बंगलादेश क्रिकेट टोलीको पाकिस्तान भ्रमण रद्द :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बंगलादेश क्रिकेट टोलीको पाकिस्तान भ्रमण रद्द

१७ पुस, काठमाडौं । सुरक्षाको कारण देखाउँदै बंगलादेश क्रिकेट टोलीले पाकिस्तान भ्रमण रद्द गरेको छ । यो भ्रमण जनवरीमा हुने तय भएको थियो ।

बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले तत्काल क्रिकेट टोली पाकिस्तान नजाने प्रष्ट पार्नुभयो । उहाँले भन्नु भएको छ-’यस्तो अवस्थामा भ्रमणमा जाने सोच्नु ठिक हुन्न र हामीले आफ्नो यो निर्णयको जानकारी पीसीबीलाई दिइसकेका छौं ।’ पाकिस्तानको सुरक्षा अवस्थाबारे आफूहरुले अध्ययन गरिरहेको भन्दै उहाँले अवस्था सुधि्रएपछि भ्रमण गर्ने बताउनु भयो ।

सन् २००९ मा श्रीलंकाली टोलीमाथि आतंककारी आक्रमण भएपछि बंगलादेशले भ्रमण रद्द गरेको यो दोस्रो पटक हो । सन् २०१२ को अपि्रलमा पाकिस्तानमा टी-२० र एकदिवसीय खेल्ने निम्तो बंगलादेशले स्वीकार गरेको थियो । तर, पछि सुरक्षाको कारण देखाउँदै भ्रमण रद्द गरेको थियो ।

पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले भने यसबारे औपचारिक जानकारी नआएको बताएको छ । पीसीबीका प्रवक्ताले भनेका छन्-’हाल क्रिकेटसम्वन्धी कुनै गतिविधी पाकिस्तानमा कुनै अवरोध विना सफलतापूर्वक सम्पन्न भएका छन् र पाकिस्तानको माहोल कुनै पनि अन्तराष्ट्रिय भ्रमणका लागि अनुकुल छ ।’

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु