१४ पुस, काठमाडौं । पुस्तकालय सूचना तथा ज्ञान व्यवस्थापनसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन शनिवारदेखि राजधानीमा सुरुभएको छ ।
सम्मेलनको उद्घाटन त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. हिराबहादुर महर्जनले बसुन्धरामा रहेको साउथवेस्टन स्टेट कलेजको प्राङ्गणमा गर्नुभयो ।
नेपालमा पहिलोपटक आयोजना गरिएको सम्मेलनमा नेपाल, भारत र पाकिस्तानका समेत ८० जना विज्ञहरुको सहभागिता रहेको नेपाल पुस्तकालय संघका अध्यक्ष प्रकाश थापाले जानकारी दिनुभएको छ । सञ्चार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग, पुस्तकालय व्यवस्थापनमा देखिएका चुनौती लगायतका विषयमा सम्मेलनमा छलफल हुने थापाले बताउनुभयो ।