केकको विचित्र कला (फोटोफिचर सहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

केकको विचित्र कला (फोटोफिचर सहित)

कला भन्ने चिज पनि विचित्रकै हुन्छ । कला विभिन्न वस्तुको माध्यमबाट प्रकट गर्न सकिन्छ । अमेरिकाकी एक युवतीले हजारौँ कप केकको माध्यमबाट विचित्र कला प्रस्तुत गरेकी छिन् ।

टेक्सास घर भएकी २४ वर्षकी कलाशास्त्रकी विद्यार्थी १३ हजारवटा कप केकबाट रंगिचंगी कलात्मक चित्र प्रस्तुत गरेकी छिन् । एक माथि अर्को कपकेट ठड्याइएको उनको मूर्त कला न्युयोर्कको आर्ट सेन्टरमा प्रदर्शन गरिएको छ । उनले आफ्ना दुइ परियोजनाका लागि एक्लै यतिधेरै केक तयार पारेर प्रदर्शनीमा राखिन् ।

आफुले केक खाने लोभ छाडेर एक सूरमा केक पकाएको र त्यसो गर्दा आफूलाई अचम्मको आनन्द प्राप्त भएको उनी बताउँछिन् । उदाहरणीय महिला बन्ने धूनमा आफुले त्यसो गरेको उनको दाबी छ ।

 

One Comment on “केकको विचित्र कला (फोटोफिचर सहित)”
  • केशव अधिकारी wrote on 1 January, 2013, 6:38

    सोख आ-आफ्नै हुन्छन् । यी २४ वर्षे ठिटीले गरेका काम पनि कुनै नौलो भने होइन । किनकी रङ्गिन कागजको कपमा राखिएको केकको थुप्रोलाई चाङमा राखिएको कार्य विचित्रको कुरा त होइन नै । तर यस्ता बिना कामका कार्य कसैले अहिलेसम्म गरेका थिएनन् यो दुनियामा । पत्रकारहरुले त कसले के कार्य गरेको छ भनेर मात्र लेख्ने काम गरेकोले यतिका धरै जानकारी बाहिर आउन थालेको हो । राम्रा र उपयोगी काम मात्र फैलाउने हो भने तिनीहरुको काम ह्वात्तै घट्छ नि ! अनि के गरेर समय कटाउने त ! यी ठीटीको पनि त्यस्तै मेसो हो यो !

    Like or Dislike: Thumb up 11 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु