घिऊबाटै घतलाग्दा मूर्ति (फोटो फिचरसहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

घिऊबाटै घतलाग्दा मूर्ति (फोटो फिचरसहित)

घिऊबाट मूर्ति बन्छ र त्यसलाई प्रर्दशनीमा पनि राखिएको छ भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ ।

तर, एक कलाकारले हालै घिऊबाट रोचक र आर्कषक मूर्तिहरु बनाएर अन्तराष्ट्रिय स्तरको पुरस्कार जितेका छन् । ४९ वषिर्य कलाकार भिपुलर कथुकोराल ३० वर्षदेखि घिऊको विभिन्न मूर्ति बनाउँदै आएका छन् । कलाले राम्रै स्थान मात्र पाएको छैन, कुलिनरी ओलम्पिक्समा ‘फुड आर्ट अवार्ड’ नै जितेको छ ।

उनी स्टीलको फ्रेममा घिऊ राखेर विभिन्न मूर्ति तथा आकृति बनाउँछन् । सुरुमा घिऊमा कलाकारिताको कुरा गर्दा उनी स्वयंम मजाकको विषय ठान्थे । उनले भनेका छन्-’मैले घिऊको मूर्तिहरु बनाउन थालेको ३० वर्षभइसक्यो, जतिबेला म सेफ थिएँ । म कलेज पढ्दा कला धेरै मनपराउँथे र मुर्तिकलाबारे धेरै अध्ययन पनि गरेँ । घिऊबाट कुनै आकृति कसैले बनाउने कुरा गर्दा यो रमाइलोको विषय लाग्यो ।’

घिऊको कला बनाउन उनले आफ्नो घरमा सानो कोठा बनाएका छन् । जहाँ उनलाई परिवारका कुनै सदस्यले पनि अवरोध गर्दैनन् । उनले भनेका छन्-’मेरी श्रीमती समझदार र धैर्यवान छिन् ।’

एजेन्सीको सहयोगमा

5 Comments on “घिऊबाटै घतलाग्दा मूर्ति (फोटो फिचरसहित)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु