गुगलले ब्लक गर्यो टि्वटर :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

गुगलले ब्लक गर्यो टि्वटर

गुगलले लाखौँ टि्वटर अकाउण्ट ब्लक गरेको छ । माइक्रो ब्लगिङ साइट टि्वटरको तस्वीर सेयर गर्ने सेवा टि्वट पिकबाट भाइरस आक्रमणको खतरा बढेको र त्यसले प्रयोगकर्ताको कम्प्युटरमा क्षति पूराउन सक्ने भन्दै गुगलले लाखौँ टि्वटर प्रयोगकर्तालाई आफ्नो ब्राउजर साइट गुगल क्रोम मार्फत टि्वटर अकाउण्ट खोल्नमा रोक लगाएको हो ।

गुगलले प्रतिबन्ध लगाएसँगै गुगल सर्च इन्जिनमा टि्वट पिकका तस्वीरहरु खोज्ने तथा टि्वटर अकाउण्ट भित्र छिरेर टि्वटपिकका तस्वीर हेर्न चाहने प्रयोगकर्ताले चाहेको नतिजाको साटो गुगलबाट चेतावनीयुक्त सन्देश प्राप्त गरेका छन् ।

गुगलको सन्देशमा भनिएको छ, ‘ भाइरस फैलाउने टि्वटपिक डट कमले यो वेब पेजमा भाइरस छिराएको छ, यो पेजमा जानुभयो भने तपाइँको कम्प्युटरमा भाइरसले आक्रमण गर्नसक्छ ।’

तर टि्वटर प्रयोगकर्ताले भने यस्तो खतरा टरिसकेको र समस्याको समाधान भैसकेको भन्दै अन्य ब्राउजर मार्फत धमाधम टि्वट गरिरहेका छन् ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु