अब बिरामीले निःशुल्क रगत पाउने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अब बिरामीले निःशुल्क रगत पाउने

१४ पुस, काठमाडौं । अब निःशुल्क रक्तदान भएजस्तै निःशुल्करुपमा रगत पनि पाइने भएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रहरुले निःशुल्करुपमा प्राप्त भएका रगत भण्डारणलगायत अन्य प्राविधिक काम भन्दै हाल प्रतियुनिट रु ५१० लिँदै सम्बन्धित बिरामीलाई सिफारिसका आधारमा वितरण गरिराखेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रक्तदाताहरुबाट निःशुल्करुपमा प्राप्त भएका रगत बिरामीले पनि निःशुल्क पाउन् भन्नाका लागि पहिलोपटक नीतिगत व्यवस्था गर्न लागेको हो । मन्त्रालयका चिकित्सा महाशाखाका प्रमुख एवम् कामु सचिव प्रा डा तीर्थप्रसाद बुर्लाकोटीले ब्लड डोनर्स एसोसिएसन नेपाल -ब्लोदान)को १६ औँ साधारणसभाको उद्घाटन गर्दै छिट्टै नीतिगत व्यवस्था गरिने जानकारी दिनुभयो ।

मन्त्रालयले विसं २०४८ बाट ब्लड बैंक सञ्चालनको जिम्मा नेपाल रेडक्रस सोसाइटीलाई दिएको थियो । भनेको समयमा बिरामीले खोजेको रगत नपाउने, निःशुल्करुपमा प्राप्त भएका रगत पनि शुल्क तिरेरमात्र बिरामीले लिनुपर्नेजस्ता कारणले रेडक्रसलाई दिएको सो जिम्मेवारी पुनः सरकारले लिने तयारी पनि गरिराखेको छ । “ब्लड बैंक सरकार आफैँले सञ्चालन गर्नुपर्छ भन्ने कुरामा मन्त्रालय सहमतिमा पुगिसकेको छ” कामु सचिव प्रा डा बुर्लाकोटीले भन्नुभयो ।

सोसाइटीका अनुसार ब्लड बैंकमा रगत सङ्कलन तथा वितरणका लागि हाल बर्सेनि सात-आठ करोड रुपैयाँ खर्च भइराखेको छ । रक्त सञ्चार सेवा केन्द्र -ब्लड बैंक)मा गत वर्ष एक लाख ७७ हजार १९५ युनिट रगत सङ्कलन भएको थियो । हाल देशका ६२ जिल्लाका ८५ स्थानमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा रहेका छन् ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले रक्तसञ्चार सेवा केन्द्र सबै जिल्लामा पुर्‍याउने लक्ष्य रहेको जानकारी दिनुभयो । रासस

5 Comments on “अब बिरामीले निःशुल्क रगत पाउने”
  • Shova lal bahardar wrote on 29 December, 2012, 14:03

    Yo decisionle nepal jastogarib desh ko lagi bahumulya upahar vayo jasto ma lai lageko 6 yasto buddhi palaeko dekhda i am v happy.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • hark chand wrote on 29 December, 2012, 18:35

    yo nirnaya vayera kehi rahat ta hola tara mukya kura bhaneko Sarvasadharan janta le blood nai paudainan, Blood chhaina sakiyo vanne garinchha sadharan jantalai ani jyan gumaunu parchha, ani vansun hunele jatibela pani upalavdha hunchha, blood nachahine vayepani standby rakheko hunchha, k garnu aba sarkarle jimmewari liyo vane ta jhan tyo prabitti badhne chha no doubt….. baru redcross lai nai diyeko vaye ali kam hunthyo…

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • अमृत प्रजापती wrote on 29 December, 2012, 20:04

    जे जस्तो भएपनि आकस्मिक अवस्थामा चाहिएको बखत सहज रुपमा पाउनु पर्यो ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • narayan wrote on 30 December, 2012, 1:27

    Really good news. A relief for all……………

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • devendra wrote on 30 December, 2012, 3:40

    ramro kam. hami le pani ta raktdan garnu parchh hai .

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु