रुविनाको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

रुविनाको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा

१८ पुस काठमाडौं । एसीसी वुमन च्याम्पियनसिपका लागि रुविना क्षेत्री बेलवासीको नेतृत्वमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । क्रिकेट एशोसिएसन अफ नेपाल क्यानले दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा सिता रानामगर, करुणा भण्डारी, सरिता मगर, रोशनी बोहरा, सिलु रिजाल, ईन्दु बर्मा र तृष्णा सिंह छन् । यस्तै नेरी थापा, शोभा आलेमगर, ममता थापा, सोनु खड्का, मधु थापा र निरा राजोपाध्याय पनि टोलीमा परेका छन् ।

रश्मी शर्मा चौलागाई, रेखा रावल, संगिता गौचन र सरस्वती चौधरीलाई बैकल्पिक खेलाडीमा राखिएको छ । एसीसी वुमन च्याम्पियनसिप माघ ८ गतेदेखि थाइल्याण्डमा हुँदैछ ।

3 Comments on “रुविनाको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा”
  • Arjun c wrote on 2 January, 2013, 16:15

    Thankyou rubina kshyatri best of luck

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Arjun c wrote on 2 January, 2013, 16:54

    गोर्खालीको लक्ष्य हार होईन उदेश्य सम्मान जितको॥ कर्तब्य पुरा गर्नु दुखी नेपाली जन्ताको र नेपालकै हितको॥कृपया नेपालकै लागी जन्मीएका हौ मरेपनी नेपालकै लागी मर्ने छौ ॥Arjun chand B H G Criket Caulab Aamchaura Baitadi player के गर्नू आफ्नो मान्छे कोही छैन चन्द्रँ सुर्य शान्तीको भुमीलाई मुस्कानको उपहार देऊ

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Laxmi Prasad Regmi wrote on 3 January, 2013, 4:50

    ALL THE BEST TO ALL NEPALI CHELI……………

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु