रक्सी धोकेर बबाल मच्चाउनेमा महिला बढि :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

रक्सी धोकेर बबाल मच्चाउनेमा महिला बढि

नयाँ वर्ष कसैलाई खुसी लिएर आउँछ त कसैलाई पिडा । नयाँ वर्ष मनाउने आ-आफ्नै तरिका हुन्छन । समयसँगै खुसी मनाउने तरिकामा पनि परिर्वतन आएको छ । आम रुपमा हेर्ने हो भने खुसीमा पुरुषहरु नै बढी मात्तिएको पाइन्छ ।

तर, अब महिलाहरु पनि कम रहेनन् । चाहे टिल्ल हुने गरी पिएर सडकमा बबाल गर्न नै किन नहोस् । डेलिमेलका अनुसार नयाँ वर्षको जोशमास्वान्सीदेखि न्यूक्यासलसम्म बर्मिङघमदेखि लिभरपुलसम्म सडकमा जवान केटा केटीहरुले उत्पात्त पच्चाएका छन् । यतिसम्मकी सडकमा बबाल मच्चाउन केटाहरुलाई केटीहरुले माथ गरिदिए ।

प्रहरीका अनुसार नयाँ वर्षमा सडकमा टिल्ल भएर बबाल गर्नेमा पुरुषभन्दा महिला बढी थिए । उनीहरुलाई सम्हाल्न मुस्किल थियो । कोही मात्तिएर सडकमा लडिरहेका थिए, भने कोही केटा साथीसँग लरखराउँदै हिडिरहेका थिए । कोही भने सडकमा रहेको गमला फुटाउँदै थिए । उनीहरुलाई सम्झाउन आउनेहरुलाई उल्टै तथानाम गाली गर्नसमेत पछि परेनन् ।

उनीहरुले हद नाघेर आफ्नो कपडा समेत खोल्न थापेपछि प्रहरीले नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ ।

22 Comments on “रक्सी धोकेर बबाल मच्चाउनेमा महिला बढि”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु