लुभेन । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्यव समिति (एनआरएन) बेल्जियम भित्र व्यापक आर्थिक हिनामिना भएको खुलासा भएको छ । आर्थिक हिनामिना भएको खुलासा भएपनि गत डिसेम्बर २३ तारिखमा भएको एनआरएन बेल्जियमका साधारण सभामा भने हिनामिनाको विषयले प्रवेश नै पाएन । बेल्जियममा रहेका पत्रकार महेन्द्र पौडेलका अनुसार एनआरएन बेल्जियमभित्र करिव ६० लाख रुपैयाँ हिनामिना भएको छ ।
उनका अनुसार पुरानो कार्य समितिले दिनुपर्ने करिव ३० हजार युरो अर्थात ३० लाख र नयाँ कायसमितिमा थपिएको १२ सय जना नयाँ सदस्य लगायत नविकरण गर्दा २७ हजार युरो अर्थात करिव २७ लाख गर्दा करिव ५७ लाख युरो हुन्छ जुन आजसम्म पनि खातामा देखिएको छैन पौडेलले जनाए । स्मरणीय कुरा के छ भने बेल्जियममा जातियता क्षेत्रियता विवाद भएर करिव ७२ वटा संघ संस्था क्रियाशिल छन् ।
करिव ५ हजार नेपालीको वसोवास रहेको बेल्जियममा गतसाल एनआरएन बेल्जियमले नेपाली भवन बनाउने भनेर महायज्ञको आयोजना गरेको थियो । जसको लागि नेपालबाट दिनवन्धु पोखरेललाई बोलाएर करिव ७ लाख ५० हजार कागजी दान कवोल गराएको जानकारी गराएको थियो । तर केही बेल्जियमका एनआरएनवालाहरू र विभिन्न जातिय क्षेत्रिय राजनितिक संघ संस्थाले उक्त रकम आजसम्म पनि तिरेका छैनन जुन उनीहरुले कवुल अनुसार बोलेका थिए ।
यो समाचार सत्य भन्दा पनि पूर्णतया पूर्वग्राही छ । एन आ एनको साधारण सदस्य र स्वयँ यज्ञ आयोजक समितिका सयौं सदस्य मध्य एक, बेल्जियमको समाजमा वस्ने एक नेपाली र दाता पनि भएकोले यो समाचार यसकारण गलत छ कि अस्तिको साधारण सभाबाट रकम सम्बन्धी कुरा उठन बाँकी उठाई जम्मा भैसकेको छ, यज्ञको कवोल रकम नेपाल हाउस निर्माणका आधारभूत कुरा जस्तै निमौण समितिको गठन, साँस्कृतिक, जातीय, क्षेत्रीय, प्रशासनिक, प्राविधिक कुरामा विवाद भएर अगाडी बढन नसकेको हो, काम शुरु गरेर कसैले पैसा नदिएर रोकिएको होइन, कसैले पैसा नदिने कुरा पनि गरेजस्तो लाग्दैन । यो कुरा सूर्यको अगाडी पखेटा फिंजाउने जुनकीरी पत्रकारहरुलाई पनि थाहा छ । हो अहिले स्थानीय राजदूतावास, एनआरएन, जातीय क्षेत्रीय सँघसँस्थाहरु, राजनैतिक सँस्थाहरुवीच दन्तबझान र बेमेलको अवस्था सिर्जना भएको बेला परिस्थितिको निर्मलीकरण भन्दा धमिलो खहरे मिसाउने काम भएको हो पत्रकार महोदयहरुबाट । अनलाइनखवरले डायस्पोरीय समाजलाई साह्रै प्रशँसनीय स्थान दिएको छ, यसका लागि साधुवाद । क्रियात्मक समाचारलाई यसैगरी स्थान दिइरहोस तर खोजमूलक समाचारका लागि आधिकारिक पुष्टि, सामाजिक प्रभावको औचित्य र मिडीयाको सम्मानजनक विश्वसनीयतालाई मध्यनजर गरी स्थान दिनु भए अझ राम्रो होला
Like or Dislike:
10
6
[जवाफ फर्काउनुहोस्]
nanda ghale Reply: January 1st, 2013 at 4:48 pm
100 प्रतिसत गलत समाचार
किन हो महेन्द्र भाइ जे मनमा आयो त्यहि लेख्ने ? साधारण सभामा उपस्थित भएर समाचार कलेक्सन गर्ने सम्मको हिम्मत छैन भने आखिर के फाइदा हुन्छ तपाईलाई यस्ता भ्रमात्मक समाचार इ-मिडियालाई दिएर ?यस्ता खाले भ्रमात्मक समाचारको पछाडी नलाग्नु हुन् बेल्जियमबासी तपाइँ सम्पूर्ण नेपालीहरुलाई अनुरोध गर्दछु
Like or Dislike:
4
4
[जवाफ फर्काउनुहोस्]
Yo deepandra mula ko ho jawaf lekhne? Samanye hisabai garda pani Mahendra le bhaneko kura right chha ! Hisab garna aauchha?
Rajdoot testo bolada samet chup lagera basne timra anuhar kin yeha dekhauchau babu?
Like or Dislike:
2
5
[जवाफ फर्काउनुहोस्]
बिष्णु भुजेल राम बाहादुर गरुङ्गको श्रोतको आधारमा राजदुताबासमाथी अभियोग लगाएको भन्ने स्वयं समचारदाता महेन्द्र पौडेलले भनेका छन । अव यदी राजदुतावास दोषी छ भने छानबिन हुनु पर्यो किनकी यो घटना हुदा बर्तमान राजदुतको नियूक्ति भएको नै थिएन । होईन भने राजदुतावासले यि माथिका तिन जना माथि स्पष्टीकरण माग्नु पर्छ । कानुनी उपचारको बाटो पनि खोज्नु पर्छ । अव अति भयो सार्वाभौंम नेपालको राजदुताबास माथिको आक्रमण । समाजलाई दुषित बनाउनेलाई अव छोडन हुदैन ।
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
हाहाहाहा……….स्वघोषित वरिष्ठ पत्रकारले आज औषधी खान विर्सेछन् जस्तो छ । यो भन्दा गतल हौवा र हावादारी गफ के हुन सक्ला ? धन्य छ, तिम्रो ढाँट्ने कलालाई । नेपालबाट पनि यहि कारणले खेदिएका हुन भन्थे । अव यस्तै चाला हो भने बेल्जियमबाट पनि बहिष्कृत हुन्छौं ।
Like or Dislike:
3
4
[जवाफ फर्काउनुहोस्]
बेल्जियमका एन आर एनकर्मिहरु पहिले खुब भैलो खेले अहिले भाँडभैलो खेल्दैछन । दीपेन्द्र के सी पनि भैलो खेल्ने मध्ये एक परे । तपाईंमा अलिकती लाजसरम भन्ने चीज छ भने कृपया यहाँ नौटंकी नलेख्नुहोला । एन आर एन बेल्जियमको नेपाल घर बनाउने कुरा कुनै प्रशासानीक झन्झटले दुई दुई बर्ष रोकिएको छैन । दान बोलेको कुरा अधर्मिहरुले इमान्दारिताका साथ नदिएकै कारण नेपाल घर रोकिएको हो । पुरानो कार्यसमितिले हस्तान्तरण गरेको रकम समेत हालका सल्लहकार र अध्यक्षको मिलेमतोमा निजी ब्यवसायमा लगाएकै कारण खातामा शुन्य देखिएको हो । यो कुरा बेल्जियमका नेपालीलाई घाम जस्तै छरलङ्ग भैसकेको बिषय हो । बेकारमा पत्रकारहरुलाई दोष दिएर नचोखिए हुन्छ । सक्छौ भने एन आर एन बेल्जियमको खातामा भएको रकम प्रमाण सहित पारदर्शी गरेर देखाउ ।
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
From Belgium, one good journalist missing,,,,,,That’s why like this type of news are available in Nepalese news media , it’s so sad & bad !!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Ya brusselnepal ko Bhai aaja bholi kata harae6n ? Ki Bhai pani Mahendra Ji ko group maa milera lekhna chade ? Kata chau Bhai ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
I already told in many palces that NRN is a group of people who never have morality and most of them are just organanizations of Dish washer !
Like in Uk NRN who said he was butan until get Red Pp but now NRN chairperson Ha ha
bullshit !
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]