बिमल गौतम
१५ पुस, रियाद । साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेयले नेपाली कामदारहरूका लागि हालै निर्धारित नयां तलबमान नदिने, नदिलाउने नेपाली म्यानपावर कम्पनी र साउदी रोजगारदाता कम्पनी दुबैलाई कारर्बाही गरिने बताउनुभएको छ । यसका लागि कामदार तथा नेपाली समुदायले आवश्यक कागजात सहित नेपाली दूतावासलाई जानकारी दिन अनुरोध गर्नुभएको छ ।
हाल नेपाल सरकारले नेपाली कामदार (सबै भन्दा तल्लो तह लेबर) का लागि न्युनतम तलबमान साउदी रियाल ८००+ २०० अथवम खानाको व्यवस्था हुनुपर्ने गरी निर्णय गरी राजपत्रमै प्रकाशित गरेको छ । कामदारहरूको तलब सुविधा यस भन्दा कम हुनेगरी पठाएको पाइएमा ती म्यानपावर कम्पनीहरूलाई फरक परेको तलब सुविधा जरिमाना गर्नेदेखि जेल पठाउने सम्मको कार्बाही गराउन सकिन्छ भन्दै साउदी रोजगारदाताबाट नेपाली कामदारहरूको पेरोल (स्यालरी सिट)नै झिकाएर कम तलब सुविधा दिएको पाइए त्यस्ता रोजगारदाता साउदी कम्पनीहरूलाई फेरी नेपाली कामदार ल्याउन नपाउने गरी कालो सूची (Black List) मा राख्न सकिने बताउनुभयो । हालैका दिनमा रियादको बाथामा भगौडा कामदारहरूका २ जना नेपाली दलालहरूलार्इ कारर्बाही गरी नेपाल पठाएको जानकारी दिंदै त्यस्ता दलालहरूका बारेमा पनि जानकारी दिन अनुरोध गर्नुभयो ।
१६ महिनाको आफ्नो कार्यकाल मा ८५० भन्दा बढी उजुरी परेकोमा सबैको समस्या समाधान गरिएको बताउदै मृतकको शव नेपाल पठाउन लाग्ने समय घटेको, दुतावासमा आउने महिलाको चाप घटेको र समस्यामा रहेका नेपाली महिलाले काम गरेको स्थान थाहा पाउंदा आफै गएर उद्धार गरि ल्याएको बताउनुभयो ।
नेपाली कामदारहरू भाग्नुमा मुख्य कारण कम तलब सुविधा नै रहेको पाइएको हुंदा साउदी अरबमा नेपाली कामदारहरूको माग तथा नेपाली दूतावासको बिशेष पहलमा केही महिना अघि न्युनतम तलबमा बढोत्तरी गरिएको हो ।
Ramro kam ko lagi mero
salam rajduta baslai sathai
Baki raheko kamlai pani
Xitai karyenan garnu hola .
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
raai baburo Reply: December 30th, 2012 at 8:04 am
एउटा कुरा दुता बास् लाइ अनुरोध जब कुनै पनि कम्पनिले काम दारको माग गर्छ त्यो माग पत्रमा दुता बासले कम्पनि हेरेर बुझेर प्रमाणित गरिएको होस ताकि कुनै कम्पनिले नेपालको मेनपावर लाइ १२०० को डिमान्ड पठाएर तेहि डिमान्ड् बाट श्रम स्विकृति मेनपावरले निकालेर जब साउदि पुगे पछि जम्मा ८०० मात्र दिएको खण्डमा करबाहि गर्न सजिलो परोस् नत्र मालिक मालिकनै हुन्छ उस्ले जति दिएपनि के भो र त्यो पनि साउदि जस्तो ठाँउमा घान पर्ने हुन्छ नेपालको मेनपावर् लाइ जे होस् चाँडै कार्य नयन् होस् मलेसियामा जस्तै कम्पनि हरुको मुद्दामा त्यहाँको सरकार् नल्झियोस्
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
jati gare ni lasta ma tei ……
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
हेल्लो कमरेड, यो सबै पत्रिकाको लागि खोकेको मात्रै हो कि वास्तविकता पनि हो ? न्युनतम तलबमान साउदी रियाल ८००+ २०० अथवम खानाको व्यवस्था हुनुपर्ने गरी निर्णय नयाँ कामदारलाई मात्रै हो कि पहिले देखि नै काम गरिरहेकालाई पनि हो ? यदि यो निर्णय पुराना कामदारको लागि पनि हो भने इमेल ठेगाना दिनुस बेसिक ८०० भन्दा कम भएको प्रमाण म दिन्छु अनि हेरौ तपाइको कारवाही गर्ने हिम्मत कतिको छ |
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
Bishworaj Neupane Reply: December 30th, 2012 at 7:36 am
Dharma Ji, e-mail address matrai hoena, tapai le direct call pani garna saknu hun6. hajar ma 1ta man6e kahile kahi ramro pani huna sak6, kahilekani positively pani sochau ani sakeko sahayog garau, aasha garau embassy le pani sakdo sahayog garne6. tapai ko lagi “Embassy of Nepal – Riyadh, Saudi Arabia” ko e-mail, telephone and fax are as follows:
E-mail : info@neksa.org
Tel. : 00966 1 4611108 / 4645170
Fax : 00966 1 4640690 / 4651823
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
राम्रो काम गर्नु भएकोमा धेरै धेरै धन्यवाद / तर अर्को दुख: को कुरा राजदूत साहेब, अझ पनि सऊदी अरब का 95% कम्पनी हरुमा लेबर (जनरल वोर्कर ) को तलब 400 सऊदी रियल भन्दा बढ़ी छैन/ उदाहरण को लागि तमीमी, अल-जोल, अल-गोसाबाई, नेस्मा सऊदी कैटरिंग आदि सऊदी का नेपालीहरु धेरै हुने कम्पनीमा पर्दछन/ हजुरले 1 पटक यि कम्पनी का साथी भाई हरु लाई सोध्नु होला/ अरु सेवा सुबिधा ठीकै भए पनि तलब सार्है कम छ/ अरु कुरा अर्को लेख मा लेखौला/
धन्यवाद,
चिरन्जीबी बराल
रास तनुरा
सऊदी अरब
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
yo gaf matri hoki kam pani garera dekhau hun cha………. sir
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
थुक्क ८०० रियाल दिलाएर सगरमाथा जिते जस्तो गरे भातेहरु त्यही श्रम फिलिपिनोहरु ले बेच्दा क़म्तीमा १५०० रियाल हुने नेपालि को ८०० लाज पनि कता गयो होला
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
हाम्रो नेपाली महिला जो हाउस वाईफ काम गर्छन्
तिनिहरुको अवस्था साह्रै दु:ख लाग्दो छ र अर्को कुरा =
जो हाम्रो नेपाली मेनपाओर दलाहरुले गार्डेन बगैचा फुलहरुमा
पानी हाल्नेमात्र काम हो भनेर पठाउछन जोकी याँहाँ आएर
जङ्गलमा भेडा बाख्रा चडाउना बाध्ये हुन्छन माजरा मा
18 घण्टा काम गर्न वाध्य छ्न र सेलरी पनी 6/7 महिना
पाउदैनान!यो ठाउँ हजुरको अफिश भन्दा 18oo सय किलोमीटर
टाढा पर्छ शायद तपाईंलेत नामपनी सुन्नुभाछैन होला??
(गोविन्द बिबश) Al.QuryyaT K.S.A
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
उदय राज पाण्डे ज्यु बाट हाल सम्म भै आएको काम ज्यादै प्रसंसनिय छ / सकारात्मक सोंच र केहि गरौ भन्ने सोंचको मान्छे हो उहाँ / पहिले को तुलनामा समस्याहरु सबै सक्किन्हाले पनि धेरै समस्याहरु समाधान भएको कुरालाई हामी सबैले स्वीकार गर्नु नै पर्छ / उंहाको आफ्ना पनि सिमाहरु छन् र उक्त दायरामा रहि हाल सम्म सम्पन्न गर्नु भएको कार्य अति प्रसंसनिय छ / हामी साउदी प्रवासीको तर्फबाट धेरै धेरै शुभ कामना
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
thank u very much. Bishworaj Neupane g. mero vai yahi riyadh mai kam gar6 tra tysko companyle total salary 6oo riyal matrai di-erahe6……..k tpaile mero vailai sahyog garnu hun6……..u yayeko 18 mahina vanda badhi vaeskyo…..ma aafno vailai ghar pathaun khojeko thiye tra usko companyle 10,000 riyal mag6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]