सहमतिको आवश्यकता र वाधक :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सहमतिको आवश्यकता र वाधक

ललितकुमार यादव

संविधान सभाको चुनावपछि मुलुकले राष्ट्रिय सहमतिको सरकार पाउनु पथ्र्यो । दलिय सहमति कायम गर्नै पथ्र्यो । सहमतिको विकल्प केहि थिएन त्यसमा दलका नेताहरु सहमत देखिए तापनि मुलुकले अहिले सम्म सहमतिय राजनीतिका साथ अगाडि बढ्ने अवसर प्राप्त गर्न सकेको छैन । दलहरु सहमतिमा पुग्न नसकेकै कारण जनआन्दोलन ०६२/०६३ को उपलब्धिको रुपमा मुलुकले प्राप्त गरेको संविधान सभा उपलब्धि बेगरै विघटन भैसकेको छ ।

संविधानसभामा विघटन पश्चात मुलुकमा राजनीतिक अन्योल झन झन बढ्दै गएको छ । मुलुक जननिर्वाचित प्रतिनिधि विहिनताको शुन्य अवस्थामा अगाडि बढ्दै छ । अन्तरीम संविधानले अब के गर्ने/के हुन्छ ? भन्ने परिकल्पना समेत गर्न नसकेको अवस्थामा मुलुक आईपुगेको छ । मुलुक राजनीतिक द्वन्द र अन्योलका विच अगाडि बढ्दै छ । जुन सबैका लागि घातक सावित हुनेछ । यसबाट देशलाई बचाउन दलहरु छिटो भन्दा छिटो सहमतिमा पुग्नु पर्छ सहमति निरविकल्प एक मात्रै उपाय रहेको छ, तर दुर्भाग्यनै भन्नु पर्ला सहमति कायम भैहाल्ने सुत्र अहिलेसम्म देखिएको छैन ।

संविधानसभाको कार्यकालमा मुलुकले सहमतिय नेतृत्व प्राप्त गर्न नसके पनि चार-चार जना नेताले प्रधानमन्त्रिको विल्ला लगाएर सिंहदरवार।को भित्तामा आˆनो फोटो थप्न सफल भएकै हुन । त्समा पहिलो सफलता विद्रोहको बाटो त्यागेर शान्तिपुर्ण राजनीतिमा भर्खरै प्रवेश गरेको पार्टी एनेकपा माओवादी का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्राप्त गरे । उनले अनावश्यक रुपमा प्रधान सेनापतीलाई चलाउन खोज्दा नौ महिनाको सानो अवधिमै राजिनामा गरे त्यतिवेला प्रचण्डको राजिनामा कसैले पनि मागेको थिएन । तर आˆनो निर्णय कार्यन्वयन गर्न नसकेकै कारण नैतिकताका आधारमा प्रधानमन्त्रिको कुर्सिमा बसिरहन उचित नहुने निष्कर्षका साथ राजिनामा गरेका थिए । त्यसपछि प्रधानमन्त्रि बन्ने मौका एमाले नेता माधव कुमार नेपालले पाए । संविधानसभाको म्याद थप्ने समयमा माओवादी लगायतका विपक्षि दलहरुले म्याद थप्न प्रधानमन्त्रिको राजिनामालाई सर्त बनायो । नेपालले राजिनामा गरेर भएपनि संविधानसभालाई बचाउन तयार भए उनको नैतिकताले संविधानसिभा विघटन गराएर भएपनि कुर्सिमा बसिरहन उचित ठानेनन् र उनले कुर्सि त्याग गरे । त्यस पश्चात दलहरुले सहमतिय प्रधानमन्त्रि दिन नसके पछि एमालेकै अध्यक्ष झलनाथ खनालले बहुमतिय प्रधानमन्त्रिको दौड सफलता हात पारे । सत्ता गठबन्धन भित्रैबाट असहयोग पाएका खनालले सेना समायोजनको दिशामा उल्लेखिय काम गर्न नसक्दा र संविधानसभालाई निरन्तरता दिन राजिनामा गरे । उनले पनि राजिनामा नगरी संविधानसभा विघटन गराएर आफु मात्र वैधानिक रहेको फुर्ति लगाउन सक्थे । तर उनले राजिनामा गरेर भएपनि संविधानसभा जोगाई आˆनो नैतिकताको प्रदर्शन गरे ।

चौथो प्रधानमन्त्रि बन्न सफल भए एनेकपा माओवादीका उपाध्यक्ष बावुराम भट्टराई उनकै कार्यकालमा संविधानसभाको विघटन भयो । अर्ध मन्त्रि हुँदा नाम कमाउन सफल भएका भट्टराईलाई प्रधानमन्त्रि बनाईनु पर्ने जनमत पनि रहेको विभिन्न मिडियाले गरेको मत सर्वेक्षणले देखाएको थियो । भट्टराई नेतृत्वको सरकारले सेना समायोजनमा राम्रै फड्को मार्न सफल भएपनि अर्कातिर असफलनै असफल भयो । शुरुमै सरकारले जम्वो मन्त्रिमण्डलका कारण त्यतिनैे चर्चा पायो । भारतसंगको विप्पा संझौताले पनि सरकार विवादमा तानियो । प्रधानमन्त्रिको आˆनै पार्टीका उपाध्यक्ष मोहन वैद्यका समुह समेत यसको विरोधमा उभियो । प्रधानमन्त्रिको वरिपरी भ्रष्टचार मौलाएको आरोप पनि प्रधानमन्त्रिलाई लाग्ने गरेको छ । प्रराष्ट्र मन्त्रि श्रेष्ठले आफु भट्टराई संग काम गर्न नसक्ने राष्ट्रियता र प्रराष्ट्र नीति सम्वन्धि आरोप उल्लेख गरेर राजिनामा गरेको विषय पनि मेडियामा आउन थालेको छ । यसरी भट्टराई सरकारले असफलता माथि असफलता थप्दै छ । तर असफल सरकारको नेतृत्वबाट राजिनामा गर्न तयार छैन । हुन त सरकार कामचलाउ अवस्थामा पुगिसकेकोले राजिनामाले कुनै अर्थ राख्दैन तर भट्टराईको राजिनामाले सहमतिको वातावरण बनाउन उत्प्रेरकको काम गर्न सक्थ्यो ।

संविधानसभाको म्याद सकिनु भन्दा केहि दिन अगाडि भट्टराई सरकारमा कांग्रेस र एमाले पनि सहभागी भयो । यसले सहमति बन्न लागेको संकेत गरेको थियो । संविधानसभाको म्याद थप्न सर्वोच्च अदालतले रोक लगाएको भएपनि संविधानसभालाई संसदमा रुपान्तरण गर्न सकिन्थ्यो तर दलहरुले त्यसो गर्न सकेनन् । अन्ततः संविधानसभा विघटन भयो । विघटनका जिम्मेवार सबै दलहरु रहेपनि सरकारको नेतृत्वकर्ताको नाताले मुख्यतः यसको जिम्मा बावुरामले नै लिनु पर्ने हुन्छ । आˆनो कार्यकालमा सहमति भएको विषयमा -सेना समायोजन) मा मेरो सफलता भनेर गर्व गर्ने व्यक्तिले आˆनै कार्यकालको विफलतामा आˆनो कुनै दोष नरहेको दावी गर्नुलाई मुर्खता शिवाय केहि भन्न मिल्दैन । विघटनबाट सबभन्दा फाईदा पनि प्रधानमन्त्रि भट्टराई र सत्ता गठबन्दनलाई नै भएको छ । सरकार बनाउने र सरकारका गतिविधिका बारेमा आवज उठाउनेे संसदनै नभएपछि सरकारलाई कसको के डर ?

प्रधानमन्त्रि बावुराम भट्टराईको असफलताको क्रम संविधानसभाको विघन संगै रोकिदैन । संविधानसाभामा विघटन भएकै दिन दलहरु संग छलफलै नगरी सरकारमा सहभागी एमाले नेता ईश्वर पोखरेलको विरोधका बाावजुत एकलौटी रुपमा मन्त्रि मण्डलको निर्णय वोकेर हत्तार हत्तार मध्य रातमै राष्ट्रपतीकामा पुगे । यस घटना पछि एमाले सरकारबाट बाहिरियो र कांग्रेसले पहिलेनै सरकार छोडिसकेकाले बावुराम सहमतिय सरकारको नेतृत्व गर्न पनि असफल देखियो । प्रधानमन्त्रिले मंसिरमा निर्वावाचन गराउने वातावरण बनाउन सकेन । त्यसपछि बैशाखमा चुनाव गराउने घोषणा गर्‍यो । अहिले त्यो पनि संभव नभएको पुष्टि भैसकेको छ । यसरी आˆने घोषणमा असफल भेरहेको भएपनि निर्वाचनको सुनिश्चितताको अडान राखेर सहमतिको बाधक बन्न भट्टराई कुन र कहाँको नैतिकताले काम गरेको छ । अझै पनि केका लागि भट्टराईलाई कुर्सि चाहियो ? यसको प्रष्टिकरण भट्टराईले जनतालाई दिन सक्छ कि सक्दैन ?

करिब डेढ महिना अगाडि राष्ट्रपती रामवरण यादवले सहमतिका लागि दलहरुलाई आव्हान गर्‍यो । यसले दलहरु विच अवरुद्ध वार्ता सुचारु भयो । केहि दिनपछि सहमति बन्न लागेको सुनियो तर सहमतिले मुर्त रुप लिनु अगावै एकाएक प्रधानमन्त्रि सहमतिको वाधक बन्यो भन्ने समाचार आयो । बावुरामजिले मान्नु भएन अब के गर्ने ? भन्ने प्रचण्डको अभिव्यक्ति र मनाउने जिम्मा एमाले नेता नेपाललाई दिनुले पनि यसलाई पुष्टि गर्‍यो एमाले र प्रचण्डकै आग्रहमा कांग्रेसले सभापती शुसिल काईरालालाई अगाडि सारेको छ । कोईरालालाई सहमतिय सरकारको नेतृत्व दिन आफु तयार रहेपनि बाावुरामले अप्ठ्यारो पार्‍यो भन्ने अभिव्यक्ति प्रचण्डबाट आयो । त्यपछि बन्न लागेको सहमति तुहियो र दलहरुबिच दुरी बढ्दै गएको छ । प्रचण्डको छुट्टै अभिव्यक्ती आईरहेकै समयमा प्रचण्ड आफै अध्यक्ष रहेको गठबन्धन आˆनो पुरानै निर्णयमा अडिग रहेको गठबन्धनको निर्णय आयो । प्रचण्डको अभिव्यक्ति र गठबन्धनको निर्णय एक अर्काको विपरित रहेको छ । यसमा प्रचण्डको कुन रणनीति हावि रहेको छ । प्रचण्डबाट यसको पुष्टाई आउन बाँकि छ । छैटौ पटक थप गरिएको म्याद दलहरुले छलफलै नगरी सकाएका छन । फेेरी सातौ पटक म्याद थप्दा पनि सहमतिमा पुग्छौँ भन्न छाडेका छैनन् नेताहरुले । अहिले फेरी प्रचण्डले संविधानसभा पुनस्र्थापनाको कुरा उठाई रहेका छन भने विपक्षीहरु पुनस्र्थापनाको विरोधमा उँभिएका छन । दलहरु छिटो भन्दा छिटो सहमतिमा पुग्न सकेनन् भने मुलुकले निकास पाउने वाला छैन । मुलुकमा उत्पन्न हुने समस्याका लागि ठुला कहलिएका तिन दलनै जिम्मेवार हुनेछन ।

नयाँ निर्वाचनमा या संविधानसभा पुनस्र्थापना गरेर जान होस यि दुई मध्य एक विकल्पमा दलहरु जानै पर्ने हुन्छ । जुन सहमति विना संभव छैन । दलहरुले सहमति कायम गर्न सकेको भए संविधानसभा विघटनको अवस्थामा पुग्ने नै थिएन । तसर्थ अहिलेको संक्रमणकालिन अवस्थामा मुलुकलाई सहमति चाहिएको छ । विगतमा दलहरु सहमतिमा आउन नसक्दा मुलुक अहिलेको शुन्यताको अवस्थामा आईपुगेको छ । अव पनि सहमति भएन भने मुलुक कुन दिशामा जाने हो हेक्का दलहरुले नै राख्नु पर्ने हुन्छ ।

5 Comments on “सहमतिको आवश्यकता र वाधक”
  • Sattya wrote on 2 January, 2013, 7:56

    lekhak jyu, tapaile pani uhi mahina sakiye pachhi talab samaune ra kunai yeuta dalko sadasya linu bhayeko rahechh. yadi hoina bhane ra tapai aafno kam prati baphadar hunu hunchha bhane kina sarkarlai yo yo thaubat sahayog milen ra bhaner lekhnu bhayen? yastai hawa dari ra apurak lekhle nai ho nepali rajnitilai uthal puthal banaune ! saknu hunchha afni peshalai pabitra banaunu yedi saknu hunna bhane ma patrakar wa lekhak kunai rajniti party prati jhukaw rakhdina bhanna chhodnuhos.

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane wrote on 2 January, 2013, 16:31

    Sattya ji tapaile jayaj kura garnu vo.ma samarthan gar6u .yo lekhak kangres,amale prati jhukab pakkai 6.natra baburam lai sambidhan ko kurama kangres,amale le kati vajo halyo. Kina nalekheko ?

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • second hand scooters wrote on 3 January, 2013, 4:37

    kura ta sahi garnu hun6 tara hamle kuro gare ra k nai hun6 mathi sirsa neta haru ko icha k k 6an kuni..

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Suresh wrote on 3 January, 2013, 7:51

    Bitter Truth….This government most Laid off. We can see where Dr Baburam Getting Feedback and Intruction from.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nanimaiya bista wrote on 5 January, 2013, 13:46

    ललितकुमार जी, साँच्चै हो नि, देश हाक्ने ठेक्दारहरुको कुरा मिल्दैन । नागरिकको लागि राजनीति गर्नेहरुले त नागरिकको बारेमा सोच्थे होलान् तर आफू र आफ्ना पार्टी केन्द्रित राजनीति गर्नेहरुको कुरा के गर्नु र ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु