दुईतिहाइ समर्थन पाए राष्ट्रपतिले ‘रिस्क’ लिने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

दुईतिहाइ समर्थन पाए राष्ट्रपतिले ‘रिस्क’ लिने

कम्तिमा परिवर्तनकारी दलको समर्थन खोजिने

१५ पुस, काठमाडौं । कम्तिमा दुईतिहाइ समर्थन जुटाएर कुनै दलले प्रधानमन्त्रीको दाबी गरे राष्ट्रपति डा. रामवरण यादवले ‘रिस्क’ लिन सक्ने उहाँका एक सल्लाहकारले बताएका छन् ।

पटक-पटक समय थप्दासमेत दलहरुबीच सहमति नजुटेपछि राष्ट्रपतिले विकल्पहरु मागेको बताउँदै राष्ट्रपतिका कानुनी सल्लाहकार सूर्य ढुंगेलले राष्ट्रपति यादव दिल्लीबाटै काठमाडौ.फर्किएकै दिन यस्तो खुलासा गर्नुभएको हो । ढुंगेलले शनिबार साँझ अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो-’ दलहरुसँग पछिल्लोपटक भएको छलफलमा राष्ट्रपतिले विकल्पहरु सोच्नुस् भन्नुभएको छ, दलहरुबीच सहमति नजुटेको अवस्थामा कम्तिमा ७० प्रतिशतको समर्थन भए राष्ट्रपतिले ‘रिस्क’ लिन सक्नुहुन्छ ।’

ढुंगेलका अनुसार सुरुमा राष्ट्रपतिले कम्तिमा परिवर्तकारी प्रमुख दलहरुबीच सहमति खोज्नु हुनेछ । ‘कांग्रेस, माओवादी, एमाले, बैद्यजी, उपेन्द्र यादवलगायतका परिर्वतनकारी शक्तिहरुको सहमति खोज्नु स्वभाविक हो’ उहाँले भन्नुभयो-’दुई वा दुईभन्दा बढी उम्मेदवारी पर्न आएको अवस्थामा प्रमुख शक्तिहरुको सर्मथन लिएर आउनुहोस् भन्नु हुनेछ ।’

कांग्रेस-एमालेले सुशील कोइराला र एमाओवादी-मधेसी मोर्चाले बाबुराम भट्टराईको नाम अघि सारिरहेका छन् । यस्तो बेलामा प्रधानमन्त्रीका लागि दुईजनाको नाम आए के हुन्छ भन्ने प्रश्नमा ढुंगेलले त्यसबेलाको राजनीतिक अवस्था हेरेर राष्ट्रपतिले निर्णय लिने बताउनुभयो । उहाँले दलहरुबीच सहमति नजुटे राष्ट्रपतिले अन्तराष्ट्रिय अभ्यासहरुका आधारमा निर्णय लिने वा तेस्रो विकल्प खोज्न सक्ने बताउनुभयो । ‘दलहरुबीच पनि तेस्रो विकल्प, प्रधानन्यायाधीशलगायतबारे छलफल भइरहेको छ’ उहाँले भन्नुभयो- ‘राष्ट्रपतिले अन्तरराष्ट्रिय लोकतान्त्रिक अभ्यासका आधारमा पनि निर्णय लिन सक्नुहुन्छ ।’

सहमतिको सरकार गठनका लागि पछिल्लोपटक थपिएको ५ दिनको समय शनिबारै सकिएको छ । सरकार गठनका लागि अन्तरिम संविधानको धारा ३८ (१) अनुसार दिइएको छैठौंपटकको म्यादसमेत निरर्थकरुपमा गुजि्रएपछि राष्ट्रपतिका कानूनी सल्लाहकारले यस्तो उपाय सुझाउनुभएको हो ।

25 Comments on “दुईतिहाइ समर्थन पाए राष्ट्रपतिले ‘रिस्क’ लिने”
  • shreeram wrote on 29 December, 2012, 9:02

    चार बर्स ले त छोएन अब किन छुन्थ्यो र त्यो ५ ओटा ७ दिनले अचम्म !!!

    Well-loved. Like or Dislike: Thumb up 85 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    jay ram Reply:

    sathile hasayo!

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane wrote on 29 December, 2012, 15:33

    Rastrapati le je garirahanu vayako 6 yo sidhai galat garirahanu vayako 6.afnai party lai netritwa dinako lagi yo sab gareko ho. Natra kangres,amale lai sahamati garna kina dabab dina nasakeko.

    Like or Dislike: Thumb up 14 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    रमेश Reply:

    Bhim Ji, Ke maobadi ko kura mannu matrai sahamati ho ra. Rastrapati le ta sabai parti lai sahamati ma aunu bhanne ho jun uha le gari rakhnu vako chha. Rastrapati le kunai parti bisesh lai yeska paksha ma sahamati gara vanna milchha ra???

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Sangthu Sherpa wrote on 29 December, 2012, 15:44

    राष्ट्रपतीज्युले पूरै नेपालको जनसंख्याको एक तिहाइ भन्नु भएको हो भने म पनि १००% सहमत छु, नत्र भने के को २ तिहाइ होला? न यहाँ सँसद छ, न त संबिधान सभा नै!

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • जिमिरे wrote on 29 December, 2012, 15:58

    हेर राष्ट्रपति, भारत पुगेर आएउ , भारत को भाषा नबोल …… देश लाई निकाश निकाल्न देश कै स्वार्थ अनुसार चल … हाम्रो शुभकामना छ तिमीलाई …

    Like or Dislike: Thumb up 9 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

  • krishna prasad timilsina wrote on 29 December, 2012, 16:11

    त्यों नै उत्तम उपाय हुनेछ जस्तो लाग्छ मलाई त त्यसमा अर्को डर पनि छ कतै नेताहरु बिकने त होइनन जसको कारन देशको भलो चाहनेको पल्टो माँ नपरेर अन्य तत्वोको हातमा सत्ता जाने त होइन?

    Like or Dislike: Thumb up 5 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Sattya wrote on 29 December, 2012, 16:22

    ७०% यो राम्रो कुरा हो राष्ट्रपति ज्यू तर अहिलेको सरकारबाट तपाईले शिक्ष्या लिनू पर्ने कुरा याद रहोस की बाबुराम खूबी नभएको र देशलाई बिगार्छू भन्ने मनसाय भएको नेता चाही पक्कै होइनन तर उनलाई राम्रो साथ दिने नेता नभएर हो । यदि तपाई risk लिनू हुन्छ भने बाबुराम कै नेत्र्त्रीत्वामा मलाई यो यो पार्टीका यो यो नेता देऊ भनेर सबै पार्टीलाई पत्राचार गर्नुहोस र सरकार गठन गर्नुहोस किन की तपाईलाई सबै नेता को कस्ता छन र कसले के सम्हाल्न सक्छ भन्ने कुरा राम्रो संग ज्ञान छ । यदि यसो गर्दा पनी ४०% वा त्यो भन्दा धेरै पार्टीले बिरोध जनाउछ भने सबै योग्य र निस्पक्ष्य मानिसहरुलाई लिएर मंत्री मंडल गठन गर्नुहोस र समयमा नै चुनाव गराउनुहोस । चुनाव पछि जनताले अवश्य पनी कुनै एक पार्टीलाई बहुमत दिने छन ।

    Like or Dislike: Thumb up 15 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

    shiva Reply:

    bro hami nepali haru ko euta dherai ramro bani cha.tyo ho raat gaye baat gaye.kun adhar ma tapaile bhannu bhai ra cha ki yo baburam ramro neta ho bhanera.sadak bistar garera,janta ko ghar ghar ma mahinai pichhe gayera koi ramro hudaina.yesle k k kanda machhayeko cha tyo birsinu bhayo jasto cha.nepal ko tribhuwan bimansthal ma indian army lyayera rakhne,nepal lai india ko ma sumpine bibinha samjhauta garne,afno jyan mara karya karta, mantri lai safai dine jasta dherai ramra kaam gareko cha yo baburam le.yesle k k na afu bhagwan jastai garera yesto garchu usto garchu bhaera bhandai hidyo tara k khutlyayo.tyo garb janta ko ghar ghar chaharera k khutlyayo ahile samma.tyasaile baburam ramro cha bhanera japna chadidinus bro.

    Like or Dislike: Thumb up 4 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

    neerose Reply:

    hera buddi yesko.
    aado bhanchh yestolaai.
    Yesta khateharu sang Baburaam ko bichaar sochaai ra kaarya haru bujhna sakne haisiyet ra kshamataa bhayeta desh kina yo bakhedaamaa fasdathyo r!

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • jesika wrote on 29 December, 2012, 16:31

    कटवाल काण्डमा जस्तो निर्देशन वा हुकुमको अपेक्षा गर्या होलाउ यादव सरकार अब त्यो हुकुम तिम्लाई हैन बाबुरामलाई जान्छ ! कटवाल काण्डको जमाना गए अब !!त्यो बेला तिमीलाई बुख्याँचा बनाको थियो दिल्लीले अब प्रचण्ड बाबुरामलाई बनाउँछ ! तिमी पनि दलाल ऊ पनि दलाल !! जो भए पनि दलाल भए दिल्लीलाई भै हाल्यो नि !!दौरा सुरुवाल लाउँदैमा नेपाली भाषा भद्दा रूपमा बोल्दैमा नेपाली हुने भए रामवरणको फोटो आज नेपाली नोटमा छापिन्थ्यो !!त्यसैले रामवरण ज्यू कम्तिमा दिल्लीको दलाली गर्न छोड्नुस्!

    Like or Dislike: Thumb up 21 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • nana khanal wrote on 29 December, 2012, 17:43

    कांग्रेस,एमाले गद्धार हूँ इनिहरू ..

    Like or Dislike: Thumb up 20 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

  • kharbuja wrote on 29 December, 2012, 17:44

    chor neta haru sambidhan biutayera pheri desko dhikuti ko paisa vatta khayera sidhaune bichar matra ho rastra patile des linu parchha? natra ARMY le linu parchha?

    Like or Dislike: Thumb up 0 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • प्रेम तामांग wrote on 29 December, 2012, 18:06

    सूर्य धुन्गेलले जे पायो त्यों बोलेर हिंडन हुँदैन. राष्ट्रपति जस्तो संस्थाल्लाई विवाद्मा ल्याउने काम गलत हो.

    Like or Dislike: Thumb up 12 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • neerose wrote on 29 December, 2012, 19:01

    - बाबुरामलाई काम गर्न दी चुपचाप बस रास्ट्रपती देशको हो भने काङ्रेसको हो भने चाँही सक्या गरे हुन्छ! आखिर देश् र जनताको लागि राजनीति गरेको र देशको बिकाश र सम्ब्रिद्दी आनि जनताको स्वोतन्त्रता नै राजनीति गर्नुको मुला उदेश्य र लक्ष हो भने अर्को प्रम खोज्नु र यी नालायक हरूले उचालेको कुकुरहुनुभन्दा खुरुक्क भै रहेको सम्बैधान्क हैसियतको प्रमा लाई साथ् र सहयोग दिदै भन्दा सहमतिय सहयात्रा गर्दा हुन्छ! तर आफ्नो राजनितिक उदेश्य सिर्फ आफ्नो दुनो सोझ्याउनु आफू र आफ्नो केही भरटेको स्वार्थ पुर्ती गर्नु र रास्त्रपती पद काङ्रेसी जागिर हो र काङ्रेसी ललन पालन र काङ्रेसी अरान खटान नाई आफ्नो जीवन् को एउटै उदेश्य आनि रहस्य हो भने कोइरालाको चाक धोइदिन चर्पी अगाडी लोटा लियर उचिय हुन्छ!
    अब रास्ट्रपती कस्को र केको लागि भनेर आफै ठम्याउ र अघि बढौ!

    Like or Dislike: Thumb up 21 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • Daulat Samba wrote on 29 December, 2012, 19:47

    छिट्टै गर्नुस राष्ट्रपति ज्यू ढिलो भैसक्यो

    Like or Dislike: Thumb up 6 Thumb down 14

    [जवाफ फर्काउनुहोस्]

  • hari ranamagar wrote on 30 December, 2012, 1:48

    ‘कांग्रेस, माओवादी, एमाले, बैद्यजी, उपेन्द्र यादवलगायतका परिर्वतनकारी शक्तिहरुको सहमति खोज्नु स्वभाविक हो’यो नेपाली कांग्रेस र एमाले परिबर्तनकारी भएत सहमति भैहालथियो नि …यहाँ त परिबर्तनकारी र यथास्थितिबादी भएर कुरो नमिलेको।।।

    Like or Dislike: Thumb up 11 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • Rabindra panta wrote on 30 December, 2012, 4:32

    resource ma insolvent huna lageko europe ra afno purano craze,strong economy ra barchaswa lose gardai gaeko america le udaiman arthatantra tatha military power CHINA ra INDIA LAI weak banauna nepal ma ethnic fedaralism ko jaal vichhyaeko ho ra maobadi ra baburam tyasto plan ko goti baneka 6n,so as long as BABURAM REMAIN IN POWER,THE soverenty n integrity of the nation becomes more n more weak………..

    Like or Dislike: Thumb up 0 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Animish wrote on 30 December, 2012, 5:34

    Baburam lai nai nirantrata doine himmat garnus,Nepali janata le saath dine chhan.

    Like or Dislike: Thumb up 7 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • second hand dresses wrote on 30 December, 2012, 5:51

    70% bhaye aafai aai halthiyon ni kina chhiyo support

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sanu rai wrote on 30 December, 2012, 6:23

    राष्ट्र पति ज्यु सरकारले पठायको निर्बाचन अध्यादेस पास नगरेर तपाई राजनीति गर्दै हुनुहुन्छ / अध्यादेस पास गरि दिनुस त सबै को गनगन सकिन्छ निर्बाचन अध्यादेस पारित गर्नु लोकतन्त्र पनि हो संबिधान को संरक्षण पनि हो / तपाई को दाइत्व संबिधान को संरक्षण होइन र ?

    Like or Dislike: Thumb up 12 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • RC BHUJEL wrote on 30 December, 2012, 8:32

    Any other PM is illegal, illegitimate and unconstitutional.
    Only PM Bhattarai has the right to conduct election. If opposition do not accept this fact, let Baburam rule the country another 3 years so that he could show his performance. People are waiting for that. At least he sentenced cabinet ministers and expanded the raod in KTM which never happended last several decades. Let him implement YUBA Sworojgaar program, infrastructure development plan, and many other good programs!

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Olate Magar wrote on 30 December, 2012, 10:15

    भारतबाट पर्कदा बितिकै राष्ट्रपतिले दुईतिहाइ समर्थन पाए ‘रिस्क’ लिने भनेर आफ्ना क़ानूनी सल्लाकर मार्फत भने / हामी माँनौ वा नमानौ यो पक्कै पनी भारतीय भनाई हो / नत्र यो कुरा रास्ट्रपतिले भारत जानु भन्दा पहिले किन भनेन ? दाल में कुछ काला हें /

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • weyang polle wrote on 30 December, 2012, 12:44

    tyo maobadi chor nepal ko PM huna sakdaina,bidroha ko bela aatatayilai support garne danka ho,oppertunist.sajilo parda nagarik samaj,tara tehi nagarik samaj ko 5 kharba maobadi le nakkali naam ma des ko dhukuti lute,khai ta Debendra pandey le k garyo? tyo daka PM ? hunai sakdaina.

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • kusum wrote on 30 December, 2012, 16:04

    Baaburam ka bhakta haru ko ta aakha nai futisakyo jasto 6 .. usle gareka naramro pani thikai bhanne hare shiva !!!

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु