१५ पुस, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको लिग लिडर थ्रीस्टारले बाँसबारीलाई पराजित गरेको छ । आइतबार भएको खेलमा थ्रीस्टारले बाँसबारीलाई ६-० गोल अन्तरले पराजित गरेको छ ।
जितपछि थ्रीस्टारको १० खेलबाट २५ अंक भएको छ भने दोस्रो स्थानमा रहेको आसीटीको २० अंक छ । एक खेल कम खेलेको मच्छिन्द्रको ९ खेलबाट २० अंक छ र तेस्रो स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बाँसबारीले थ्रीस्टारलाई आधा घण्टा रोक्न सकेन । ३१ औं मिनेटमा कप्तान सन्तोष साहुखलले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । पहिलो हापको अन्त्यमा फेमीले थ्रीस्टारको अग्रता दोब्बर पारे । एक पक्षीय खेलको ४७ औं मिनेटमा विजय गुरुङले गोल गर्दै ३-० को अग्रता दिलाए ।
५० औं मिनेटमा सन्तोष पेनाल्टीमा गोल गर्न चुके । ६८ औं मिनेटमा फेमीले व्यत्तिगत दोस्रो गोल गरे भने ७३ औं मिनेटमा सन्तोषले थ्रीस्टारलाई ५-० को अग्रता दिलाए । ८४ औं मिनेटमा विजयले व्यक्तिगत दोस्रो गोल गर्दै बाँसबारीविरुद्ध आधा दर्जन गोलको जित दिलाए ।
अर्को खेलमा फ्रेण्ड्सले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको हो । जितपछि १० खेलबाट १२ अंक जोडेको फ्रेण्ड्स नवौं स्थानमा छ भने १० अंक जोडेको हिमालयन शेर्पा ११ औं स्थानमा छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेण्ड्सका लागि ३२ औं मिनेटमा उमरले गोल गरे ।
Well
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
santos le harik garna chukeko ma khel dukha lagdo bhayako chha…
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Good
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]