ए डिभिजन लिग फुटबलमा पुलिसले आरसीटीलाई हरायो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

ए डिभिजन लिग फुटबलमा पुलिसले आरसीटीलाई हरायो

१८ पुस, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा डिफेण्डिङ च्याम्पियन नेपाल पुलिसले रानीपोखरी कर्नर टिम आरसीटीलाई पराजित गरेको छ ।

बुधबार भएको खेलमा पुलिसले आरसीटीलाई १-० गोल अन्तरले पराजित गरेको हो । जितपछि पुलिस ११ खेलबाट १६ अंकका साथ सातौं स्थानमा उक्लिएको छ । २० अंक जोडेको आरसीटी पाँचौं स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसका लागि भोला सिलवालले निर्णायक गोल गरे । उनले १३ औं मिनेटमा पर्वत पाण्डेको फि्र किक बलमा हेड गोल गरेका हुन् । रेफ्रिसँगको झगडाका कारण एक वर्षे प्रतिवन्ध खेपेका ओलावाले विना मैदान आरसीटीलाई पुलिसले दबावमा राखेपनि थप गोल गर्न सकेन र खेल १-० ले जित्यो ।

अर्को खेलमा हिमालयन शेर्पाले न्यूरोड टिम एनआरटीलाई पराजित गरेको छ । पहिलो हापमा २-० ले पछि परेको अवस्थामा दोस्रो हापमा उत्कृष्ट पुनरागमन गर्दै हिमालयन शेर्पाले ७ मिनेटभित्र ३ गोल फर्कायो ।

७ औं मिनेटमा सुशील केसीको गोलबाट अग्रता लिएको एनआरटीका लागि ४२ औं मिनेटमा अजय बिकले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ५२ औं मिनेटमा एनआरटीका लक्ष्मण रुचालले गोल गरे पनि रेफ्रीले अफसाइड दिए ।

५४ औं मिनेटमा पुकार गहतराजको स्थानमा अण्डस सिक्सटिनका कप्तान समेत रहेका हेमन गुरुङ मैदान प्रवेश गरेपछि हिमालयन शेर्पाले उत्कृष्ट पुरानगमन गर्‍यो । ५६ औं मिनेटमा धिराज तामाङले गोल गर्दै एनआरटीको अग्रता २-१ मा झारे भने ६० औं मिनेटमा हेमन गुरुङले फ्रि किकमा सोझै गोल गरे । ६२ औं मिनेटमा गणेश खड्काले गोल गर्दै हिमालयन शेर्पालाई ३-२ को अग्रता दिलाए ।

जितपछि ११ खेलबाट १३ अंक जोडेको हिमालयन शेर्पा दशौं स्थानमा उक्लिएको छ भने एनआरटी १६ अंकका साथ छैटौं स्थानमा छ ।

3 Comments on “ए डिभिजन लिग फुटबलमा पुलिसले आरसीटीलाई हरायो”
  • BADRIKUMARPAUDEL wrote on 2 January, 2013, 9:31

    BADHAI 6 POLICE TIMI AAFNO SAAKH MA PHARKINAI PORCHHA YO KURA NABIRSINU

    Like or Dislike: Thumb up 4 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Mr nepal wrote on 2 January, 2013, 11:15

    Yeuta khel jitdaimaa kohipani aafno sakhmaa aauna sakdaina .

    Like or Dislike: Thumb up 3 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Yam Thapa Magar wrote on 2 January, 2013, 12:00

    हिरोको जित पछि नै हुन्छ हिरो आखिर कहिल्यै पनि बिपत्ति संग डराउदैन र पुलिस संग नेपाली पन पनि त छ नि यो त हाम्रो नेपालको गौरव पनि त हो बिदेशी खेलाडी बिना खेल जित्नै नसक्ने भन्दा त नेपालीको खेल कस्तो हुन्छ भन्ने कुरा पनि थाहा भयो होला हार्ने क्लवलाई

    Like or Dislike: Thumb up 9 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु