बाजी जिते तर, जीन्दगी हारे :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

बाजी जिते तर, जीन्दगी हारे

नेपालमा पनि विभिन्न अनुमान र अड्कल काट्दै बाजी लगाउने प्रचलन छ । बाजी जित्न मानिसहरुले जे पनि गर्न तयार हुन्छन् । तर, कहिलेकाहीँ यस्तो बाजी घातक सावित हुन सक्छ ।

ट्यूनिशियाका एक युवकलाई यस्तै भएको छ । समाचारमा जनाइएअनुसार दुई युवकले बाजी राखे २८ वटा काँचो अण्डा खाने ।

२० वर्षीय दाउ फत्नासीले केही रकम रहेको बाजी जित्न सकिनसकी अण्डा खाए । बाजी पनि जिते तर, त्यसको केहीबेरमा नै उनको पेट सहन नसक्ने गरी दुख्न थाल्यो ।

तत्काल उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । -एजेन्सीको सहयोगमा

10 Comments on “बाजी जिते तर, जीन्दगी हारे”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु