१७ पुस, काठमाडौं । म्यानचेष्टर सिटीका प्रशिक्षक रोबर्टो मान्सिनीले स्ट्राइकर रोविन भानपर्सीलाई क्लबमा भियाउन नसक्नुको मूल्य इङ्गलिस प्रिमियर लिगको उपाधी चुकाउन पर्न सक्ने बताएका छन् ।
भानपर्सीलाई भित्र्याउन निकै नजिक पुगेर पनि सिटी असफल भएको उनले बताए । ‘रोविन भानपर्सी युनाइटेडका लागि महत्वपूर्ण खेलाडी हुन्’ उनले भनेका छन-’उनले युनाइटेडको अवस्थामा परिर्वतन ल्याएको छ । हाम्रोबीचमा उनी फरक छन् ।’
भानपर्सीले गत सिजन आर्सनलका लागि ३७ गोल गरेका थिए । युनाइटेडमा जानु अघि उनी म्यानचेष्टर सिटी जाने तयारीमा थिए ।
‘हामी भानपर्सीलाई चाहन्थ्यौं । किनकी हामीलाई थाहा छ उनी महत्वपूर्ण खेलाडी हुन् । उनी हाम्रा स्ट्राइकरहरु भन्दा नितान्त भिन्न छन्’ मान्सिनीले भनेका छन्-’हामी उनलाई च्याम्पियन्स लिग र प्रिमियर लिगका लागि चाहन्थ्यौं ।’ के पैसाकै कारण भानपर्सीलाई भित्र्याउन नसकिएको हो भन्ने प्रश्नमा उनले भने-’यो समस्या हैन ।’