सहमति नभए वैशाखमा चुनाव हुँदैनः गच्छदार :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सहमति नभए वैशाखमा चुनाव हुँदैनः गच्छदार

१४ पुस, विराटनगर । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विजयकुमार गच्छदारले पुस २५ गतेसम्म राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति नभए आउँदो वैशाख महिनामा निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।

शनिबार विराटनगरमा पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले संविधानसभा निर्वाचनको प्रत्याभूति नभएसम्म प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजीनामा नदिने स्पष्ट गर्नुभयो । गच्छदारले मधेसी राजनीतिक दलहरुले अघि सारेको नौबुँदे सहमतिको प्रयासलाई काँग्रेस र एमालेले स्वीकार नगरेकाले नेपाली काँग्रेसको नेतृत्वमा सरकार निर्माण नहुने दाबी पनि गर्नुभयो । उहाँले सङ्घीयतालगायतका विषयमा प्याकेजमा सहमति नभए प्रधानमन्त्रीले राजीनामा नदिने बताउँदै राष्ट्रपतिले सहमतिका लागि प्रयास मात्र गर्नुभएको र त्यो प्रयासबाहेक केही गर्न नसक्ने दाबी गर्नुभयो ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहेका गच्छदारले मधेसीको माग जायज रहेको बताउँदै भन्नुभयो-’मधेसीका समस्या समाधानमा जसले सहयोग गर्दैन, त्यसलाई मधेसीले पनि सहयोग गर्दैन, यो काँग्रेस र एमालेले बुझ्नुपर्छ । मधेसीको अस्तित्व स्वीकार नगर्ने तथा संविधानसभाबाट सङ्घीयता नदिनेतर्फ विपक्षी दलहरु उद्यत रहेकै कारण संविधान नबनेको उहाँले स्पष्ट पार्नुभयो । रासस

One Comment on “सहमति नभए वैशाखमा चुनाव हुँदैनः गच्छदार”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु