भुपु स्वास्नीको नाक छुरीले च्वाट्टै :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

भुपु स्वास्नीको नाक छुरीले च्वाट्टै

सायद अरुसँग पोइल जाने तरखर गरेर आफ्नी श्रीमतीले आफ्नो नाक काटिदिएको वा इज्जतमा दाग लगाइदिएको अनुभुति उनलाई भैरहेको थियो होला र उनी भित्रभित्रै पाकिरहेका थिए होला । सायद सोही रिसको झोँकमा आफ्नो इज्जतको नाक काटिदिने उनै भूतपर्ूव श्रीमतीको साँच्चीकै नाक उनले छुरीले च्वाट्टै काटिदिए ।

कुनै बनाबटी कथाजस्तो लाग्ने यो घटना पाकिस्तानको फैसलावादको वास्तविक घटना हो । एक जना पाकिस्तानी पुरुषले सम्बन्धविच्छेद गरेर गएकी पर्ूव श्रीमतीको नाक काटिदिएका छन् । फैजल रसूल नामका ती पुरुषले भुपु श्रीमती सजिदा बीबीको नाक काटिदिएका हुन् । भुपु लोग्नेद्धारा नाक काटिएकी बीबीको अस्पतालमा उपचार भैरहेको बताइएको छ । ४ वर्षअघि रसूलसँग बिहे गरेकी बीबीले एक वर्षघि डिभोर्स गरेकी थिइन् । रसूलले लागु पदार्थ खाने भएकाले आफुले डिभोर्स गरेको उनको भनाइ छ ।

डिभोर्स गरेकोमा बीबीलाई धम्क्याइरहने रसूले हालै बीबीको अपहरण गरे, हातखुट्टा डोरीले बाँधिदिएर चक्कुले नाक काटिदिए अनि भागे ।

5 Comments on “भुपु स्वास्नीको नाक छुरीले च्वाट्टै”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु