१४ पुस, काठमाण्डौं । लामो समयसम्म कामका लागि भारमा जाने एचआइभी संक्रमितले अव भारतका विभिन्न सहरमा पनि निःशुल्क एन्टी रेक्ट्रो भाइरल (एआरभी) औषधि पाउने भएका छन् ।
केयर नेपाल र केयर भारतेको सहकार्यमा यस्तो सुविधा दिइएको हो । अछामको बयलपाटा अस्पतालबाट औषधि खुवाईरहेका रिडीकोट गाविस ५ का ३२ बर्षका सन्तोष विकले कामका लागि भारत गएपछि त्यहाँ पनि निःशुल्क औषधि पाएको बताए ।
उनले भने ‘कामका लागि दिल्ली जानु बाध्यता थियो, कमाएको आधा रकम एआरभीका लागि खर्च गर्नुपथ्र्यो वा एआरभी सकिएलगत्तै नेपाल फर्किनु पथ्र्यो, अव भने त्यो समस्या समाधान भएको छ ।’ सन्तोषले लामो समयसम्म एआरभी नपाउने चिन्ताले भारत जाने निर्णय गर्न नसकेको, तर अव ढुक्क भरु भारत आउने जाने गरेको बताए । त्यस्तै अछामकै शिवबहादुर आउजीले पनि मुम्बईमा एआरभी औषधि निःशुल्क पाएको बताए ।
थैंक-यु-इंडिया
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]