माछा ब्यापारीको गीत अर्को ‘गङनम स्टाइल’ बन्दै :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

माछा ब्यापारीको गीत अर्को ‘गङनम स्टाइल’ बन्दै

कोरियाली गायक साईको गङनम स्टाइलले युट्युवमा रेकर्ड ब्रेक गरेलगत्तै एक पाकिस्तानी माछा ब्यापारीको गीतले युट्युवमा तहल्का मच्चाएको छ ।

पाकिस्तानबाट रोजीरोटीको खोजीमा लण्डन पुगेका साहिद नजिरले माछा बेच्न गाएको गीतले अहिले युट्युवमा ९४ लाखले हेरिसकेका छन् । भिडियो डिसेम्बर १० तारिखमा अपलोड गरिएको हो ।

‘कम अ लेडिज, कम लेडिज वान पाउण्ड फिस’ भन्दै पसलमा ग्राहक बोलाउने गीतको ओर्जिनल भर्सन सुन्दा हाम्रो रत्नमपार्कमा लौ आयो सस्तो सस्तो २० रुपैयाँ मोजा, सय रुपैयाँमा पाइन्छ भनेजस्तै सुनिन्छ । उनले माछा सस्तो र राम्रो भएको बखान गर्दै एकपटक हेर्न महिला ग्राहकहरुलाई आग्रह गर्छन् ।

एकदिन यसैगरि गीत गाएर ग्राहक बोलाइरहेका बेला कोलिन मिलरले यो गीत रेकर्ड गर्छन र युट्युवमा अपलोड गर्छन् । यो गीतले चर्चा पाएसँगै उनका दिन पनि फेरिन थाल्छन् । चार सन्तान र एक श्रीमतीको भबिष्य खोज्दै लण्डनमा संर्घष गरिरहेका यी सामान्य मानिस एकाएक सेलिब्रीटी हुन्छन् । उनले यही गीत गाउँदै रियालीटी सो एक्स फ्याक्टरमा पनि अडिसन दिन्छन् । तर खासै माथि उक्लिन सक्दैनन् ।

सेलिब्रिटी बनेका साहिदलाई हालै पाकिस्तानमा स्वागत गरिँदै

तर युट्युवको लोकप्रियताबाट हौसियाका साहिदले यो गीतलाई पुन रेकर्ड गर्दै नयाँ आर्कषक भिडियो बनाउँछन् । नयाँ भिडियो युट्युवमा अपलोड गरेपछि भने उनी साँच्चै सेलिबि्रटी भएका छन् । धेरैले यो गीतलाई गङनम स्टाइलसँग तुलना गरेका छन् । युट्युवले निकै छिटो यो भिडियो टप २० पर्ने प्रक्षेपण गरेको छ ।

साहिदको अप्रिलमा  पहिलोपटक अपलोड गरिएको ओर्जिनल भिडियो

अहिले उनको गीत युरोप र दक्षिण एशियाली मुलुकमा लोकपि्रय भइसकेको छ भने धेरै ठाउँबाट उनको कन्र्सटका लागि माग भइरहेको छ । हालै पाकिस्तान आएका साहिदलाई लाहोरमा भब्य स्वागत गरियो । इस्लाम बिरोधी भिडियो काण्डपछि पाकिस्तानमा बन्द गरिएको युट्युव पनि उनकै कारण हालै खुला भएको छ । अहिले उनको नामै ‘वान पाउण्ड फिस’ भएको छ ।

डिसेम्बर १० मा अपलोड गरिएको प्रोफेसनल भिडियो

 

4 Comments on “माछा ब्यापारीको गीत अर्को ‘गङनम स्टाइल’ बन्दै”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु