सम्पत्ति बेच्दै, सीप सिकाउँदै :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सम्पत्ति बेच्दै, सीप सिकाउँदै

१४ पुस, काठमाण्डौं । बुढेसकालको सहारा गुमेपछि मूच्छिर्त बनेका एक दम्पत्ति सम्पत्ति बेच्दै सीप सिकाउने काममा जुटेका छन् । काठमाण्डौं तिलगंगा निवासी विष्णु गौतमको परिवारले सहारा गुमाएको पीडा भुल्नकै लागि आफ्नो सम्पत्ति बेचेर स्थापना गरेको लक्ष्मी प्रतिष्ठानमार्फत विभिन्न सीपमूलक तालिम दिँदै आएको हो ।

गौतमका जेठा छोरा कुमारको ४ बर्ष अघि सडक दुर्घटनामा काठमाण्डौं मै र कान्छो छोरा बलरामको ३ बर्षअघि अमेरिकामा कार दुर्घटनामा निधन भएको थियो ।

‘दुवै छोरा गुमाएको पीडा भुल्न आफ्नो सम्पत्ति बेचेर आएको रकम सामाजिक काममा खर्चिरहेका हौ’, गौतमले भने, ‘आत्मनिर्भर बनाउने सीपमूलक कामलाई बढी जोड दिएका छौं ।’ ३ बर्ष भित्र काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र उपत्यका वरपरका १ हजार महिलालाई ड्राइभिङ तालिम दिई आत्मनिर्भरु बनाउने अभियानमा रहेको उनले बताए कान्तिपुरमा खबर छ ।

अभियान अन्तर्गत पहिलो चरणमा भकुन्डोबेंसीमा मंसिर १० देखि ३ महिने ड्राइभिङ तालिम सञ्चालन गरिरहेको छ ।

11 Comments on “सम्पत्ति बेच्दै, सीप सिकाउँदै”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु