पाकिस्तानले तालेबानका ८ उच्च नेतालाई छाड्यो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

पाकिस्तानले तालेबानका ८ उच्च नेतालाई छाड्यो

१७ पुस, काठमाडौं । अफगानिस्तानको शान्ति प्रक्रियामा प्रगतिका लागि भन्दै पाकिस्तानले तालेवान सरकारको उच्च पदमा रहेका उच्च आठ अफगान तालेबान नेतालाई रिहा गरेको छ ।

हेलमन्दका पूर्व गर्वनर अब्दुल बारी, पूर्व कानुनमन्त्री मुल्ला नूरुद्दीन तराबी, पूर्वमन्त्री अल्ला दादा तबाबी, काबुलका पूर्व गर्वनर मुल्ला दाउद खान र पूर्व गर्वनर मीर अहमद गुललाई रिहा गरिएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । अफगानिस्तानको शान्ति परिषद्को माग अनुसार अहिलेसम्म २६ तालेबान नेतालाई रिहा गरिसकेको मन्त्रालयले बताएको छ ।

अफगान तालेबानका महत्वपूर्ण नेता मुल्ला अब्दुल गनी दरादर भने अहिले पनि पाकिस्तानमा हिरासतमा छन् । तालेबानसँगको शान्ति वार्तामा रहेको अफगान सरकारले पाकिस्तानमा रहेका तालेबानका नेताहरुको रिहाको माग गर्दै आएको थियो ।

अफगानिस्तानले पाकिस्तानको पछिल्लो कदमको स्वागत गरेको छ । सन् २०१४ को अन्त्यसम्ममा नेटो सेनाले अफगानिस्तान छाड्ने अनुमान गरिएको छ र पाकिस्तानले रिहा गरेका नेताहरुले शान्ति वार्तामा योगदान दिने काबुलमा राष्ट्रपति हमिद कारजमईको सरकारको विश्वास छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु