हजार रुपैया ठगी गरेका थिए । तर, वैदेशिक रोजगार विभागले पीडितहरुलाई मेनपावर कम्पनीबाट रकम त फिर्ता गरायो तर उनीहरुले ६७ लाख ८६ हजार अर्थात् १८ दशमलव २२ प्रतिशत मात्रै रकम हात पारे । बाँकी ३ करोड ४ लाख ५४ हजार रुपैयाँ कहाँ गयो ? यो प्रष्ट छैन । के यति ठूलो रकम मेनपावर कम्पनीले मात्रै खान्छन् वा विभागका कर्मचारीले पनि पीडितलाई थोरै रकम दिएवापत आफ्नो भागमा समेत पार्छन् ? प्रष्ट छैन । यसबारे मलेप प्रतिवेदनले वैदेशिक रोजगार विभागलाई यतिमात्रै भनेको छ- ‘वैदेशिक रोजगार व्यवसायीबाट ठगी नहुने व्यवस्था गर्न जरुरी देखिएको छ ।’

वैदेशिक रोजगार ऐन ०६४ को दफा ११ अनुसार वैदेशिक रोजगारी सम्बन्धी व्यवसाय सञ्चालन गर्न चाहने मेनपावर कम्पनीले ७ लाख नगद र २३ लाखको बैंक ग्यारेन्टीसमेत गरी ३० लाखको धरौटी राख्नुपर्ने प्रावधान छ । कुनै पनि मेनपावर कम्पनीले विदेश पठाइदिन्छु भनी पैसा लिई कसैलाई विदेश नपठाएमा विभागले सोही धरौती रकमबाट पीडितको फसेको रकम फिर्ता गराइदिने प्रावधान ऐनमा छ ।

10 Comments on “विभागसँग मिलेर यसरी ठग्दारहेछन् मेनपावर कम्पनीले”
  • Babita acharya(birgunj) wrote on 28 December, 2012, 7:15

    Jativastachar vayako 6 tyo sabai sarkari karmchari badi jimewari dekhin6.yi gariba nepali janta ko paisa thagane lai khoet karbahi .bideshi bivaga k herer baseko 6

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • second hand books wrote on 28 December, 2012, 7:19

    chorrai choor ko sangathan banauna lage ko ho la ni!!

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • saleem shekh wrote on 28 December, 2012, 7:38

    Dudh Ko sachhi Biralo

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sura Sundari wrote on 28 December, 2012, 7:41

    यी सबै भ्रष्टाचारका पैसा मन्त्रीहरुसम्म च्यानलाईज हुन्छ, नत्र हाम्रा नेताहरु सुक्खा रोटी खान मन्त्री बन्न तछाड मछाड गर्छन होला?? विभिन्न बसका सिन्डिकेटहरुबाट यातायात विभागसम्न, पट्रोल पम्पहरुले गुणस्तर विभागसम्म पैसाको खोलो बगाई रहेको हुन्छ, नेपाल त्यतिकै खत्तम भा हो र?

    Like or Dislike: Thumb up 17 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • रामेश्वर श्रेष्ठ wrote on 28 December, 2012, 8:07

    सरीता गिरी दीदीले मेनपावरमा भ्रष्टाचार मेटाउन खोज्दा बाबुरामले उनलाई हाताए. बाबुराम पनी सलग्न छ यो सबै भ्रष्टाचारमा

    Like or Dislike: Thumb up 11 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • kedarnath gautam wrote on 28 December, 2012, 9:38

    sabaiko milomato mantri dekhi menpower samma khane hola nabhaye ta mantralaye le niyem yesto cha grahak markama cha bhanera cabinet bata grahak marka ma nhune gari pas garauna saknu paroni.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • turman limbut wrote on 28 December, 2012, 13:25

    baburam Le 3 karod man6e lai kaburam banai sako hai gahnaune gahnaune man6e hand ma rakhi supper glue tasera black chair hang vai barking garda 3 Achamma //

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Binod wrote on 28 December, 2012, 20:46

    Aba yeaari paisa kamaune vayepaxi kina bank lutnu paryo ra…, ki kaso sathiharu

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Mohan moktan wrote on 29 December, 2012, 2:03

    Laldhanus Oversease Chuchepati ko manpower company karadau ghus khoera public thagne no 1 manpower company ho. jasko gunda dipak manage sangako milamatoma barsau dekhi thagi dhanda gardai aeko chha.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • uttam kumar thapa wrote on 29 December, 2012, 3:03

    कता को १८दशमलब २२% रकम फिर्ता लियको तेस्को हात खुट्टा भांचेर बरु जेल मा बस्न परेपनी बस्ने त्यो गरीबको पसिना खानेलाई किन छाडेको नेपाल मा के को मुद्दा राम्रो तरिकाले माग्दा पैसा नदिय खुट्टा भांच्ने पटी लाग्नु पर्थियो अब फेरी तेस्ले अरुलाई ठग्छ

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु