१४ पुस, काठमाण्डौं । आफुले बनाएको नियम आफैं उल्लघंन गरेर त्रिभुवन विश्वविद्यालयका रेक्टर गुणनिधि न्यौपाने र डीन चिन्तामणि पोख्रेल पार्टी संगठनको पदाधिकारीमा आसिन रहेपछि सोही पार्टीका प्राध्यापकहरुले विरोध गरेका छन् । रेक्टर न्यौपाने नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघको अध्यक्ष र डीन पोख्रेल महासचिव हुनुहुन्छ ।
असोजमा सम्पन्न त्रिवि सभाले त्यहाँ कार्यरत कुनै पनि पदाधिकारीले राजनीति गर्न निषेध गरेको अवस्थामा रेक्टर स्वयम्ले पार्टीको राजनीति गर्न थालेपछि उहाँमाथि नैतिकताको प्रश्न उठेको खबर नेपाल समाचारपत्रले छापेको छ । पोख्रेल तीन पार्टीको भागवण्डामा नेपाली काँग्रेसबाट मानविकी संकायका डीनमा नियुक्त हुनुभएको हो ।
नेपाल प्राध्यापक संघका अध्यक्ष एवम् त्रिवि परिषद्का सदस्इ रामेश्वर उपाध्यायले त्रिविको नियमलाई मान्दिनँ भन्नु विडम्बना भएको बताउँदै तत्काल रेक्टर र डीनले प्रजातन्त्रवादी प्राध्यापक संघको पदबाट राजीनामा दिनुपर्ने बताउनुभयो ।