१४ पुस, जनकपुर । धनुषामा राहत शिक्षक नियुक्तिमा व्यापक अनियमितता भएको खुलासा भएको छ । २०६२ सालदेखि हालसम्म पटक पटक गरी भर्ना भई जिल्लाका विभिन्न विद्यालयमा कार्यरत ५ सय ३६ जना राहत शिक्षकमध्ये तीनसय भन्दा बढीको अध्यापन अनुमतिपत्र नक्कली रहेको आशंका गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय धनुषाका अनुसार प्राथमिक तहमा कार्यरत जिल्लाका राहत शिक्षकमध्ये ८० प्रतिशतको अध्यापन अनुमतिपत्र नक्कली रहेको छ । अध्यापन अनुमतिपत्र छानविन प्रक्रिया अगाडी बढेपछि नियुक्ति प्रक्रियामा संलग्न कर्मचारी तथा प्रधानाध्यापकहरु आतंकित भएका छन् ।
धनुषा प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायको संयोजकत्व जिल्ला शिक्षा अधिकारी शंकरबहादु गौतमसमेत सदस्य रहेको तीन सदस्यीय समितिले छानविन प्रक्रिया अघि बढाएको खबर गोरखापत्र दैनिकले छापेको छ ।
dhanusa yastai ho
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]