आफ्नै चौपाया भारतीय चोरसँग किन्नुपरेपछि…. :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

आफ्नै चौपाया भारतीय चोरसँग किन्नुपरेपछि….

१४ पुस, झापा । बेलुका गोठमा बाँधेका चौपाय बिहान गोठमा हुँदैनन् । भारत पुगेर आधार मोल तिरेर ती चौपाया ल्याउनुपर्छ । झापाका सीमा क्षेत्रका बासिन्दाले बर्षौदेखि भोग्दै आएको नियति यस्तै छ ।

खुल्ला सीमानाका कारण भारतीय चोहरुले सीमावर्ती गाविसका बासिन्दाहरुको चौपाय चोरेर सिमापार लैजाने र रकम लिएर चौपाया धनीलाई नै फिर्ता गर्ने गरेको गोरखापत्र दैनिकमा खबर छ । बर्षौदेखि सीमा क्षेत्रका बासिन्दाहरु यस्तो बाध्यतामा पर्दै आएका छन् ।

‘आफ्नै गोठका चौपाया चोरी हुन्छन् र चोरी भएको चौपायलाई उल्टै दाम तिरेर ल्याउनुपर्छ,’ राजगढका रेवतीप्रसाद दाहालले भन्नुभयो । मंसिरको दोस्रो सातामा उहाँको गाउँबाटै हल राँगा चोरी भयो । राँगा खोजी गर्नेक्रममा भारतको हरुवाडाँगामा पुर्‍याएको थाहा पाएपछि त्यहाँ पुगेर आफुले बीस हजार रुपैयाँ तिरेर किनेर ल्याउनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘राँगा भएको ठाउँमा पुग्दा पन्ध्र हजारमा किनेर एक साताभन्दा बढी पाल्दा पाँच हजार खर्चभएको दाबी गरेपछि बीस हजार मागेकाले मागेजति दिएर ल्याए ।’

One Comment on “आफ्नै चौपाया भारतीय चोरसँग किन्नुपरेपछि….”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु