फेसबुक र टि्वटर जस्ता समाजिक संजालसँग जोडिएका आपराधको संख्या पछिल्लो चार वर्षमा करिव ८ गुना बढेको छ ।
बेलायती पुलिसको तथ्यांकअनुसार इङ्ग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा सन् २०१२ मा सामाजिक संजालसंग सम्वन्धित ४ हजार ९ सय ८ आपराधिक घटना भएका छन्, जसमा ६ सय ५३ मानिसविरुद्ध मुद्दा चलाइएको छ । सामाजिक संजालसंग जोडिएको अपराध नयाँ चुनौतीका रुपमा आएको बेलायती प्रहरीका वरिष्ठ अपधकारीहरु बताउँछन् ।
संजालसंग जोडिएको अपराध नियन्त्रणका लागि पछिल्लो साता इङ्गल्याण्ड र वेस्समा अन्तरिम निर्देशिका नै जारी गरिएको छ । समाजिक संजालमा उत्पीडन र हिंसाको खतरा रहेको भन्दै प्रहरीले आफ्नो ध्यान यसतिरै केन्द्रीत गरेको छ ।
पछिल्लो समय फेसबुक, टि्वटर लगायतमा अपमानजनक व्यवहार, धम्कीपूर्ण सन्देश, हिंसाका लागि उकास्ने, यौन उत्पीडन, रंगभेदी व्यवहार लगायतका घटना हुँदै आएको छ । – एजेन्सीको सहयोगमा
आज्काल त यो फकेबूक नै वाहियात जस्तो लाग्न थालयो, आँखाको तिरिमिरी, समयको बर्बाद, हातमा लाग्ने सुन्य। फेरी प्रयोग गर्नेहारुले पनि साकारात्मक तरिकाले भन्दा नाकारात्मक तरिकाले गरिराखेका छन। अरुको चियो चर्चा गर्ने, जिस्कने, उछ्र्न्खल हुने यि सबै कारनले फकेबूक महत्वपूर्ण समय बर्बाद गर्ने एउटा माध्यम बन्दै छ। संगै बस्ने, काम गर्ने साथीको वास्ता हुँदैन फकेबूकका साथीसँग झुम्छन। निस्कर्शमा भन्नु पर्दा फकेबूक एउता बेकारको खेलौना जस्तै हो यसमा नभुल्नु नै जाती। यस्पालिको एस एल सि मा आधा फेल हुनुको कारण यो फकेबूक पनि हुन सक्छ।
Like or Dislike:
13
1
[जवाफ फर्काउनुहोस्]
आँखाको तिरिमिरी Ani ke jati ko Jhyai vane Jhai…,
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]