ददि सापकोटा
पेरिस । फ्रान्सको पेरिसमा रहेका तमुहरूले तमु (गुरुङ) हरुको २५९७ औं नयाँ वर्ष ल्होसार पेरिसमा भब्यताका साथ मनाएका छन् । ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ भन्ने नेपाली राष्ट्रिय गान र तमुहरुको स्वागत गीत बाट शुरु गरिएको कार्यक्रममा ब्यंग्य गीत, विविध झ्याउरे गीत र वाल गीत तथा बिभिन्न नृत्यमा नेपालीहरू निकै झुमेका थिए ।
ल्होसार पर्वका अवसरमा तमु समाजका फ्रान्सका अध्यक्ष लक्ष्मण गुरुङले आफुहरुको पहिचान नगुमोस भनेर गुरुङ जातीको धर्म, संस्क्रिति, भेष भुषा र रहनसहनको संरक्षण र संबर्धनमा लागेको बताउँदै सहभागिहरुअलैइ स्वागत गरे । कार्यक्रममा विभिन्न नेपाली संस्थाका प्रतिनिधी तथा नेपाली दाजूभार्इ तथा दिदि वहिनीहरूको सहभागीता रहेको थियो ।