सूचना प्रविधि जगतमा यो वर्ष फ्लप हुनेहरु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सूचना प्रविधि जगतमा यो वर्ष फ्लप हुनेहरु

यो वर्षसन् २०१२ मा विश्वमा सूचना प्रविधिको क्षेत्रमा विभिन्न नयाँ नौला घटनाक्रम भए । विभिन्न नयाँ सेवा तथा प्रविधिहरु बजारमा आए । केहीले राम्रै चर्चा पाए भने केही फ्लप भए । यहाँ हामीले यो वर्षनराम्ररी फ्लप भएका मुख्य प्रविधि तथा सेवाहरुको बारेमा जानकारी प्रस्तुत गरेका छौँ, जुन यसप्रकार छन्

१. एप्पल म्याप्स ः यो वर्षसबैभन्दा फ्लप भएको प्रविधिमा एप्पलको म्याप्स एप्लिकेसन नम्बर एकमा आउँछ भन्दा फरक नपर्ला । एप्पलको आइफोनले राम्रै बजार पिटेपनि म्याप एप्लसको कमजोरी तथा असफलताले एप्पल कम्पनीले ठूलो बदनामी भोग्नुपर्यो । गुगलको म्याप एप्सलाई चुनौति दिँदै एप्पलले र्सार्वजनिक गरेको नक्सा सम्बन्धि सफ्टवेयर म्याप एप्स निकै आलोचित बन्नुको कारण यो एप्सले दिने गलत सूचना तथा जानकारी नै हो । एप्ललको म्याप एप्सको कमजोरी प्रति एप्पल प्रशासनले माफी नै माग्नुपर्यो । सिइओ टिम कुकले त एप्पलको नक्सा सफ्टवेयरमा भर नपर्न र गुगल तथा नोकियाको म्याप एप्सको समेत सहयोग लिने आग्रह नै गर्नुपर्यो ।

२. आकाश टू ः सबैभन्दा सस्तो ट्याब्लेट भनेर प्रचार गरिएको यो ट्याब्लेट पनि सन् २०१२ को फ्लप सूचनाप्रविधिको उत्पादन मध्येमा पर्छ । गुगल प्ले बिनानै क्लाउड प्रणालीमा काम गर्ने यो भारतीय ट्याब्लेट उपभोक्ताले नरुचाएपछि सरकारले यो ट्याब्लेट केवल शिक्षकहरुका लागि लक्षित गरेर बनाइएको र विद्यार्थीहरुका लागि नयाँ ट्याब्लेट तयार गरिने बतायो ।

३. फेसबुकको शेयर ः पहिलोपटक र्सार्वजनिक शेयर जारी गर्ने सोसल साइट फेसबुकको शेयर मूल्यमा भएको ठूलो गिरावट यो वर्षसूचना प्रविधिको क्षेत्रमा ठूलो चर्चाको विषय बन्यो ।

४.ब्लाकबेरी १० ः यो वर्षरिलिज हुने भनेर हल्ला पिटिएको ब्लाकबेरी १० लाई उपभोक्ताले उपभोग गर्नका लागि अर्को वर्षकर्ुर्नुपर्ने भयो । मात्र नयाँ ब्लाकबेरीका भावी फिचर्स र मोडेल बारेका जानकारी मात्र ग्याजेटप्रेमीले पाए । यो वर्षलाकबेरी १० र्सार्वजनिक गर्ने भनेर नगरेपछि कम्पनीको शेयर मूल्य एकाएक घटेको प्रसँग पनि यो वर्षचर्चामा रह्यो ।

५.गूगल नेक्सस क्यू ः गुगल कम्पनीले आफ्नो बहुप्रतिक्षित उत्पादन नेक्सस क्यू लाई एकाएक गुमनाम बनाएको घटना पनि यो वर्षो चर्चित घटना बन्यो । स्मार्टफोन, ट्याब्लेट तथा एन्डोइड ग्याजेटका डाटाहरु टेलिभिजनमा र्सार्न सकिने यो डिभाइज जुन महिनामा रिलिज गरियो । तर एकाएक यो डिभाइस गुगलले आफ्नो वेबसाइटबाटै हटायो र यसको बारेमा चुप रह्यो । विश्लेषकहरुले नेक्सस क्यू फ्लप हुने डरले गुगल पछि हटेको बताउँछन् ।

६. एप्पलका आइफोन, आइप्याड लगायतका ग्याजेटलाई पहिलोपटक भाइरसले आक्रमण गरेको घटना पनि एप्पलका लागि यो वर्षटाउको दुखाइ बन्यो । अहिलेसम्म आफ्ना प्रडक्टलाई भाइरस बाट बचाउन सफल भएको एप्पलको आइफोन अपरेटिङ सिस्टममा ह्याकरहरुले गरेको पछिल्लो आक्रमण बचाउन नसकेपछि भाइरस फि्र रहेको एप्पलको इतिहास समाप्त भयो ।

७.अल्ट्राबुक ः यो वर्षअल्ट्राबुक पनि फ्लप प्रडक्टको रुपमा रहे र कुनै प्रभाव छाड्न सकेनन् । एक वर्षअघि रिलिज भएका यी ल्यापटप विद्यमान ल्यापटप भन्दा शक्तिशाली तथा ब्याट्री ब्याकअप उच्च भएपनि उपभोक्ताको छनोटमा पर्न सकेनन् ।

८.आइफोन ५ को अभाव ः आइफोन ५ यो वर्षो हिट प्रडक्ट हो । तर एप्पल कम्पनीले यसको माग धान्न नसकेको र उपभोक्ताले आफ्नो हातमा नयाँ आइफोन प्राप्त गर्न धेरै कर्ुर्नुपरेको घटना र आइफोन ५ को कालोबजारी समेत भएकेा घटना यो वर्षचर्चामा रहे ।

One Comment on “सूचना प्रविधि जगतमा यो वर्ष फ्लप हुनेहरु”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु