आर्मीले थ्रीस्टारलाई बराबरीमा रोक्यो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

आर्मीले थ्रीस्टारलाई बराबरीमा रोक्यो

१९ पुस, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आर्मीले लिगलिडर थ्रीस्टारलाई बराबरीमा रोकेको छ ।

आफ्ना महत्वपूर्ण ३ खेलाडी नवयुग श्रेष्ठ, भरत खबास र युद्ध शाहविना नै मैदान उत्रिएको आर्मीले थ्रीस्टारलाई गोलरहित बराबरीमा रोक्दै अंक खोसेको हो । बराबरीपछि थ्रीस्टारले दोस्रो स्थानमा रहेको मच्छिन्द्रसँगको अंक दुरी ५ पुर्‍याउने मौका गुमाएको छ । ११ खेलबाट २६ अंक जोडेको थ्रीस्टार शीर्ष स्थानमा छ भने १० खेलबाट २३ अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा आर्मी नवयुग, भरत र युद्ध विना मैदान उत्रिएको थियो । आरसीटीविरुद्धको खेलमा झगडा गरेकोमा नवयुग र युद्ध ३ खेलको प्रतिवन्धमा छन् भने तीन पहँलो कार्ड खाएका कारण भरतले थ्रीस्टारविरुद्धको खेल गुमाएका हुन् ।

खेलको ३१ औं मिनेटमा आर्मीका रामकुमार विश्वासले गोल गरे पनि रेफ्रीले अफसाइट दिए । खेलमा आर्मीले थ्रीस्टारलाई दबाव दिएपनि गोल भने गर्न सकेन भने थ्रीस्टारले पनि केही राम्रा मौका चुकाएको थियो ।

अर्को खेलमा फ्रेण्ड्सले जाउलाखेललाई ३-० गोल अन्तरले पराजित गरेको छ । खेलको ६० औं मिनेटमा डोडोजको गोलबाट अग्रता लिएको फ्रेड्सका ६८ औं मिनेटमा प्रकाश बुढाथोकीले अग्रता दोब्बर पारे । खेलको अन्तिम मिनेटमा विष्णु केसीले गोल गर्दै फ्रेण्डस्लाई ३-० को जित दिलाए ।
जितपछि फ्रेण्ड्स ११ खेलबाट १५ अंकका साथ नवौं स्थानमा छ भने १४ अंक जोडेको जाउृलाखेल १४ अंकका साथ ११ औं स्थानमा छ ।

 

 

 

 

8 Comments on “आर्मीले थ्रीस्टारलाई बराबरीमा रोक्यो”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु