जापानका ९५ जनाले २२ करोड लगानी गरे नेपालको जलबिद्यूतमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

जापानका ९५ जनाले २२ करोड लगानी गरे नेपालको जलबिद्यूतमा

टोक्यो । गैरआवासीय नेपाली संघको अग्रसरतामा खोलिएको एनआरएन इन्भेष्टमेन्ट कम्पनीमा जापानमा रहेका ९५ जना नेपालीले करिव २२ करोड रुपैयाँ लगानी गरेका छन् । संस्थापक सेयरहोल्डरका लागि लगानी गर्ने अन्तिम दिन डिसेम्बर ३१ सम्म सामुहिक लगानी कम्पनीका लागि २२ करोड रुपैयाँ संकलन भएको कम्पनीका बोर्ड अफ डाइरेक्टर महेश श्रेष्ठले जानकारी दिनुभएको जापानवाट सञ्चालित कम्युनिटी न्यूज पोर्टल टोक्यो नेपाल डटकमले जनाएको छ ।

 संकलित रकम नेपालमा २५ देखि ३५ मेगावाट बिजुली उत्पादन गर्ने परियोजनामा लगानी गरिने छ । परियोजनाको टुंगो अर्को महिनाभित्र लागिसक्ने उहाँले जानकारी दिनुभयो ।बिश्वभर भइरहेको रकम संलकनमा जापानमा उत्कृष्ट पाँचभित्र पर्ने श्रेष्ठले जानकारी दिनुभयो । ३० करोड संकलन गर्ने लक्ष्य भएपनि पर्याप्त प्रचार प्रसार हुन नसक्दा लक्ष्य पुरा नभएको उहाँको भनाई थियो ।

 जापानबाट लगानी गर्नेमध्ये करिव १२ जनाले एक एक करोड रुपैयाँ लगानी गरेको जानकारी दिंदै श्रेष्ठले १२ जनाले ५०-५० लाख र धेरैले चार-चार लाख लगानी गरेको जानकारी दिनुभयो ।

3 Comments on “जापानका ९५ जनाले २२ करोड लगानी गरे नेपालको जलबिद्यूतमा”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु