- आरसीपी अमेरिका
हामीले यस्तो परिस्थितिमा तपाईहरुका लागि यी कुरा लेखिरहेका छौँ, जतिबेला अन्तराष्ट्रिय क्रान्तिकारी आन्दोलनमा सँगै काम गर्दाका अनुभवले हामीलाई निकै पेचिलो अवस्थामा ल्याइपूर्याएको छ र विगतमा एकत्रित भएका शक्तिहरु महत्वपूर्ण प्रश्नहरुमा विभाजित भैरहेका छन् । हामीले यस्तो परिस्थितिको सामना गरिरहेका छौँ, जहाँ दुई लाइन संघर्ष कुन विचारधारात्मक एवं राजनीतिक लाइनले वर्तमान अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई परिभाषित गर्नसक्छ भन्ने आधारभुत प्रश्नसँग जोड्नुपर्ने बेला भएको छ ।
नेपालसँगको सम्बन्ध
नेपालमा संसोधनवादी धार पूर्ण गतिमा देखा परेको छ । माओवादीका शीर्ष नेता बाबुराम भट्टराईले कडारुपमा यस्तो श्रृंखलाबद्ध अवस्थाको विकास तथा प्रतिरक्षा गरिरहेका छन् । यो आधारभुत क्रान्तिकारी कम्युनिष्ट बुझाइको विरुद्धमा छ । एक लेख मार्फत भट्टराईले बुर्जुवा, संसोधनवादी एवं अवसरवादीले भन्ने कुरासँग ठ्याक्कै मिल्ने धारणा व्यक्त गरेका छन्, जसमा रुस र चीनको उदाहरण दिँदै सर्वहारावादी अधिनायकत्व अमूक पार्टी तथा नेताको निरंकुशतामा परिणत हुने जस्तो धारणा राखेका छन् ।
भट्टराईले बहुदलीय प्रजातन्त्र आवश्यक रहेको बताउँछन्, जुन बुर्जुवा प्रजातान्त्रिक प्रणालीको अर्को नाम हो र यो व्यवस्था बुर्जुवा तथा प्रतिक्रियावादी वर्गको हालीमुहाली स्थापित गर्नका लागि सहयोगी साधन भएको प्रमाणित भैसकेको छ । भट्टराई नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गर्नेतर्फ लाग्नुभन्दा एउटा यस्तो विशेष अवस्था (सब स्टेज) को बाटो हुँदै अगाडि बढ्नुपर्ने विचार राख्छन्, जसको लक्ष्य राजतन्त्र समाप्त गर्नु, संक्रमणकालीन अवस्था हुँदै जनतन्त्रतर्फ पुग्नु थियो । तर, उनले त्यस्तो प्रजातन्त्रले कहाँ पूराउँछ र त्यस्तो संक्रमणकालीन अवस्थाको वर्गीय चरित्र कस्तो हुने भन्ने बारेमा स्पष्ट पार्न चाहेनन् । समाजवादी लक्ष्यलाई तोडमोड पार्ने भट्टराइको यही बाटो, जुन बुर्जुवा प्रजातन्त्र हो, स्वीकार्य बन्यो । यसका कारण समाजवादसम्म पुग्ने नयाँ जनवादी क्रान्ति अस्वीकृत भयो र बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो ।
प्रचण्डको ढुलमुल
माओवादी अध्यक्ष प्रचण्डले कहिलेकाहीँ भट्टराईको अधिनायकवादी क्रान्तिप्रतिको कडा असहमतिबाट आफूलाई टाढा राख्ने कोसिस गरे । तर, उनले पनि आफ्नो दोधारे प्रवृत्ति तथा अधीक व्यवहारवादी स्वभाव लगायतका कारण भट्टराइको गैर क्रान्तिकारी चरित्रसँग लड्न असफल रहे वा अनिच्छुक रहे । अझ भन्नुपर्दा भट्टराइसँगको प्रचण्डको संघर्ष संसोधनवादी लाइन विरुद्धको संघर्ष भन्दा पनि अरु विषयमा केन्दि्रत भयो । प्रचण्डले नै माओवादी पार्टीलाई मध्यपन्थी तथा अधिक व्यवहारवादी दर्शनबाट प्रशिक्षित गराए, जसका कारण सन् २००५ को अक्टोबरमा सम्पन्न माओवादी केन्दि्रय समिती बैठकबाट पार्टीले नै अन्ततः बाबुरामकै लाइन समात्न पुग्यो ।
नेपालबारे रिमको असफलता
माओवादी संसोधनवादी भासमा फस्दै गएपछि रिमको ठूलो तप्काले त्यसलाई थपडी बजाएर समर्थन गर्नु वा मौन रहनु अवश्यंभावी थिएन । तर, भयो त्यस्तै । वास्तवमा त्यसप्रति चौतर्फी रुपमा कडा आलोचना भएको भएको भए अहिले हाम्रो क्रान्ति भिन्न अवस्थामा हुनेथियो । अर्थात् विचारधारात्मक र राजनीतिक चुनौतिको सामना गर्नसक्ने र कम्युनिष्ट क्रान्तिको चौबाटोमा देखिएका तगारासँग जुध्न व्यापक तयारी सहितको हुनेथियो ।
नेपालमा संसोधनवादी धारको उत्पत्तिको विषयमा ससक्त तथा उपयुक्त तरिकाले प्रतिक्रिया जनाउन रिम पूर्ण रुपमा असफल भयो । जुन रिम र आइसिएम भित्र त्रुटिपूर्ण विचारधारात्मक र राजनीतिक प्रवृत्तिको विकाश हुनुको परिणाम थियो ।
रिमभित्रका पार्टीहरु, जो नेपालको क्रान्ति भासिइरहँदा समर्थन गरे वा मौन रहे । उनीहरु विगतमा इत्तर राजनीतिक विचारधारका व्यक्तिहरु हुन् । नेपालको शान्ति सम्झौताका प्रखर समर्थकहरु त्यस्ता व्यक्तिहरु हुन्, जसले पहिले पेरुको क्रान्तिको असफलताको सन्दर्भमा कुरा गर्दा वार्तालाई धोकाधडीको रुपमा व्याख्या गर्थे र रणनीतिक तहमा हुने वार्तासमेत अस्विकार गर्थे । आखिर पहिलेको त्यस्तो खराब दृष्टिकोण वा पोजिसनबाट तत्कालै ठिक उल्टो तर झनै खराब स्थितिमा फड्को मार्न उनीहरुका लागि कसरी सम्भव भयो ?
(आरसीपी अमेरिकाले संसारभरिका माओवादी पार्टीलाई पठाएको ४२ पृष्ठ लामो दस्ताबेजमा उल्लेखित नेपालसम्बन्धी विश्लेषणको नयाँ शीर्षकसहित सम्पादित सारांश )
बिदेशमा झगडा माछाउन सिपालु अमेरिका को नया योजना । सबैले बुझ्नुपर्ने कुरो के छ भने अमेरिका मा कम्युनिष्ट छदै छैन । खाली अर्काको देश मा उपद्रो माछाउन यिनिहरुले एउता सँगथन खोलेका छन ! अनि यिनैले बिदेसमा कम्युनिष्ट भद्काउने गर्छन । सानो उदाहरन उत्तर कोरिया! एदि यिनिहरु हुन्थे भने उत्तर कोरियाको बिरोधमा अमेरिका ले जे गरेको छ एस्को घोर बिरोध हुन्थो! तर यिनिहरु हामीजती मुर्खा छैनन । अफ्नो देश को लागि कुनै सँगथन वा पार्टी भन्दैनन । त्यहाँ कम्युनिष्ट पनि छैन । यो अर्काको देश बिगार्ने नियोजित सँगथन हो । ओर्को कुरो, बाबुरामले यो सबै बुझेका छन । त्यसैले यिनिहरुको पछी लाग्दैनन । अनि कुरो अयो पेरुको, पेरुमा त सबै जनताले नै कम्युनिष्ट हेट गर्छन । सबैले तीनएहरुलाई टेरोरिस्ट भन्छन । हाम्रो देशमा जुन कुरो हुनै हुन्न र हुनैसक्दैन, त्यो गर्न उक्साएर जलेको आगो म तेल हाली हाम्रो देशलाई पोल्न खोज्ने यो अमेरिकको बिरोद हुनु अति नै जरुरी छ । कृपया सबैलाई बिन्ती गर्छु, यो कुरा सबैले बुझिदिनुहोला र यो अमेरिकाको योजना तुहाइदिनुहोल!
Like or Dislike:
14
2
[जवाफ फर्काउनुहोस्]

3
1
[जवाफ फर्काउनुहोस्]
afno deshko matalab jarnu ramra hoina
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
shaidantik rupama sahi bisleshan……….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]