हवाई मार्गबाट ६ लाख पर्यटक आए :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

हवाई मार्गबाट ६ लाख पर्यटक आए

बृद्धिदर नकरात्मक, भ्रमण बर्षको प्रभाव परेन

१८ पुस, काठमाण्डौ । सन् २०१२ मा हवाईमार्ग हुँदै करिव ६ लाख पर्यटक नेपाल आएका छन् । संख्याका हिसावले अहिलेसम्मकै धेरै पर्यटक आगमन भएपनि बृद्धिदरका हिसावले भने अघिल्ला बर्षहरुभन्दा निकै कम हो ।

यसअघि सन् २०११ मा ५ लाख ४४ हजार ८ सय ८५ पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए भने सन् २०१२ मा ५ लाख ९८ हजार २ सय ४ पर्यटक नेपाल आएका छन् । सन् २०११ का तुलनामा ९ दशमलव ७६ प्रतिशतले मात्र पर्यटक आगमन बृद्धि भएको छ । जवकी सन् २०११ मा २२ दशमलव १ र सन् २०१० मा १८ दशमलव २ प्रतिशत बृद्धिदर थियो ।

त्रिभुवन बिमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्याङ्क उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यो अबधिमा सवैभन्दा बढि अर्थात १ लाख ६४ हजार ६सय ८० भारतीय पर्यटक नेपाल आएका छन् । यस्तै ५३ हजार ३ सय ७३ चिनियाँ, ४१ हजार ९ सय ८ अमेरिकी, ३५ हजार ५ सय ८३ बेलायती र २४ हजार ५ सय ७५ जर्मन पर्यटक नेपाल आएका छन् ।

नेपालले सन् २०११ लाई नेपाल भ्रमण बर्ष र सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्षका रुपमा मनाए पनि त्यसको असर पर्यटक आगमनको बृद्धिदरमा देखिएको छैन् ।

पर्यटन बोर्डका प्रवक्ता आदित्य बरालले राजनीतिक अस्थीरता, नेपालमा निर्वाचन घोषणाका कारण देखिएको अनिश्चीतता र हवाई संजालको कमीका कारण सोंचेअनुसार पर्यटकको बृद्धि हुन नसकेको बताउनुभयो ।

पर्यटनसचिव संकरप्रसाद पाण्डेले नेपाल आउने हवाई भाडा निकै महंगो भएका कारण पनि पर्यटक नेपाल आउन उत्साहित नहुने बताउनुभयो ।

3 Comments on “हवाई मार्गबाट ६ लाख पर्यटक आए”
  • विनय बराल wrote on 2 January, 2013, 8:02

    हवाई मार्गको पर्यटक मात्रको तथ्यांक नेपालको पर्यटन विकासमा बाधक छ. हाम्रा होटेलहरु ७० % स्थल मार्गका पर्यटकहरुबाट चलेका छन. तर स्थल मार्गबाट आउने पर्यटकहरुलाई धेरै सास्ती छ. पर्यटकहरुको विदेशी गाडी हेर्न बितिकै प्रहरी लूटन तम्सीन्छ्न. नगरपालिका ठेकेदारहरु सवारी करको नाममा पैसा लूटन आतुर हुन्छन. हाम्रो पर्यटन नीतिमा आमूल सुधारको आवश्यकता छ. पर्यटकहरुको आदर गर्ने संस्कार बसाउनु पर्छ.

    Like or Dislike: Thumb up 12 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kedar wrote on 2 January, 2013, 9:49

    goru kukura gadha moraho nepalalai santiko desh banau

    somany tourist will come in nepal.

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • prabesh wrote on 3 January, 2013, 1:49

    अमेरिका को एक जना एलन नाम गरेको साथिलाई इराक हुद नेपाल को बाताबरण को बारेमा मैले बताए उ 2007 मा नेपाल जानू भयो फसट टाइम मा पोखरा जानु भए को रहेछ प्लेन टिकट $300 मा दो- सोरो पटक 2009 मा जादा $ 175 लिनू भए छ !के यस्तो तरीका ले नेपालमा परेटक बितिर्न्छ होला !!!!!!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु