गोरामा मात्र कुकुर पाल्छ भनेपछि राष्ट्रपति जुमा विवादमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

गोरामा मात्र कुकुर पाल्छ भनेपछि राष्ट्रपति जुमा विवादमा

१६ पुस, काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकब जुमाले कुकुर गोराले मात्र पाल्ने बताएका छन् । उहाँको यो विवादास्पद अभिव्यक्तिलाई लिएर समाजिक संजालमा उनको विरोध सुरु भएको छ ।

एक र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति जुमाले भनेका थिए-’कुकुर पाल्नु गोराको जीवनको हिस्सा हो । अफ्रिकी संस्कृति हैन ।’

मर्करी समाचार पत्रका अनुसार जुमाले क्वाजुलु नटाल प्रान्तमा हजारौं मानिसहरुको र्‍यालीलाई सम्बोधन गर्दै भनेका थिए-’जो मानिस कुकुर किन्न पैसा खर्च गर्छन्, यसले गोराको संस्कृतिसँग सम्वन्ध राख्छ ।’

दक्षिण अफ्रिकी नयाँ युवा पिढी पनि गोराको जीवन शैली अपनाउन उद्धत रहेको उनको भनाई थियो ।

यद्यपी दक्षिण अफि्रकी सरकारले राष्ट्रपतिको बयानमा सफाई दिएपनि विरोध रोकिएको छैन । राष्ट्रपतिका प्रवक्ता म्याक महाराजले स्पष्टिकरण दिँदै जुमाको भनाईको अर्त गोराहरु मानिसलाई भन्दा कुकुरलाई मढी माया गर्छन् भन्ने भएको बताएका छन् । राष्ट्रपतिको सन्देशमा दक्षिण अफ्रिका जनतालाई उपवनिवेशवादी मानसिकताबाट माथि उठाउने इच्छा जाहेर भएको उनले बताए । दक्षिण अफ्रिकामा सन् १९९४ मा गोरा अल्पसंख्यक शासन समाप्त भएको थियो ।

विरोध

राष्ट्रपतिको भनाईको सामाजिक संजालमा विरोध भइरहेको छ । उनको भनाई रंगभेदी भएको उनीहरुको आरोप छ भने पशुपंक्षी प्रेमीहरुले पनि कुकुरको विषयमा नकारात्मक टिप्पणी गरेको भन्दै जुमाको आलोचना गरेका छन् । जुमाले पशु विरोधी अभिव्यक्रि दिएको उनीहरुको आरोप छ ।

दक्षिणअफ्रिका राष्ट्रपति जुमा विवाह र जीवनशैलीका कारण पटक पटक विवादमा पर्दै आएका छन् ।

One Comment on “गोरामा मात्र कुकुर पाल्छ भनेपछि राष्ट्रपति जुमा विवादमा”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु