न्यूजिल्याण्ड ४५ रनमा समेटियो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

न्यूजिल्याण्ड ४५ रनमा समेटियो

१८ पुस, काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेष्टको पहिलो पारीमा न्यूजिल्याण्ड ४५ रनमा समेटिएको छ ।

यो ३९ वर्षकै सबैभन्दा कम रन हो । सन् १०७४ मा इङ्ग्ल्याण्डविरुद्धको टेष्टमा भारत ४२ रनमा समेटिएको थियो ।

केपटाउनमा पहिले व्याटिङ गरेको न्यूजिल्याण्डका काने विलियमसनले मात्र दोहोरो रन जोड्न सक्यो । १९ दशमलव २ ओभरमा ४५ रन बनाउँदा उसले सबै विकेट गुमायो ।

न्यूजिल्याण्डलाई सस्तैमा समेट्ने क्रममा भर्नन फिलान्डोले ७ रन दिएर ५ विकेट लिए भने मोर्ने मोर्कलले ३ तथा डेल स्टीनले २ विकेट आफ्नो नाममा लेखाए ।

2 Comments on “न्यूजिल्याण्ड ४५ रनमा समेटियो”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु