१८ पुस, काठमाडौं । अमेरिकको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले देशको अर्थव्यवस्था असन्तुलित हुनबाट जोगाउने मस्यौदा फिस्कल क्लिफलाई पारित गरेको छ ।
मस्यौदा पारित भएसँगै अब समान्य करमा अर्बौं डरलरको वृद्धि र खर्चमा कटौती हुनबाट रोकिने छ । माथिल्लो सदनबाट यसअघि नै पारित भइसकेको विधेयक राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेपनि यसै वर्षको सुरुवातबाटै लागु हुनेछ । मध्यमवर्गलाई लक्षित गरी ल्याइएको यो कर कटौतीको योजनाबाट अब ४ लाख अमेरिकी डलरसम्म आम्दानी हुने व्यक्ति तथा ४ लाख ५० हजार डलर आम्दानी हुने जोडीलाई फाइदा पुग्नेछ भने ९८ प्रतिशत अमेरिकी नागरिक करको बोझबाट बच्न सक्ने बताइएको छ । तर फिसकल क्लिफ लागू भएमा अमेरिका पुनः आर्थिक मन्दीमा फस्ने आर्थिक विश्लेषकहरुको भनाइ छ ।
तल्लो सदनमा भएको मतदानमा विधेयकको पक्षमा १ सय ७२ डेमोक्राटिक र ८५ रिपब्लिकन सांसदले भोट हालेका थिए ।