दक्षिण अफ्रिकी महिलामा गोरो बन्ने होड :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

दक्षिण अफ्रिकी महिलामा गोरो बन्ने होड

दक्षिण अफ्रिकाको नाम लिनासाथ मानिसहरु अश्वेत अर्थात काला मानिस भन्ने सम्झन्छन् । यद्यपी त्यहाँ विविध संस्कृति र रंगका मानिसहरु एकसाथ बस्छन् ।

विश्वभरका मानिसहरु दक्षिण अफ्रिकालाई नेलशन मण्डेलाको सप्तरंगी देशका रुपमा पनि चिन्छन् । जहाँ हरेकलाई आफ्नो विरासता र संस्कृतिमा गर्व छ ।

तर, अब उनीहरुमा पनि कालोपनमाथिको गौरव रहेन, विस्तारै गोरो हुने चाहनाले सताउन थालेको छ । यूनिभर्सिटी अफ केपटाउनमा हालै भएको एक अध्ययनअनुसार हरेक तीन दक्षिण अफ्रिकी महिला आफ्नो छालाको ब्लीच (केमिलक प्रयोग गरेर रंग परिर्वतन) गर्छन्, किनकी उनीहरु गोरो देखिन चाहन्छन् ।

स्थानीय संगीतकार नोमासोंटो मसोजा मनीसीले पनि आफ्नो छालाको रंग हल्का ब्लीच गरेकी छिन् । नयाँ त्वचामा आफु सुन्दर देखिएको र आत्मविश्वास समेत बढेको उनले बताएकी छिन् । उनले भन्छिन-’म वर्षौसम्म काली थिएँ । तर म आफूलाई सुन्दर रंगमा देख्न चाहन्थेँ । अहिले खुसी छु ।’

स्थानीय मिडिया र समाजिक संजालहरुमा भने ३० वर्षीया मनीसीको निकै आलोचना भएको छ । छालाको रंग परिर्वतनका लागि उनले प्रत्येक सिजनमा करीब ५ हजार पाउण्डका दरले खर्च गरेका थिइन् ।

खतरनाक चाहना

मनीसीले यस क्रममा बजारमा पाइने नाम चलेका महंगा कोल्डक्रिमहरु प्रयोग गरिन् । तर, महंगा क्रिमहरु पूर्ण सुरक्षित नहुने चिकित्सकहरु बताउँछन् । कोल्ड क्रिमको प्रयोगले क्यान्सरसम्म हुने सक्ने उनीहरुले बताएका छन । त्यसबाट ल्यूकेमियाका साथै लिभर र किड्नी सम्वन्धी क्यान्सर र छालासम्वन्धी रोगको खतरा हुन्छ । यूनिभर्सिटी अफ केपटाउनका वरिष्ठ अनुसन्धानकर्ता डा. लेस्टर डेविड्स भन्छन्-’त्यहाँका धेरै मानिसहरु कालोबजारीमा पाइने उत्पादनमा हुने हानिकारक रसायनबारे अनविज्ञ छन्, जुन चिन्ताको विषय हो ।’

डेविड्सका अनुसार पछिल्लो ६ वर्षमा छाला ब्लीचसँग सिम्वन्धित उत्पादन तिब्र भएको छ भने यसले छाला विगारेका घटनाहरु पनि बढ्दो छ ।

कालीप्रति घृणा

अफ्रिका र एशियाली देशमा गोरी महिलाहरुलाई सुन्दर मानिन्छ । अफ्रिकामा यस्तो प्रबृत्ति कहिले सुरु भयो प्रष्ट छैन । अनुसन्धानकर्ताहरुका अनुसार यसको सम्वन्ध औपनिवेशिक शासन कालसँग जोडिएको हुनसक्छ । जतिवेला गोरो छालालाई सुन्दरको प्रतिक मानिन्थ्यो ।

दक्षिण अफ्रिकामा आफ्नो अनुहार गोरो बनाउने महिलाहरुको संख्या बढ्दो छ । थुप्रैका अनुहारमा हानिकारक रसायनको प्रयोगले जलेको निशान समेत भेटिन्छ । मनोवैज्ञानिकहरुका अनुसार धेरै महिला आफ्नो कालो अनुहारलाई घृणा गर्छन् । यो भाव महिलामा मात्र हैन, पुरुषमा पनि छ ।

-बीबीसीको रिपोर्टमा आधारित

2 Comments on “दक्षिण अफ्रिकी महिलामा गोरो बन्ने होड”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु