१८ पुस, काठमाण्डौ । नेपाल कृषि अनुसन्धान परिषद्ले आफ्ना अध्ययन तथा अनुसन्धानबाट निस्केका नतिजालाई अझ सरल रूपमा कृषकको खेतबारीमा पुर्याउने जनाएको छ ।नेपाल कृषि पत्रकार सञ्जालले नेपालमा दुग्ध व्यवसायको सम्भावना र चुनौती विषयमा वुधवार राजधानीमा आयोजना गरेको कार्यक्रममा परिषद्का आफ्ना अध्ययन तथा अनुसन्धान बढी प्राविधिक हुँदा कृषकलाई अनुसरण गर्न अप्ठ्यारो भएकाले नतिजालाई कृषकले बुझ्ने सरल भाषामा प्रस्तुत गर्ने नीति लिएको वताउनुभयो ।
परिषद्का सूचना, सञ्चार तथा आभिलेखालयका प्रमुख डा सीताराम अधिकारीले उन्नत् कृषि प्रविधिका क्षेत्रमा अनुसन्धानबाट धेरै उपलब्धि प्राप्त भएपनि थोरै मात्र कृषकले अवलम्बन गरेको वताउनुभयो ।उहाँले अनुसन्धान सबै लक्ष्य कृषकमुखी नै रहेकाले सरल भाषाका अनुसन्धानका नतिजा खेतबारीमा पुर्याउन परिषद् लागिरहेको वताउनुभयो । कृषि सञ्चारविज्ञ भोलामानसिंह बस्नेतले कृषक मैत्री सूचना तथा सञ्चार आवश्यक रहेको, आमसञ्चार माध्यमले उनीहरूको क्षमताले सहजै ग्रहण गर्नसक्ने सूचना सम्प्रेषण गर्नुपर्ने वताउनुभयो ।
नाजोनका अध्यक्ष राजेश बर्मा र उपाध्यक्ष यादवराज जोशी, सचिव गोविन्द शर्माले कृषिसम्बन्धी जानकारी, सूचना उनीहरूको मैत्री बन्न नसक्दा आधुनिक कृषि विकास हुन नसकेको धारणा राख्नुभयो । रासस
ramro kam
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
devi bista Reply: January 3rd, 2013 at 4:54 am
very good and great job.krishi ko unati garna jaruri chha yo hami krisako bachane aadhar ho tour tarika thaha na payera nai bidesh playen vayeka derai nepali6n.nikaye dekhi khetbari samma puraune karyakaram dekhta khushi lageko6.dhanyawad.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
good news and there is a serious mistake. The chief of communication, publication and documentation division, khumaltar is Mr. Bishnu Hari Adhikari not a Dr. Sita Ram Adhikari. Please corrent it.
Thanking you
rishi
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]