१४ पुस, काठमाण्डौ । पछिल्लो क्रममा देशका विभिन्न स्थानमा महिला हिंसाका घटनामा बृद्धि भएकोमा प्रधानमन्त्री डा. बावुराम भट्टराईले आफु स्तव्ध भएको बताउनु भएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा राष्ट्रिय महिला आयोग लगायत महिला अधिकारकर्मीहरुको प्रतिनिधिमण्डल सँगको भेटमा प्रधानमन्त्रीले घटनाका दोषीहरु माथि कडा भन्दा कडा कारवाही गरिने बताउनु भयो । महिला आयोग, अधिकारकर्मी रेणु राजभण्डारी लगायतको एक टोलिले शुक्रबार प्रधानमन्त्री सँग भेट गरेको थियो ।
अनामनगरमा रहस्यमय तरिकाबाट मृत अवस्थामा फेला परेकी सरस्वती अधिकारी -सुवेदी)को पुनः पोष्टमार्टम गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी महानिरिक्षकलाई प्रधानमन्त्रीले निर्देशनसमेत दिनुभएको छ । सो घटनाका आरोपित व्यक्तिहरुलाई तुरुन्त गिरफ्तार गरी कारवाहिको प्रक्रिया अगाडि बढाउन पनि उहाँले निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री भट्टराईले शुक्रवार मृतक सुवेदीकी आमा र वहिनीलाई भेटी दोषिलाई कडा भन्दा कडा कारवाही गरिने प्रतिवद्धा जनाउनु भएको थियो ।
त्यस्तै वैदेशीक रोजगारवाट फर्केकी भोजपुरकी एक युवती माथि त्रिभुवन विमानस्थलको अध्यागमन विभागमा भएको लुटपाट र वलत्कार सम्वन्धी केसमा बिहिवार वसेको मन्त्रीपरिषदले ठोष निर्णय लिएको बताउँदै प्रधानमन्त्रीले घटनामा संलग्न प्रहरीलाई हदै सम्मको कारवाहि गर्न र कर्मचारीहरुलाई गिरफ्तार गरी कारवाहिको प्रक्रिया चलाउन निर्देशन दिएको जानकारी गराउनु भयो । यता लामो समयदेखि वेपत्ता छोरी मैया मर्हनको खोजि कार्यलाई तिव्र बनाउन प्रधानमन्त्रीले सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
3 करोड़ नेपाली स्तब्ध छन. प्र.म. स्तब्ध हुनु ठुलो कुरा होईंन. प्र.म. संग शक्ति छ. कुरा र नौटंकी नगरेर काम गरेर देखाउन.
Like or Dislike:
16
4
[जवाफ फर्काउनुहोस्]
jabasamma hisila le vandina taba samma k garla ra yo lomute pm le.
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
He is a right, at least he gave sympathy all Nepali people. Thank you Mr PM .
Like or Dislike:
3
4
[जवाफ फर्काउनुहोस्]
Binod Reply: December 29th, 2012 at 10:51 am
Pm ko sympathy le tyo mara ko kt le ushko rights ta paudai nah… na ta tyo rape bhaya ko kt le afno izzat nai firta paucha.. sathi….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
हा हा हा …..हसाउछ बुढाले …….ज्ञानमाराहरुको मुद्दा फिर्ता …….अनि जनता भुलाउन अनेक कुराहरु …..तेइ त नेपालका जनता मुर्ख त्यसमा नि कति बनाइराको मुर्ख ………नेताहरु देश प्रति हैन आफ्नो पार्टी प्रति मात्र बफादार हुन्छन् …….यो तितो सत्य हो ……!!!!!!!
Like or Dislike:
8
2
[जवाफ फर्काउनुहोस्]
महिला हत्या हिंसाको शृंखला बढ्दो छ, देश कानूनी राज नभएको अधेरनगरी जस्तै बनेको छ ! विदेशमा काम गरेर फर्किएकि श्रमिक महिला अध्यागमनकै कर्मचारी बाट लुटिने र बलात्कृत हुनु भनेको राज्य अपराधीकरणको पराकाष्टा हो ! यो विषयमा किन हो प्रधानमन्त्रीको भनाई बल्ल सार्वजनिक भएको छ, त्यो पनि महिला अधिकारकर्मीहरुको दवाव पछि मात्र ! जनता, प्रधान मन्त्री बाबुराम भन्दा धेरै गुणाले स्तव्ध भएका छन्, यदि जनताको निराशा र आक्रोसलाई विस्वासमा बदल्ने हो भने उनले सरस्वती सुवेदी, शिवा हासमी र विन्दु ठाकुरका हत्यारा, श्रमिक महिलालाई लुट्ने र बलात्कार गर्ने अध्यागमनका अपराधीहरुलाई स्तव्ध हुने गरि डेडलाईन तोकेर कडा भन्दा कडा कारवाही को घोषणा गर्नु पर्दछ !
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
सरस्वती हत्याका आरोपितहरु यो देशका उच्च पँहुच र मनग्य गाँठ वाला हून भन्छन / फेरी, नेपालको कानून र सरकारले जहिले पनी पंहुच र गाँठ वालाको मात्र पछ्य लिन्छ र उनिहरुको कुरा सुन्छ / सरस्वती गरीबको छोरी परीन, उनका बुवा आमासंग न पंहुच छ, न गाँठ, खै तिनिहरू ले कसरी न्याय पाउलान र ?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
THIS COUNTRY IS RULING BY CRAZY RULER SO DONT EXPECT GOOD THING FROM THIS RULER THEY THEMSELF ARE ONLY ENGAGE IN COLLECTING MONEY AND RUNAWAY FROM COUNTRY
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Pm vattrai,jantaka neta hun tesaile yasta dosiharu lai abasya pani kada vanda kada karbahi garnu hun6 vanne hamilai laira6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
केको स्तब्ध हुनु? काम चाँही केही गर्नु छैन !
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]