विपक्षीका कारण सहमति हुन सकेनः एमाओवादी प्रवक्ता :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

विपक्षीका कारण सहमति हुन सकेनः एमाओवादी प्रवक्ता

१४ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीले विपक्षी राजनीतिक दलहरुका कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको आरोप लगाएको छ ।

एमाओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवक्ता तथा सञ्चारकर्मी नियमित भेटमा प्रवक्ता अग्नि सापकोटाले नेपाली काँग्रेस र नेकपा -एमाले)कै कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको आरोप लगाउनुभयो । सापकोटाले भन्नुभयो, “राष्ट्रिय सहमति भनेको एक दुई दलको मात्रै सहमति होइन, प्रमुख दलका बीच सहमति भएमात्रै त्यो राष्ट्रिय सहमति हुन सक्दछ, त्यसका लागि माओवादीले एक दिनका लागि मात्रै भए पनि सरकारमा आउन गरेको आग्रहलाई लत्याएर विपक्षी दल हठ प्रदर्शन गरेर बसेका छन्, जसका कारण सहमति हुन सकेन ।”

सत्तारुढ गठबन्धन सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले कुनै पनि विकल्पमा सहमति हुने नदेखेपछि विघटित संविधानसभाको पुनःस्थापनाको कुरा अगाडि सारेको समेत उहाँले जानकारी दिनुभयो । आफ्नो पार्टी आगामी वैशाखमा संविधानसभाको निर्वाचन हुनुपर्दछ भन्नेमा प्रतिबद्ध रहेको र निर्वाचनबाट भाग्ने भन्ने कुनै पनि चाहना नरहेको जानकारी दिँदै उहाँले पार्टी फुटेका कारण एमाओवादी चुनावमा जान चाहँदैन भन्ने कुरा शतप्रतिशत गलत रहेको बताउनुभयो ।

राष्ट्रिय सहमति कायम नभइ कुनै पनि राजनीतिक समस्या हल हुन नसक्ने चर्चा गर्दै उहाँले सहमतिबाट भाग्ोका विपक्षी दलसमेत एकदिन सहमतिमा आउने बताउनुभयो । राष्ट्रपतिले थप्नु भएको पछिल्लो समयसीमाभित्र दलहरुका बीच छलफल हुन नसक्नुका पछाडि सीमित राजनीतिक स्वार्थले काम गरेको उहाँको भनाइ थियो ।

देशलाई निकास दिनका लागि स्वतन्त्र व्यक्तिको नेतृत्व पनि स्वीकार्य भएको उहाँले बताउनुभयो । रासस

4 Comments on “विपक्षीका कारण सहमति हुन सकेनः एमाओवादी प्रवक्ता”
  • Bhim lamichhane wrote on 29 December, 2012, 14:11

    Kangres,amale chunab bata vagna khojeko vanne kura prasta thaha 6 jantalai. Hoina vane vattrai ko sarkarma kehi samaya sahavagi vayara rastriya swarup dida k a6uto vain6 ? Yo balhath tyagnai par6.kangres,amalele.

    Like or Dislike: Thumb up 2 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • जिमिरे wrote on 29 December, 2012, 16:17

    ए ! फटाहा नेता हरु हो ….. आफ्नो स्वार्थ ले गर्दा देश बिगार्दै छौ …. एकदिन तिमि हरु सबै लाई चाक मा मट्टीतेल हालेर कुकूर लखेटे जस्तो गरेर लखेत्छन जनता हरु ले …..!!!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rabin shrestha ksa wrote on 29 December, 2012, 18:23

    hami janta lai jasla j vande pani huncha fata neta ho.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • M. R. Pandey wrote on 31 December, 2012, 1:34

    Danka haru naitikta chhaina arulai dosh dine. Afno habigati hera pahile

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु