अमेरिकामा पत्रकार ,समाजसेवी तथा खेलाडी सम्मानित :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अमेरिकामा पत्रकार ,समाजसेवी तथा खेलाडी सम्मानित

विजय थापा

म्यारिल्याण्ड ।अमेरिकाको वाशिङट्नमा नेपाली पत्रकार तथा नेपालका पूर्व खेलाडिहरू सम्मानित भएका छन् । नयाँ वर्षको अबसरमा वाशिंगटन डिसीको र गैथर्सबर्गमा रहेका नेपाली समुदायको अगुवाईमा आयोजित कार्यक्रममा वाशिंगटन डिसी महानगर क्षेत्रबाट बिद्युतीय पत्रिका संचालन गर्ने पत्रकारहरु ,नेपालका पूर्व खेलाडी तथा प्रशिक्षक तथा समाजसेवीलाई सम्मान गरिएको हो ।  कार्यक्रमको मुख्य उदेश्य सम्मान कार्यक्रम र अमेरिकामा बसोबास गर्दै आउनु भएका नेपालका पूर्व राष्ट्रिय खेलकूद परिषदसंग सम्बन्धित खेलाडी ,सदस्य तथा पदाधिकारीहरुबीच पुनर्मिलन गर्नु रहेको थियो । कार्यक्रमको पहिलो सत्रमा सम्मान कार्यक्रम राखिएको थियो भने दोश्रो सत्रमा नयाँ बर्ष २०१३ मनाउन सांगीतिक साँझ आयोजना गरिएको थियो ।

 उक्त कार्यक्रमको आयोजना गर्ने मुख्य जिम्मेबार लिनु हुने वरिष्ठ कवियत्री ,साहित्यकार तथा समाज सेवी सीता पाण्डेको बिशेष  पहल तथा म्यारिल्याण्डका स्थानीय समुदायले गरेका थिए भने सीता पाण्डे नै यस कार्यक्रमकी संयोजक रहेकी थिईन । संचार क्षेत्रमा सम्मानित हुनेहरुमा वाशिंगटन डिसी महानगर क्षेत्रबाट इस्वी सन् २००६ बाट संचालित डिसी नेपाल डटकमका प्रधान सम्पादक प्रमुख रामहरी सुबेदी , ईनेपालिज़ डटकमका प्रधान सम्पादक तथा रिपोर्टर्स कल्बका सस्थापक कोषाध्यक्ष विश्व राज थापा , नेपाल अमेरिका पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गौतम दाहाल र बिद्युतीय पत्रिकाका लागि कलम चलाई रहने लेखक समाज सेवी तथा स्वतन्त्र पत्रकार विजय थापा हुनु हुन्थ्यो ।

 अरु बिबिध क्षेत्रमा सम्मानित हुनेहरुमा नेपालका ख्याती प्राप्त पुर्व वरिष्ठ कराँते खेलाडी तथा गुरु थानेश्वर राईलाई आजीवन (जीवन काल )पुरस्कारबाट सम्मान गरिएको थियो भने नेपाली महिला बिश्व संजाल (एन डब्लु जी एन )का वर्तमान अध्यक्ष तथा समाज सेवी बिष्णु कुमारी थापा ,नेवाः संगठन अमेरिकाका अध्यक्ष सिजन श्रेष्ठ तथा युवा प्रतिभा सम्मान स्वरुप नेपालबाट भर्खर अमेरिका आएकी ओजस्वी पाण्डेलाई एक भब्य कार्यक्रमका बीच सम्मान गरिएको थियो  । उक्त कार्यक्रममा वाशिंगटन डिसी , नेपाली दूताबासका उप नियोग प्रमुख अर्जुन कान्त मैनालीले सबैलाई बधाई दिदै प्रशंसा पत्र प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा उपस्थित हुनु भएकी संचार कर्मी तथा पुर्व नेपाल टेलीभिजनकि समाचार वाचिका तथा हाल अमेरिका नेपाल टेलीभिजनकि कि कार्यकारी प्रमुख रमा सिंहलाई पनि सम्मान गरिने निर्णय गरेको जानकारी कार्यक्रम संयोजक सीता पाण्डेले अवगत गराउनु भएको थियो ।

 मुलुकमा एकता हुन् नसकेको हुनाले राष्ट्रिय खेलकूद परिषदसंग सम्बन्धित पुर्व खेलाडी तथा सदस्यहरु बीच अमेरिका पुनर्मिलनको गठनबारे प्रख्यात खेलाडी प्रकाश थापाले जानकारी गराए भने खेलकूद परिषदका युवराज लामाको संदेश पनि सुनाईएको थियो ।  प्रमुख अतिथिको मन्तब्य दिदै नेपाली राजदूतावासका उप नियोग प्रमुख अर्जुन कान्त मैनालीले आयोजक लाई धन्यबाद दिदै दूताबास तथा आफ्नो व्यक्तिगत तर्फबाट सबैलाई नयाँ बर्षको शुभकामना दिनु हुँदै सम्मानित हुनेहरुलाई बधाई दिदै यसबाट सबैले सिक्नु पर्ने र सम्मानित हुनेहरुबाट समाजमा केहि योगदान मिल्ने छ भन्दै मन्तब्य टुंग्याउनु भएको थियो । धन्यबाद ज्ञापन गर्दै नेपालका पुर्व राष्ट्रिय खेलाडी तथा गैर आवाशीय संघ ( राष्ट्रिय समन्वय समिति )अमेरिकाका मिलन राईले १९८३ मा मलेसियामा भएको खेलमा आफु र त्यहाँ उपस्थित भएकाहरुको संस्मरण सुनाउदै एन आर एन एन अमेरिकाले नेपालमा जल बिद्युतमा लगानी बारे जानकारी दिनु भएको थियो भने हाल बिदेशमा बसेका नेपालीहरुलाई नागरिकतालाई निरन्तरता दिनु पर्ने कुराको आवाज संघले उठाई रहेको जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रमको सभापतित्व अमेरिका नेपाल समाजका भर्खरै नव निर्वाचित हुनु भएका अध्यक्ष डा ठाकुर पुडासैनीले गर्नु भएको थियो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु