चिरण शर्मा
लण्डन। बाग्लुङ्ग अमलाचौर गाविसमा रहेको पृथ्वी उच्च माध्यामिक विद्यालयले पूर्वविद्यार्थीहरुलाई पत्र पठाएको छ। विद्यालयले विज्ञान प्रयोगशाला भवन निर्माण सहयोगका लागि आफ्ना पूर्वविद्यार्थीलाई पत्र पठाएको हो। विद्यालयमा विज्ञान प्रयोगशाला नहुँदा भौतिक सामाग्री प्रयोगमा हुन पाएको छैन। विज्ञान प्रयोगशाला निर्माणका लागि विद्यालयले पूर्वविद्यार्थीसँग आग्रह गरेको हो। विद्यालयको आग्रहपछि प्रवाश तथा नेपालमा रहेका पूर्वविद्यार्थीहरु भवन निर्माणमा जुटेका छन्।
गैरआवासीय नेपाल संघका केन्द्रीय प्रवक्ता डा. हेमराज शर्माले आफूले अध्ययन गरेको विद्यालयलाई केही गर्नुपर्ने बताए। पृथ्वी उच्च माध्यमिक विद्यालयमा अध्ययन गरेर विश्वभरि छरिएका पूर्वविद्यार्थीहरुको आवाजलाई समेट्दै भवन निमार्णको लागि सहयोग जुटाउन लागिएको जानकारी डा. शर्माले दिए। भवन निर्माणसँगै विद्यालयका गरिव र जेहेन्दार छात्रछात्राको सहयोगका लागि आपतकालीन अक्षय कोष स्थापना गर्न लागिएको डा. शर्माले बताए।
विद्यालयको माग बमोजिम भवन निर्माणका लागि ६ लाख रुपैयाँ र कम्तिमा ५ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापाना गर्ने लक्ष्य राखिएको उनले बताए। उक्त लक्ष्य सोही विद्यालयका पूर्वविद्यार्थीहरुबाट मात्र सहयोग उठाएर पुर्याइने भएको छ। ‘अहिले हामीले कामको सुरुवात मात्र गरेका छांै, यसको विस्तृत कार्य योजनापछि ल्याइने छ’, डा. शर्माले भने, सबै पक्षले यसलाई सकरात्मक रुपमा लिएका छन्।’
विद्यालय निर्माणका लागि नेपाल, अमेरिका, कोरिया, युके, जापानमा रहेका पूर्वविद्यार्थीहरुले सहयोग रकम घोषणा गरिसकेका छन्। तीन महिनाभित्र आवश्यक रकम जम्मा गरी आगामी अक्टोवर महिनाभित्र विद्यालय भवनको निर्माण कार्यको शुभारम्भ गर्ने लक्ष्य राखिएको डा. शर्माले जानकारी दिए। विद्यालय भवनको प्रस्ताव आएपछि विदेश तथा स्वदेशमा रहेका पूर्वविद्यार्थीहरु सहयोगका लागि उत्साहित भएका छन्।
जापानमा विगत १० बर्षदेखि बस्दै आएका दिपक चपाइले यो सकरात्मक काम भएको बताउँदै सक्दो सहयोग गर्ने बताए। उनले सबै पूर्वविद्यार्थीहरुलाई सहयोग गर्न समेत आग्रह गरेका छन्। यस्तै कोरियमा कार्यरत रमेश आचार्यले पैसाले मान्छेलाई कहिलै पुग्दैन भन्दै मन भए उपाय धेरै आउने बताए। आफूले गुणस्तरीय शिक्षा पाउन नसके पनि सानो सहयोगले सन्ततिले भविष्यमा गुणस्तरीय शिक्षा पाउन सक्ने उनले बताए।
gud job
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
sahi samay ma sahi nirnay ..good job
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]