झण्डाका कारण सुडानमा झण्डै ज्यान गयो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

झण्डाका कारण सुडानमा झण्डै ज्यान गयो

लोकबन्धु कार्की, विश्व साइकल यात्री

आठ वर्षअघि साइकलबाट विश्वयात्रा थाल्छु भन्दा नपत्याएर कुरा काट्नेहरुले आज पनि लोकबन्धु कार्कीको कुरा काटिरहेकै छन् । तर, कार्कीले भने विश्वका ८६ मुलुक घुमिसकेका छन् । यद्यपि विश्वयात्रामा कार्कीका सुख-दुखका कथा भने उदेकलाग्दा छन् । विदेशमा कसैसँग झन्डै माया बसेको, आफ्ना दुई साथीहरु यात्राकै क्रममा गुमाउनुपरेको र कुनै देशमा चाँहि पिसाब फेर्ने संकेत गर्दा गलत अर्थ लागेको अनुभवसमेत सँगालेका छन् कार्कीले ।

नेपालका सगरमाथा र गौतम बुद्धलाई विदेशीले नचिनेको तर, माओवादीका कारणले भने कतिपय देशले चिनेको अनुभव पनि कार्कीले सँगाल्न भ्याएका छन् । विदेशमा रहेका नेपाली दाजुभाइका बारेमा पनि कार्कीको नयाँ अनुभव छ । नेपाली पोशाक, राष्ट्रिय झण्डा र सगरमाथा एवं बुद्धको प्रचार गर्दै विश्वयात्रा गरिरहेका कार्की यो साता मलेसियाको राजधानी क्वालालम्पुरमा भेटिए । उनै कार्कीसँग अनलाइनखबरका मलेसिया संवाददाता रामचन्द्र नेपालले गरेको रोचक कुराकानी :

कहिलेदेखि विश्वयात्रा शुरु गर्नुभयो ?

मैले विश्व भ्रमण गर्नुभन्दा अगाडि ०५९ साल जेठ २५ गते ताप्लेजुङवाट नेपालका ६७ जिल्लाको पैदल यात्रा शुरु गरेको हुँ । ६७ जिल्ला घुम्नलाई १८ महिना लागेको थियो । त्यसपछि साईकलवाटै नेपालका ५३ जिल्ला घुमें । त्यतिबेला मलाई ५ महिना १७ दिन लागेको थियो । विश्वयात्रा भने ०६१ साल मंसिर २३ गते धरानको भानुचोकबाट गरेको हुँ ।

विश्वका कुन-कुन देशमा पुग्नुभयो ?

विश्वमा रहेका १ सय ५३ देश भ्रमण गर्ने लक्ष्यबा साथ अगाडि बढिरहेको छु । हालसम्म एसियाका ३२, अफि्रकाका ३६, दक्षिण अमेरिकाका ८ र उत्तर अमेरिकाका ९ मुलुकको भ्रमण गरिसकें । अझै आधाजति विश्व त घुम्नै बाँकी छ । सन् २०१७ सम्म सबै मुलुकको भ्रमण गरिसकेको हुनेछु ।

यतिका देश घुमिसक्नु भयो, यो अवधिमा नेपाल कतिपटक पुग्नुभयो ?

आमा बितेपछि मैले घर छाडेको हुँ । नेपालमा जम्मा दुईपटक पुगेको छु । आफन्तहरुले पनि बिर्सिएजस्तो भएको छु । आफन्तलाई पनि परदेशको कुरा सुनाउँदिन ।

यात्रा गर्दा लाग्ने खर्च कसरी जुटाउने गर्नुभएको छ ?

शुरुमा यात्रा थाल्दा मैले आफ्नै जग्गा साढे तीन लाखमा बेचेर शुरु गरेको हुँ । यात्रा शुरु गरिसकेपछि विभिन्न देशमा रहेका नगरपालिका, खेलकुद, टुरिज्म, रेडक्रसलगायतले सहयोग गरिहेका छन् । केही समय अगाडि दक्षिण अमेरिकी मुलुकमा १५/१६ हजार डलर सहयोग प्राप्त भएको थियो । नेपाली ब्यवसायीहरु र विशेष गरेर श्रम गरिरहनुभएका श्रमिकहरुले सहयोग गर्नुभएको छ । तर, विदेशमा खोलिएका संघसंस्थाहरुबाट भने त्यति सहयोग भएको छैन । कति त नामका लागि खोलिएका संघसंस्था पनि पाएँ । अमेरिकामा मात्रै ७ सयभन्दा बढी संस्था होलान्, इजरायलमा २२/२५ वटा होलान्, कोरियामा ७० भन्दा बढी नै होलान् । तर, त्यति सहयोग पाइएन । हालसम्म्ा यात्रा गर्दा ५५ हजार पाउण्डजति खर्च भैसक्यो । कहिलेकाँही पैसा नभएर ऋृण पनि लाग्ने गरेको छ ।

यात्राका क्रममा कुनै देशमा त्यतै बसौं जस्तो लागेन ?

त्यस्तो त लागेन तर एसियाको लाओस र साउथ अफि्रकाको लेसाथो, दक्षिण अमेरिको कोलम्बिया र उत्तर अमेरिकाको बेलीज निकै राम्रो लाग्यो । यी ठाउँहरुले मेरो मन जितेका छन् ।

यात्रा गर्दा दुख पनि भोग्नुपर्छ होला नि ?

त्यसको त कुरै नगरौं । तर, पनि मैले दुखलाई दुख ठानेको छैन । साइकलले उकालोमा तान्दैन, बोकेर हिँडनुपर्छ । कुनै देशमा लेफ्ट र राईट हुन्छ त्यही समस्या हुन्छ । गाँसबासको कुनै टंुगो हँुदैन । जंगल, मरुभूमि, मन्दिर, चर्च, मस्जिद, स्कुल, टहरा, पाटी पौवा, सबैमा रात कटाउनुपर्छ । कति देशमा भाषाको समस्या पर्छ । हामीले सोच्छौं, सबै देशमा अंग्रेजी बोल्छन् । तर, होइन रहेछ । मैले घुमेका मध्ये १७ देशमा मात्रै नागरिकहरु अंग्रेजी बोल्थे । अरु त आफ्नै भाषा छन् । फेरि सांकेतिक भाषाले पनि काम नचल्दो रहेछ । हामीले खानुपर्‍यो भने हात मुखमा पुरयाउँछौ, कोही ठाउँमा काटाले खाँदा रहेछन् । कतै दाउराको छेस्कोले खाँदा रहेछन् । त्यसैले सांकेतिक भाषाले पनि नहुने । अझ बाटोमा पिसाब लाग्छ, यतिबेला पनि समस्यै हुन्छ । हामीले पिसाब फेर्नुपर्यो भने कान्छी औंला ठड्याउछौं, कति देशमा कान्छी औंला ठड्याउँदा नराम्रो अर्थ लाग्ने गर्दाे रहेछ । पाइलैपिच्छे समस्याहरु आउँछन् ।

यात्रा गर्दा सबैभन्दा खुशी लागेको दिनचाहिँ कुन थियो ?

पहिलो खुशी त मैले यात्रा शुरु गर्दाकै दिन थियो । किनकि म एक अभियानमा हिँडेको थिएँ । त्यसपछि रङ भेद आन्दोलनका नाइके नेल्सन मण्डेलालाई क्यापटाउन, दक्षिण अफि्रकामा भेट्दा निकै खुशी लागेको थियो । त्यसैगरी युएनका पूर्व महासचिव कोफी अन्नानलाई घानाको राजधानी आक्रामा भेट्दा निकै खुशी लागेको थियो । यसैगरी बु्रनाईमा नेपालमा राजकीय सम्मानजस्तै गरेर रातो कार्पेटमा ओछ्याएर विभिन्न ठाउँमा लगियो । यी अविस्मरणीय क्षणहरु हुन् ।

दुख लागेको दिन पनि त छ होला नि ?

दक्षिणी सुडानको मलकालमा झण्डाका कारणले गर्दा समस्या परेर झण्डै ज्यान गएन । त्यहाँ नर्थ र साउथको छुटटा छुटटै झण्डा रहेछन् मलाई थाहा भएन । मसंग सधै शान्तिको झण्डा हुने गर्दथ्यो । उनीहरुले मलाई नर्थबाट आएको जासुस भनेर समातेर तीन दिनसम्म राखे । अन्तिममा गोली हानेर मार्नेसम्मको कुरा भयो । पछि के भएर हो, छाडिदिए । त्यसैगरी मसँग साईकल यात्रामा रहेका महोत्तरीका खडक् जिसी साईकल चलाउँदा चलाउँदै लाओसमा भीरबाट लडे । अर्धचेत अवस्थामा रहेका उनलाई नेपाल ल्याइयो । तर, उनी बाँच्न सकेनन् । उपचारकै क्रममा ज्यान गयो । त्यसैगरी झापाका नारायण खरेल बंगलादेशमा यात्रा गर्दा गर्दै जण्डिस भएर नेपाल र्फकनुभयो । उहाँको पनि उपचारकै क्रममा ज्यान गयो । त्यसैगरी काभ्रेका जनार्दन खनाल जोर्डनबाट बिरामी भएर र्फकनु भयो र उहाँको यात्रा वीचमै रोकियो । हाल उहाँ नेपालमा हुनुहुन्छ । यात्राका क्रममा भेटिएका दुईजना साथीहरुलाई मैले यसरी गुमाउनु पर्यो । यो सम्झँदा निकै दुख लाग्छ ।

कहिले काहि किन यात्रा गरिएछ जस्तो लाग्दैन ?

साथीको निधन भएपछि मैले तीन दिन खाना पनि खाइँन । यात्रा पनि रोकौं किजस्तो भएको थियो । तर, फेरि जोस आयो, तैंले यात्रा छोडनु हुँदैन, जन्म र मृत्युबाट त कोही पनि भाग्न सक्दैन भन्ने लाग्यो र यात्रालाई निरन्तरता दिन शुरु गरें ।

अविवाहित हुनुहुन्छ, कतै विदेशतिर मायापि्रति त बसेन ?

छैन । स्वाजिल्याण्डको राजधानी एम्बाबाने भन्ने ठाउँमा स्कुलको पि्रन्सिपलसँग लभ पर्लापर्ला जस्तो भएको थियो, तर परेन । उनले मलाई निकै रुचाउँथिन् । उनको ब्यवहारले त्यस्तो झल्को दिन्थ्यो ।

विश्वका कुन देशका युवती सबैभन्दा सेक्सी लागे ?

त्यतापट्टी ध्यान दिनै भ्याइँन । सबै ठाउँका आफ्नो विशेषताअनुसार हुन्छन् होला । तर, मलाई त्यतापट्टी सोच्ने फुर्सदसमेत भएन ।

विश्वमा रहेका नेपालीहरुको अवस्था कस्तो पाउनुभयो ?

कुनैकुनै देशमा रहेका नेपालीहरुले उधोगधन्दा पनि चलाउनुभएको रहेछ । कतैकतै व्यापारमा रहेको पनि भेट्टाएँ । होटल रेष्टुराँ चलाएर बस्नुभएकाहरु पनि भेट्टाएँ । तर, त्यो प्रतिनिधित्व मात्रै हो अधिकांश देशमा श्रमिक जीवन बिताइरहेको पाएँ ।

विदेशमा नेपाललाई कसरी चिन्दारहेछन् ?

राज्य चलाउने निकायहरुलाई त थाहा हुने नै भयो । तर, अधिकाश नागरिकहरुले नेपाललाई चिनेको जस्तो लागेन । जसले चिनेका छन्, तिनीहरुले पनि नेपाल गरीब र युद्धमा होमिएको देश भनेर चिन्दा रहेछन् । अहिले पनि सगरमाथा चीनमा बुद्धको जन्मस्थल भारतमा पर्छ भनेर चिन्दा रहेछन् । माओवादी विद्रोहका कारणले भने नेपाललाई चिन्दा रहेछन् । संसारमा माओवादी युद्ध सफल भएको देश भनेर चिन्दा रहेछन् ।

सगरमाथा र वुद्धलाई विदेशीले नचिनिदिँदा कस्तो अनुभव हुन्थ्यो ?

एकपटक अवश्य चिन्ने छन् भन्ने लाथ्यो । सरकारले संसारभर हुनेखालको कार्यक्रम ल्याएको खण्डमा अवश्य पनि नेपाललाई चिन्ने छन् भन्ने मलाई विश्वास छ ।

यात्रा पश्चात के गर्ने सोचाइ बनाउनुभएको छ ?

मैले विदेश घुम्दा पाएको ज्ञान र अनुभवलाई नेपालका हरेक गाविसमा पुगेर बताउने इच्छा छ । यसै गरेर यात्रा सम्बन्धी एउटा पुस्तक पनि तयार गर्दैछु, त्यसबाहेक वृद्धाश्रम चलाउने विचार छ ।

53 Comments on “झण्डाका कारण सुडानमा झण्डै ज्यान गयो”
  • DURGA PRASAD REGMI wrote on 31 December, 2012, 6:06

    RAMRO INTERVIEW MALAI PANI GUMNE MAN 6 BISHOW

    Like or Dislike: Thumb up 24 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

    Bijay yadav lahan sirha Reply:

    1st i wish him and god biess u ur sucess in ur life’s future dream and nepal lai world ma prichya din yatika sahs greko aatma dekhi bdhai6 yadi jane bela mlai thaha bhko bhye ma pani uhako sath dintye don’t woory next time tour jane bela sahyog gar6u thanks

    Like or Dislike: Thumb up 8 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    cvahari Reply:

    badai 6 nepali mitra mero pani subhakamana 6

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • tilak sapkota wrote on 31 December, 2012, 6:48

    निकै साहसिलो काम गरेर नेपाललाई अलिकती भएपनी चिनाउनु भएकोमा धेरै धेरै धन्यवाद ……….

    Well-loved. Like or Dislike: Thumb up 94 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    madan ghimire Reply:

    hajur la nepal and nepal lai nepal sante ko des ho vanara chenayako ma masarai happy 6u hajur ko yetra safal hos

    Like or Dislike: Thumb up 12 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ramesh wrote on 31 December, 2012, 6:55

    Ajhaai Safaltaaa ko SuvaKaamana, Daaju. Haami laai pni mnnn thiyo, tra Swaasthyeele pni saath dina prrdo racha.

    Like or Dislike: Thumb up 16 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • khagendra wrote on 31 December, 2012, 8:23

    साहािसलो काम गरेर नेपाललाइ विश्वमा चिनाउनु भएकोमा कार्की जीलाइ धन्यवाद छ ।

    Well-loved. Like or Dislike: Thumb up 40 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • snn wrote on 31 December, 2012, 8:26

    I like him because he is brave person.

    Like or Dislike: Thumb up 19 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • umashankar wrote on 31 December, 2012, 8:59

    I Salute you Mr. Karki for taking Nepal to the world.

    Well-loved. Like or Dislike: Thumb up 23 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Prakash wagle wrote on 31 December, 2012, 10:16

    All the best….

    Like or Dislike: Thumb up 16 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • BG bandhan wrote on 31 December, 2012, 10:40

    हार्दिक बधाइ तथा शुभकामना श्री लोक बंधू कार्किलाई

    Like or Dislike: Thumb up 20 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Abiral sharma wrote on 31 December, 2012, 11:17

    dhery ramro kam vo

    Like or Dislike: Thumb up 15 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bijay Gautam wrote on 31 December, 2012, 12:22

    It’s good to be introduced in the word through the visit of the world. We incourage him such a brave man.

    Like or Dislike: Thumb up 15 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • uttam kumar thapa wrote on 31 December, 2012, 16:53

    आत्मबिस्वास का साथ साइकल यात्रा गरेर आफुले सक्दो बिश्वो सामू नेपाललाई चिनाउनु भयकोमा धन्यवाद लोकबन्धु जी

    Like or Dislike: Thumb up 21 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

    Robin Reply:

    uttam kumar thapa ko comment maa unlike (dislike) garney 1 jana chaai kun rastraghati raichha?

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • birendra joshi wrote on 1 January, 2013, 0:39

    तपाईको यात्रा सफल होस्।

    Like or Dislike: Thumb up 11 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • aasthathapa wrote on 1 January, 2013, 5:52

    namaste mero nepali daju god hames hajurko sathma rahun yasai gari hamro nepalo jhanda far far rahos yahi kamana garda6u

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • suraj wrote on 1 January, 2013, 7:58

    All the best for your world tour.. u r doing great job.. u have made nepal n nepalese proud

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • प्रदीप सिटौला wrote on 1 January, 2013, 11:28

    अरु सबै कुरा त ठिकै हो तर म अबिबाहित भनेर सबैलाई ढाटी रहेको छ /लोक बन्धु कार्की ले २०५१/२०५३ तिर एक जना भुटानी रिफ्युजी केटि सग बिहे गरेको थियो / तर अहिले आएर किन अबिबाहित भन्नु भएको हो थाहा भएन /

    Like or Dislike: Thumb up 12 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    SAM Reply:

    hora !!!?? launa partakar mahodaya patta lagaunu paro

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Yam Thapa Magar wrote on 1 January, 2013, 12:29

    yo maan ta nepali ho ………. Tyasaile ta karki ji le yo yatrako suruwat garnu bho …….. thanks and cong……… nepal lai chinaunu bhayakoma

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Yubaraj Rai wrote on 1 January, 2013, 12:34

    TAPAIKO SACRIFICE LAI DESH RA JANTA LE BUJNE CHHAN RA YO BUJNU JARURI 6

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • manita wrote on 1 January, 2013, 16:08

    mero comment nai publish garena ,,, abt the stupid question,, kun desh ma mahila sexy lage re …. aru kei important lagena cha yo interview line lai…

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    hikmat shahi Reply:

    bicha ma eso ramailo garna lai hola ni ta..so risaunu hudaina take it positively sister..

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    BP Reply:

    Ramilo garne sadhan hunra mahila Hikmat jee. Ali bi4 garera bolnus la mahila bhne pa6i aafna ghar ka pani aau6n bhanne nabirsinus la. Think positive.

    Like or Dislike: Thumb up 3 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    Ramesh (Malaysia) Reply:

    hikmat g le mahila lai ramailo garne sadhan bhaneko jasto malai chahi lagena hai. Ramailo garna lai hola bhandai chan. lol
    Sadhan ta BP G le po bhandai hunu huncha ta ho… :P

    Like or Dislike: Thumb up 0 Thumb down 0

  • Rajan Sharma wrote on 1 January, 2013, 17:21

    iterviews padhada Karki ji, sarai milansar pani hunuhunchha. tapailai dherai suvhakamana.. tara hami sadharan nepali lai yesto chitta dukchha ki sagarmatha chinama ani Budhha Janmeko Indiama bhani sunda, Hamro sarkar lai kina yesto hudaina hola.. Internation Televisionma Nepalko Turisma ra yehi kura rakhera Ad garekasto hola.. malai pani sarai dukha lagchha yo sundha..

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Milan wrote on 1 January, 2013, 20:53

    Tapai ko yatra safal rahos karki Dai.

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • santosh pant wrote on 2 January, 2013, 5:50

    salam xa tapai jasta Nepal Aama ka saput lai jasle euta samnya nagarik vayera pani aafno desh lai chinauna aafu sakdo prayash garnuvayo…..kash hamra sabai Neta haruma tapaiko jastai soch vaideko vaye…

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • chhabi subedi wrote on 2 January, 2013, 7:40

    Good Job Sir, Keep it up.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • SHIVA GIRI wrote on 2 January, 2013, 10:12

    all the best for your mission

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bikram wrote on 2 January, 2013, 11:39

    all the best for your mission

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • chandra maden aanchhan wrote on 3 January, 2013, 4:00

    लोकवन्धुजीलाई हार्दिक वधाई ।यँहाको साहसी विश्व साईकल यात्रा साकार होस ।नेपाली झण्डा र पोसाकका साथ वूद्ध र सगरमाथाको देश प्रचार गर्नुभएकोमा नतमस्तकभएर सलाम । तर यो माथिको पाठक भनाई मध्ये प्रदीप सिटौलाजीको भनाई कतिसम्म सत्य छ ? तपाँईले एउटा महिलाको जीवनमा खेलवाड गर्नु भएन ।यदि असत्य हो भने खण्डन गर्नुपर्यो ।

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • दामोदर गैरे wrote on 3 January, 2013, 4:10

    Best of luck Karki jiu ! Tanpaiko world tour pachhi Nepal ma samajik sewa (Bridashram) kholne bhanne kura sarai ramro lagyo. Tanpaiko energy dekhera malai ramailo lagyo !

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kedar wrote on 3 January, 2013, 5:09

    nepalko name biswama chinaoune prayatna garnu bhaikoma hajurlaidhanyabad…………eauta sahashi bakti bhanera chinnuparcha,,,governmentko help jaruri hunuparne……….sarkarko aakha khulos,,,,,,,,

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • post free classifieds wrote on 3 January, 2013, 5:23

    sarwa pratham tapai pani nepali ko 6ora ho bhanera garwa garnu par6 jasle hamro desh lai atang wad ko desh haina santi ko desh bhanera chinai rakhnu bhako 6 yesari nai tapain ko yatra chali rakhos hamro saath tapain ko safalta ko lati sada saath rahane 6 ..

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Birat Pradhan wrote on 4 January, 2013, 14:21

    Best wishes for you Karki bro.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • lilatamatt wrote on 4 January, 2013, 15:50

    बधाईका साथै सलिउट गर्न चाहान्छु तपाईको साहसलाई

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Prajay Lal Karn wrote on 6 January, 2013, 7:22

    KEEP IT UP KARKI BRO…

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Buddhiram thedi magar wrote on 6 January, 2013, 9:38

    कार्कि जि हजुरलाई बदाई छ|तपाईले नेपालको पहिचानको यो गर्दै हुनुहुन्छ यसमा म पनी खुसी छु|नेपाल र नेपालीको लागी यो यात्रा यकदमै सान्दर्भिक छ| यसमा नेपालीहरु सधै तपाईको सामु छन| तपाईको यो यात्रा सफल होस कामना गर्दछु|आफ्नो लछ्यबात बिचलित नहुनुहोला|

    Like or Dislike: Thumb up 5 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • trishna wrote on 8 January, 2013, 7:14

    In short we all proud of you.. wish u luck!!

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • gyan chhantyal wrote on 17 January, 2013, 12:06

    namastey karkiji,

    First of all, I would like to congratulate for completing more than half of your courageous journey & wishing you all the best for rest of your journey. I hope you will definitely convey a positive message about our country to rest of the world……..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ganesh adhikari wrote on 18 January, 2013, 1:55

    sahasik kam ani Nepal lai world ma chinauna garnu bhayeko traval ka lagi thanks, & saphalta ko kamana

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Baniya wrote on 23 January, 2013, 11:09

    Yatra nai jeevan ho ra tapai ko yatra ma hami pani sahabhagi chhau… Jai Nepal.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • dam bahadur dhingal wrote on 23 January, 2013, 13:04

    god bless to u…..i salute u..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • PawanKumar Karki wrote on 27 January, 2013, 12:39

    DHAIRYA NAI SAFALTAKO PRATIK HO BHANNE CHOCHERA AFNO BISHWA YATRA LAI TUNGO MA PURYAUNU HUNA HARDIK MANGALMAYA SUBHAKAMANA

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ran wrote on 12 February, 2013, 11:15

    tapaeko yatra saphal rahos kamana

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • aashish wrote on 16 February, 2013, 9:53

    TAPAI JASTO MAHAN AATILO RA KEI GARCHU VANERA HIDEKO BEKTI HAMRO DESH MA JANMANU VAYO TYO NAI THULO KURA HO RA BAKI RAHYO TAPAI KO YATRA….BEST WISHES AND HAPPY JOURNEY

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Kamal wrote on 22 February, 2013, 8:44

    लोक बन्धु जी लाइ सर्ब प्रथम बधाई दिन चाहन्छु यय्हाले गर्नु भएको सहासिक कार्यको लागि, नेपाल चिनाउने काम पक्कै पनि ठुलो मद्दत पुगेको हुनु पर्छ

    लोक बन्धु कार्की जी एउटा कुरा भने ख्याल गर्नु भएनछ भन्नु हुन्छ कि सरम गर्ने हरुको सहयोग बाट सम्भब भयो भने पछि मेरो बिचार मा त्यहा भएका सस्था पनि त तेहिका ले गरेको भएपछी किन सस्था ले गरेन भन्नु हुन्छ कुनै पनि सस्थामा तेस्तो खालको लागि स्रोत जम्मा गरिएको हुदैन। मलाइ जहासम्म लाग्छ त्यो सहयोग गर्ने हरुमा ति सस्थाका सदस्य हरु पनि हुनु पर्छ।

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • manarath ghimire wrote on 16 March, 2013, 6:48

    साहािसलो काम गरेर नेपाललाइ विश्वमा चिनाउनु भएकोमा कार्की जीलाइ धन्यवाद छ ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • manarath ghimire wrote on 16 March, 2013, 6:49

    लोक बन्धु जी लाइ सर्ब प्रथम बधाई दिन चाहन्छु यय्हाले गर्नु भएको सहासिक कार्यको लागि, नेपाल चिनाउने काम पक्कै पनि ठुलो मद्दत पुगेको हुनु पर्छ

    लोक बन्धु कार्की जी एउटा कुरा भने ख्याल गर्नु भएनछ भन्नु हुन्छ कि सरम गर्ने हरुको सहयोग बाट सम्भब भयो भने पछि मेरो बिचार मा त्यहा भएका सस्था पनि त तेहिका ले गरेको भएपछी किन सस्था ले गरेन भन्नु हुन्छ कुनै पनि सस्थामा तेस्तो खालको लागि स्रोत जम्मा गरिएको हुदैन। मलाइ जहासम्म लाग्छ त्यो सहयोग गर्ने हरुमा ति सस्थाका सदस्य हरु पनि हुनु पर्छ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ashok rai wrote on 27 April, 2013, 0:38

    साहािसलो काम गरेर नेपाललाइ विश्वमा चिनाउनु भएकोमा कार्की जीलाइ धन्यवाद छ ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Btrycn wrote on 27 May, 2013, 7:08

    बधाइ तथा शुभकामना श्री लोक बंधू कार्किलाई

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु