टुडिँखेलमा तमु ल्होसारको रौनक (फोटो फिचरसहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

टुडिँखेलमा तमु ल्होसारको रौनक (फोटो फिचरसहित)

१५ पुस, काठमाण्डौं । देशभरका गुरुङ समुदायले आइतबार तमु ल्होसार पर्व मनाएका छन् । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले ‘नयाँ’ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र  शुभकामना आदानप्रदान गरिन्छ । साथै नयाँ लुगा लगाउने, सेलरोटी, खिरलगायत मीठा मीठा खानाका परिकार बनाएर खाने र नाचगान गरि रमाइलो गर्ने परम्परा छ ।

तमु ल्होसारको अबरसरमा राजधानीको टुडिँखेलमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा गुरुङ समुदायका विभिन्न भेषभुसा सहितको झाँकी प्रदर्शन गरिएको थियो ।

नयाँ वर्षका रूपमा ल्होसार पर्व नेपालमा तामाङ, सेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले पनि मनाउने गर्छन् । तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रूपमा तथा सेर्पालगायतका जनजातिले फागुन शुक्लप्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने गर्छन् ।  प्रत्येक १२ वर्षमायुग परिवर्तन हुने र यीवर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर,  कुकुर र बँदेलका प्रतिकका रूपमा लिइन्छ । यो वर्ष गुरुङ जातिले गरुड वर्ष बिदाइ गरेर सर्प वर्षका रूपमा स्वागत गर्दैछन् । नेपाल सरकारले यो पर्वलाई २०६४ सालदेखि  राष्ट्रिय पर्वका रूपमा मान्यता दिई सार्वजनिक बिदा पनि दिनथालेको छ ।

तमु ल्होसारको उपलक्ष्यमा शुभकामना दिनुहुँदै राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री डा बाबुराम भट्टराई लगायतले सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । सन्देशमा डा यादबले सन्देशमा हिमाल, पहाड र तराई मधेसमा बस्ने सबै नेपालीबीच बान्धुत्व र एकताको भावना बढाउने कार्यमा यस्ता राष्ट्रिय पर्वहरूले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

6 Comments on “टुडिँखेलमा तमु ल्होसारको रौनक (फोटो फिचरसहित)”
  • Yonzan wrote on 30 December, 2012, 12:33

    TOLA Lochhar ko Hardik Mangalmaya Subhkamana.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • J.B. LUNGELI wrote on 30 December, 2012, 12:34

    यहाँहरु सबैलाई हार्दिक शुभकामना छ।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • yuk lohome wrote on 30 December, 2012, 13:29

    balla balla ल्होसारको news aayecha ….tara ajai pani rai limbule manaune चाडको समाचार खै ???????

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhim wrote on 30 December, 2012, 21:50

    Happy Lhosaar To ALl Gurung Janjaati .

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Prem Gurung wrote on 31 December, 2012, 15:22

    Sarbapratham ta dherai dherai dhannebad chha TAMU LHOSAR sanbandi samachar lekhi dinu bhayeko ma. Mero ek ashamati chha tala yo barga samabandi ko galat samacharma…
    “प्रत्येक १२ वर्षमायुग परिवर्तन हुने र यीवर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतिकका रूपमा लिइन्छ ।” Kanhan bata ayo yo बँदेल barga TAMU Lhosar ma ? Tamu Lhokor(TAMU Barga Chakra) anusar tamu haru ma बँदेल barga hundaina ra malai janakari pani chhaina sathai Tamu haru lai sodnu hola yo bargako barema. Bandel ko satta ma Pho or Mirga barga hunchha. Sampadak jyu Bandel barga sayed aru Lhosar manaune haru ma hola. Media le yesto galat khalako suchana sampreshan garinchha bhane pathakharu le kasari sahi tathye kura thah pauna sakinchha. Dhannebad

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Prem Gurung Reply:

    Sathai Kharayo barga ko satta ma Chara barga hune parne ho Tamu barga chakra ma….

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु