बिदेशबाट फर्किंदा टेलिभिजनसँगै टर्चलाइट :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बिदेशबाट फर्किंदा टेलिभिजनसँगै टर्चलाइट

'भन्सार तिर्न नपरे सोलार ल्याउन तयार'

१८ पुस, काठमाडौं । राजधानी काठमाडौंसहित प्रमुख शहरमा बसोबास गर्नेले हिजोआज बिजुली बत्तीको उज्यालो कमै देख्न पाउँछन् । टेलिभिजन हेर्नु, फ्रिज, आइरन र वासिङ मेशिन चलाउनु त परको कुरा । लोडसेडिङ अहिले नै १२ घण्टा पुगिसकेको छ । माघसम्ममा यो अवधि अझै बढ्ने निश्चित छ ।

भारतबाट ल्याउने र थर्मल प्लान्ट बनाउने विकल्प पनि सहज नभएकाले नेपालीले अझै केही वर्ष लोडसेडिङको मार खेप्नुपर्ने प्राधिकरणका कर्मचारीले नै बताउँदै आएका छन् । त्यसैले यस्तोबेला बिजुलीबाट चल्ने भन्दा पनि बिजुली बत्तीको विकल्प दिने सरसामग्रीहरुको किनबेच बढेको छ । तर, बैदेशिक रोजगारबाट फर्केकाहरुले टेलिभिजन लगायतका सामान ल्याउन छाडेका छ्रैनन् ।

बैदेशिक रोजगारीमा गएर र्फकंदा धेरैले टेलिभिजन, घडी, ब्लाङ्केटजस्ता सामानहरु ल्याउने गर्छन् । त्यसमा पनि टेलिभिजन कसैले छुटाउँदैन । तर हिजोआज बिदेशबाट र्फकनेले टेलिभिजनसँगै टर्चलाईन पनि बोक्ने गरेका छन् । ‘दुई वर्षयता टर्च लाइट बोकेर र्फकने कामदारहरुको संख्या बढेको छ’ नेपाल बैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालले भन्नुभयो-’लोडसेडिङ बढ्न थाल्दा टर्चलाइट ल्याउने चलन बढेको हो ।’

एकदुई किलोमिटरसम्म ज्योति पुग्ने यस्ता टर्च लाइट नेपालमा पाईंदैन । त्यसैले विदेशबाट र्फकनेहरुको लागि यस्तो टर्च लाइट परिवार तथा आफन्तलाई उपहार दिने गतिलो सामान बन्न सक्छ । नेपालमा व्यापारीहरुले बेच्ने हो भने ६ हजार रुपैंयाभन्दा माथि पर्ने यस्तो टर्चलाइटलाई विदेशमा दुईदेखि साढे दुईहजार रुपैंयासम्म नै पाइन्छ ।

सोलारमा भन्सार छुट दिन माग

कम्प्युटर र ल्यापटप बाहेक बिदेशबाट अरु सामान ल्याउँदा भन्सार तिर्नुपर्छ । तर, कामदारले एकएक थान टर्चलाईट ल्याउँदा विमानस्थलका कर्मचारीले दुःख दिने र शुल्क लिने गर्दैनन् । टेलिभिजनमा आकार र इन्च अनुसार भन्सार शुल्क लिने गरिन्छ । ‘टेलिभिजन सबैको लागि आवश्यक जस्तो भैसकेकाले लोडसेडिङ भएपनि कामदारले ल्याउन छाड्दैनन्’ खनालले भन्नुभयो -’त्यसैले बिजुलीको विकल्प दिने सामान सहज रुपमा ल्याउन सक्ने वातावरण बनाउनुपर्छ ।’

सरकारले भन्सार छुट दिने हो भने बैदेशिक रोजगारबाट र्फकने सबै कामदारले सोलार प्यानल बोकेर आउने उहाँले बताउनुभयो । ‘सोलार भयो भने टेलिभिजन चलाउन र बत्ति बाल्न सकिन्छ’ खनालले भन्नुभयो-’सरकारको यसतर्फ ध्यान जान जरुरी छ ।’

अहिले बिदेशबाट र्फकनेले सोलार प्यानल ल्याउन सकेका छैनन् । चर्को भन्सार शुल्क तिर्नुपर्दा यहाँ किनेको भन्दा महंगो पर्न सक्छ । कतिपय कामदारले विदेशम राम्रो तथा सस्तो पाइने हुनाले एकैथरीका धेरै ल्याउने गरेका छन् । तर, एकै प्रकारका सामान धेरै ल्याउँदा भन्सार शुल्क बढी लाग्छ । त्यसैले जुनसुकै सामान पनि एक-एकवटा ल्याउन उपयुक्त हुन्छ । अझ नयाँभन्दा प्रयोग भएका सामान ल्याउँदा भन्सार तिर्न पर्दैन ।

4 Comments on “बिदेशबाट फर्किंदा टेलिभिजनसँगै टर्चलाइट”
  • nimesh, bkk wrote on 2 January, 2013, 5:32

    सोलार प्यानलमा भन्सार छुट दिंदा राम्रो हुन्छ जसले गर्दा नेपालीहरु सोलार प्यानलबाट आफ्नो समस्याको केहि हद सम्म भएपनि समाधान खोज्ने छ लोडसेडिंगको

    Well-loved. Like or Dislike: Thumb up 29 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rabin rai wrote on 2 January, 2013, 6:36

    bhansarma basne karmacharile garne bebaharlaai sarkarko dhean jana jaruri cha sab choor ra luteraharuu baseka chan..

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • radhika wrote on 2 January, 2013, 6:57

    सोलर प्यानल लाई पूर्ण रूपमा भंसार छुट दिनुपर्छ । जसले
    गर्दा बिजुलीको खपत कम गर्न मद्दत पुग्न सक्छ ।

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Chudamani dahal -Doha-Qatar wrote on 2 January, 2013, 7:28

    धन्याबाद नेपाल बैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनाल ज्यू !!
    यसमा पनि नेपाल सरकार ले हामी बिदेस मा चर्को परिस्रम 60% को गर्मी माँ दिन रात न भनी काम गरी केही लियाको हामी 1 (एलसीडी)(LED) हरु को पनि भंसार शुल्क नलिय देखी हामी सब प्रबासी लगायत प्रबासी परिवार ख़ुशी हुनी थीउ

    Like or Dislike: Thumb up 13 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु