कम्युनिस्ट आन्दोलनमा यदुवंशी प्रवृत्ति हावीः प्रचण्ड :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कम्युनिस्ट आन्दोलनमा यदुवंशी प्रवृत्ति हावीः प्रचण्ड

१४ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनमा यदुवंशी प्रवृत्ति हावी भएको बताउनु भएको छ ।

नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले शनिबार आयोजना गरेको कार्यक्रममा प्रचण्डले भन्नुभयो-’आफूलाई मन पर्दा भगवान्भन्दा पनि बढ्ता मान्ने नेताहरू मन नपर्ने बित्तिकै उसलाई राक्षसका रुपमा रुपान्तरण गर्न उद्दत हुन्छन् ।’ नेपालको कम्युनिस्ट आन्दोलन सफलतामा पुगे पनि त्यसलाई संस्थागत गर्न नसक्दा चाहेजति सफलता प्राप्त गर्न नसकेको भन्दै उहाँले जनतालाई अधिकार सम्पन्न गराउने अभियानलाई सफल बनाउन कम्युनिस्ट आन्दोलनलाई पनि सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

दर्जनौं कम्युनिस्ट पार्टी भएपनि नकारात्मक सोचका कारण एक हुन नसकेको तीतो यथार्थ रहेको भन्दै उहाँले सबै कम्युनिस्ट पार्टीले यसबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताउनु भयो ।

एमाओवादी अध्यक्ष प्रचण्डले जनताको आन्दोलनबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न परिवर्तनकामी शक्तिहरू जुट्नुपर्ने खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो-’परिवर्तनको प्रवाहलाई नयाँ उचाईमा उठाउन सफल परिवर्तनकामी शक्तिहरूले त्यसलाई संस्थागत गर्न नसकेकै कारण पटक पटक जनताले धोका पाएका हुन्, फेरि पनि त्यही अवस्था नआउाला भन्न सकिँदैन । त्यसकारण बेलैमा सचेत हुनु आवश्यक छ ।”

उहाँले दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका कारण आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रचण्डले एमाओवादीका नेता कानुन व्यवसायी खिमलाल देवकोटाले लेख्नुभएको ‘नेपालमा जनयुद्धको एक दशक’, नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनका महासचिव कुलानन्द गिरीले लेख्नुभएको ‘महासमरका यात्री’ र ‘प्रचण्डका सपना’लगायत पुस्तकको लोकार्पण गर्नुभएको थियो ।

8 Comments on “कम्युनिस्ट आन्दोलनमा यदुवंशी प्रवृत्ति हावीः प्रचण्ड”
  • narayan wrote on 29 December, 2012, 12:55

    यदुवंशी प्रचण्ड आफै हो,…………

    Like or Dislike: Thumb up 18 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • Krishna sapkota,Bkk wrote on 29 December, 2012, 13:14

    Tyo ta ho,sabaile dekhi janeko kura

    Like or Dislike: Thumb up 9 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • indra subedi wrote on 29 December, 2012, 13:46

    के गर्ने यस्तो सोच राखेर ?बिदेसी गाडी तरुनी अनि बिदेसी को डिनर मा जान मिलेन,दिमाज लगा पासा दिमाज्,,,,,,,,

    Like or Dislike: Thumb up 11 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane wrote on 29 December, 2012, 14:26

    Kura jayaj ho.

    Like or Dislike: Thumb up 6 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • shailesh kc dahal wrote on 29 December, 2012, 14:37

    HE IS THE LEADER OF YADU BANSAM SO HE HIMSELF ALSO ON LINE OF DESTRUCTING HIS CARNATION DINASTY.

    Like or Dislike: Thumb up 8 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • प्रेम तामांग wrote on 29 December, 2012, 18:01

    Excellent metaphor.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ganga kc wrote on 30 December, 2012, 3:36

    ’आफूलाई मन
    पर्दा भगवान्भन्दा पनि बढ्ता मान्ने
    नेताहरू मन नपर्ने बित्तिकै उसलाई
    राक्षसका रुपमा रुपान्तरण गर्न उद्दत
    हुन्छन् ।’

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Mohan Thapa wrote on 30 December, 2012, 5:43

    हाम्रा कमरेड हरु कुन बंसका कम्युनिस्ट हुन् थाहा हुन् सकेन तर सबैले हामि जनताको हक र हितको लागि आफ्नो जिबन पनि बलिदान गर्न पछि पर्दैनौ भनेर सबैले चर्को नै भाषण गर्दै हिदछन तर सत्ता र कुर्सीमा पुगिसके पछि आफ्ना आफन्त र नातेदार लाइ भन्दा अरुलाई चिदैनन खै कमरेड कम्युनिस्टको परिभाषा नै बुज्न कसिन महिले त मपनि हावाको भरमा कम्युनिस्ट लाइ नै मान्छे हु मलाई प्रस्ट बुजी दिनु हुन्छ कि ??????????

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु