मंसिरमा ९७ अर्ब ३३ करोड राजश्व असुली :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मंसिरमा ९७ अर्ब ३३ करोड राजश्व असुली

१६ पुस, काठमाडौं । मंसिर महिनामा ९७ अर्ब ३३ करोड ८१ लाख राजश्व असुली भएको छ । यो मंसिर महिनाको लक्ष्यको ९५.९१ प्रतिशत हो भने मंसिर महिनासम्मको लक्ष्यको १०१.५५ प्रतिशत हो ।

गतवर्षको तुलनामा मंसिर महिनासम्मको राजश्व लक्ष्य २५.२७ प्रतिशतले वृद्धि भएको मंसिर महिनाको राजश्वको समीक्षा गर्न सोमबार अर्थमन्त्रालयमा आयोजित राजश्व समीक्षा बैठकमा जानकारी दिइयो ।

बैठकमा अर्थमन्त्री वर्षमान पुन अनन्तले सामूूहिक रुपम काम गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । उहाँले सामुहिक रुपमा काम गर्दा कामको लक्ष्य प्राप्त हुने बताउनुभयो ।

उहाँले मंसिर महिनाको समग्र राजश्व लक्ष्य प्राप्त भए पनि आन्तरिक राजश्व कार्यालय तर्फको लक्ष्य पुरा नभएको चिन्ता व्यक्त गर्नुभयो । भन्सारको राजश्व लक्ष्य राम्रो भए पनि आन्तरिक राजश्वको कमी भएकोले कार्यशैली परिमार्जन गरेर भए पनि लक्ष्य पुरा गर्न उहाँले निर्देशन दिनु भयो ।

अर्थमन्त्री पुनले पूर्ण बजेट नआउदा आर्थिक गतिविधि पनि नबढेकोले राजश्व बढ्नमा समस्या भएको हुनसक्ने बताउनुभयो ।

2 Comments on “मंसिरमा ९७ अर्ब ३३ करोड राजश्व असुली”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु