कहाँ छन् मलेसियामा हराएका यी नेपाली ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कहाँ छन् मलेसियामा हराएका यी नेपाली ?

१३ पुस, क्वालालम्पुर । कम्पनीभित्रैबाट प्रहरीद्वारा पक्राउ परेका चार नेपाली श्रमिक करिव एक महिनादेखि वेपत्ता छन् ।

नेपालमा म्यानपावरसँग भएको सम्झौताअनुसारको काम मलेसियामा नपाएपछि काम रोकेर वसेको अवस्थामा नोभेम्बर २६ तारिखमा उनीहरु पक्राउ परेका थिए । कमाउन गएको छोरा बेपत्ता भएपछि नेपालमा रहेका परिवारले उनीहरुको खोजी गरिदिन आग्रह गरेका छन् ।

मलेसियाको क्वान्तानमा रहेको एक सिफुड रेष्टुरेष्टमा कार्यरत रुकुमका लोकेश पुन, सल्यानका हाकिम वुढा, नवलपरासीका कमल गुरुङ र रुकुमका ओपिराम खड्कालाई प्रहरीले पक्रेको थियो ।

गत वर्षको जुलाई सात तारिखका दिन मलेसिया आएका उनीहरुलाई आठ घण्टाको आठ सय रिंगेट तलव पाउने सम्झौतामा आएका थिए । तर उनीहरुले यहाँ १८ घण्टा काम गर्दा पनि आठ सय भन्दा वढि नहुने, विरामि हुँदा पनि उपचार नगर्ने, मासिक रुपमा दुईसय रुपैयाँ काट्ने गरेपछि कामकाज रोकेका थिए । काम रोकेर वसेकै अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

दश जना नेपाली श्रमिकहरुले काम रोकेको भए पनि ६ जना काममा फर्किएका थिए । स्थानिय नेपाली समाजसेवि रुपलाल वावुको मध्यस्थतामा नेपाली श्रमिकहरुलाई कम्पनीले नयाँ सेवा र सुविधा दिन सहमत भएपछि काममा फर्किएका थिए । चार जनालाई नेपाल पठाउने तयारी भैरेहेको अवस्थामा प्रहरीले पक्रेको बताईएको छ ।

कम्पनीको वारेमा र प्रहरीले प्रकाउ गरेका नेपालीहरुको अवस्था वुझिदिन नेपाली दुतावासमा वारम्वार जानकारी गराउँदा पनि दुतावासले सामान्य सहयोगिको भुमिका मात्रै निभाएको त्यस क्षेत्रका श्रमिकहरुले बताउँदै आएका छन् । आफनो ठाउँमा भएको घटनाको वारेमा दुतावासमा मौखिक र लिखित रुपमा निवेदन दिँदासमेत दुतावासले ध्यान नदिएको उनीहरुको गुनासो छ ।

नेपालवाट दैनिकजसो फोन गरेर आफ्ना छोराहरुको वारेमा सोध्ने गरेको भएपनि आफुहरुले केहि वताउन नसकिएको संगै काम गर्ने साथी कुमार वुढाथोकिले अनलाइनखवरलाई बताए । उनले भने- हामी धर्मसंकटमा पर्‍र्यौ, थाहा छैन कसरी भन्नु ?’

3 Comments on “कहाँ छन् मलेसियामा हराएका यी नेपाली ?”
  • rajendra thapa wrote on 28 December, 2012, 18:22

    So sad news.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    himal Reply:

    yo malaysia ko buta bas yak dam chara bhako chha nepali ko gunaso lai dhan kaile pani didaina sharm sapthik le pani ke hi lakdaina sayad duta bas saga daraya ra hola bukha pokhna duta bas gayo bhani tapai jasto dinma 1000bhanda badi auchha bhanchha ulto gali garchha paila ma pani duta bas dherai gayeko ho yadi nepal sarkar le malaysia duta bas lai najar rakena bhani 4jana matra hoina lakhu nepali haraune chha thanksu one line khabr

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shakti raj gurung wrote on 29 December, 2012, 20:54

    afno desmata ghus mag6 tara bides mata sahayog garnu par6ni rajdut mora afnai nagarikko sahayokko lagi pathayko hoinara ki femly sanga porn film herdai masta garna gayko rajdut mora ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु